मंगलबार, असार १४, २०७९

डलरको डर : आयातित अर्थतन्त्रलाई खतराको घण्टी

शर्मिला ठकुरी  |  काठमाडौं, बिहीबार, असार ९, २०७९

शर्मिला ठकुरी

शर्मिला ठकुरी

बिहीबार, असार ९, २०७९, काठमाडौं

नेपाल समय
सन् २०२२ को जनवरीदेखि जुनसम्म बढेको डलरको भाउ।

काठमाडौं– अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै सबैभन्दा कमजोर भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको मूल्यअनुसार नेपालीले एक डलरका लागि १२५ रुपैयाँ ७२ पैसा तिर्नुपर्छ, जुन हालसम्मकै सबैभन्दा महँगो हो। 

किन महँगो भयो डलर?

डलरसँग नेपाली रुपैयाँ किन कमजोर भयो भन्ने बुझ्न डलर र भारुबीचको सम्बन्ध खोतल्नु जरुरी हुन्छ। नेपाली रुपैयाँको भारतीय रुपियाँ (भारु)सँग स्थिर विनियम दर (पेग) भएकाले डलरसँग भारु कमजोर हुँदा नेपाली रुपैयाँ स्वतः कमजोर हुन्छ। भारु सय रुपियाँ बराबर नेरु १६० पर्छ।

बिहीबारकै तथ्यांक हेर्ने हो भने भारतले १ डलर खरिद गर्न ७८ रुपैयाँ २१ पैसा भारु तिर्नुपर्छ। भारतमा अमेरिकी डलरको एक्सचेन्ज रेट खुला बजारले तय गर्छ। त्यहाँ माग र आपूर्तिको आधारमा डलरको मूल्य कायम हुन्छ। नेपाल र भारतको जस्तो पेगको अवस्था त्यहाँ छैन। खुला बजार भएकाले डलरको भाउ तलमाथि भइरहन्छ। पछिल्लो समय भारु अवमूल्यन हुनुमा विशेषगरी ४ मुख्य कारण छन्। 

पहिलो हो, कच्चा तेलको मूल्यवृद्धि। पछिल्लो एक वर्षमै कच्चा तेलको मूल्य झन्डै ५० प्रतिशतले बढेको छ। युक्रेन–रसिया युद्धका कारण रसियाबाट तेल ल्याउन भारतलाई कठिन भइरहेको छ। विश्व बजारमा कच्चा तेलको करिब एक तिहाइ आपूर्ति गर्ने रुस यतिबेला युद्धमा फसेको छ।

युरोपियन युनियन र अमेरिकाले लगाएको नाकाबन्दीका कारण रुसले तेलको बिक्री–वितरण गर्न सकेको छैन। विश्व बजार खाडी मुलुकको तेलमा आश्रित हुनुपर्ने अवस्था छ। यसले गर्दा पनि तेलको मूल्य उकालो लागेको हो। भारतमा खपत हुने तेलको करिब ८३ प्रतिशत हिस्सा आयातमा निर्भर छ।

तेल खरिदका लागि डलर तिर्नुपर्दा डलर सञ्चिति कम हुँदै गयो तर माग बढ्यो, जसले भारु डलरको तुलनामा कमजोर बन्न पुग्यो। 

अर्को कारण हो, रिजर्भ बैंक अफ इन्डियाले रिपो रेट घटाउनु। कोरोनाका कारण बजारमा पर्याप्त रकम पठाउन भारतीय रिजर्भ बैंकले रिपो रेट १ प्रतिशतले घटायो। सोही कारण बजारमा पर्याप्त मात्रामा पैसा गयो। त्यसले माग उत्पन्न भयो। तर भारतले मागअनुसार आपूर्ति बढाउन सकेन, जसको कारण डलरमा दबाब पर्यो र भारु कमजोर भयो। 

भारत पनि आयातमुखी देश हो। उसले सबैभन्दा बढी कच्चा तेल आयात गर्छ। भारतले कच्चा तेलका साथै कोक र सुन पनि ठूलो मात्रामा आयात गर्छ। गत मेमा मात्रै भारतको व्यापार घाटा २३ अर्ब ३३ करोड अमेरिकी डलर पुगेको छ। निर्यातभन्दा आयात बढी गर्नुपर्दा भारतले डलर बाहिर पठाउँदा त्यहाँ डलरको सञ्चितिमा दबाब पर्यो र भारुको मूल्य घट्यो। 

चौथो कारण हो, विदेशी लगानीकर्ताले सेयर बेचेर बाहिरिनु। रसिया र युक्रेन युद्ध भइरहँदा भारत तटस्थ छ। रसियाबाट कच्चा तेलको कारोबार गरिरहेको छ। रसियामाथि अमेरिकी र युरोपेली देशहरूले व्यापारमा प्रतिबन्ध लगाएका छन्। तर भारतले रसियासँग व्यापार जारी राखेको छ। भारतलाई आफ्नो पक्षमा ल्याउन अमेरिका वा ईयूले ठूलो प्रयास गरे पनि सफल हुन सकेका छैनन्। रसियासँग निरन्तर व्यापार गरिरहेका कारण अमेरिका र ईयू मुलुक रिसाएर जुनसुकै बेला भारतमा पनि प्रतिबन्ध लगाउन सक्ने आशंकामा विदेशी लगानीकर्ताले भारतमा आफ्नो सेयर बेचेर बाहिरिइरहेका छन्।

९० प्रतिशत आयातीत अर्थतन्त्रमा निर्भर नेपाल डलर सञ्चिति घट्दै जाँदा टाट पल्टिने अवस्थामा पुग्न सक्ने अर्थशास्त्रीहरूको चेतावनी छ। भारतमा डलरको मूल्य निरन्तर अवमूल्यन हुँदा त्यसको सीधा असर भोग्दैछ नेपाली अर्थतन्त्र।

विदेशी लगानीकर्ता भारतबाट बाहिरिँदा डलरमा आएको चापले पनि भारु अवमूल्यन भएको हो। त्यस्तै, अमेरिकी नीतिमा भएको परिवर्तनले पनि भारु अवमूल्यनमा सहयोग पुग्यो। अमेरिकाले पहिले बैंकमा निक्षेप राख्दाको ब्याजदर प्रायः शून्य हुन्थ्यो। अमेरिकामा पनि हालसम्मकै धेरै मूल्यवृद्धि भएका कारण अमेरिकी डलरको बचतमै ४ प्रतिशतसम्म ब्याज दिन थालिएको छ। यसले गर्दा डलरमा दिने ब्याजका कारण मानिसले आफूसँग रहेको रकम बैंकमा जम्मा गर्न थाले। त्यसको कारण पनि भारुमा अवमूल्यन भएको हो। 

खुला अर्थतन्त्र भएको देश भारतमा मुद्राको मूल्य पनि खुला रूपमा हुने हुँदा बजारले नै डलरको मूल्य तय गर्ने गर्दछ। त्यसको असर नेपालमा पर्ने भएकाले नेपालमा डलरको मूल्यमा उच्च गिरावट आएको हो। 

डलरको मूल्यवृद्धिले नेपालमा असर 

डलरको भाउमा भएको वृद्धिले नेपालमा मूल्यवृद्धि हुने अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी बताउँछन्। उनी भन्छन्, ‘नेपालजस्तो आयातमा निर्भर देशमा डलरको मूल्य बढ्दा आयातीत सामानको मूल्यमा वृद्धि हुन्छ। अन्ततः मूल्यवृद्धिले जनताको ढाड सेक्छ। थप मानिस गरिबीको रेखामुनि धकेलिन्छन्।’ 

नेपालमा करिब ९० प्रतिशत सामान आयात हुने गरेको छ भने यसमा निर्यातको हिस्सा १० प्रतिशत हाराहारीमै मात्र छ। सामान आयातमा डलर भुक्तानी गर्नुपर्छ। यसले पनि डलरको सञ्चितिमा दबाब पर्दछ। यसले मूल्यवृद्धि मात्र नभएर देशको बाह्य क्षेत्र पनि समस्यामा पर्ने डा. अधिकारीको बुझाइ छ। 

डलरको भाउमा भएको वृद्धिको नेपाली अर्थतन्त्रको चेनमै असर पर्ने पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा बताउँछन्। उनका अनुसार डलरको भाउ वृद्धि हुनेबित्तिकै नेपाली सामानको मूल्यवृद्धि हुन्छ। यही उत्पादन हुने सामानको पनि मूल्य बढ्छ किनकि पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण डलरको भाउ बढेको हो। डलरको भाउमा भएको वृद्धिले सामानको मूल्य बढ्नुका साथै ढुवानी भाडासमेत बढ्छ र त्यसको सीधा असर जनताको चुलोसम्मै पुग्छ। 

चालू आर्थिक वर्षको ११ महिना मात्रै १७ खर्ब ६३ अर्ब बराबरको आयात भएको छ, जुन गत वर्षको भन्दा २७ प्रतिशत बढी हो। आयातको परिणामभन्दा मूल्य बढाउन डलरमा भएको वृद्धिको ठूलो भूमिका हुन्छ।

नेपाली उत्पादन राम्रो भएको भए डलरको मूल्य बढ्दा भने लाभ लिन सकिने अर्थविद्हरूको भनाइ छ। स्वदेशमै पर्याप्त उत्पादन भएको भए नेपालले आफ्ना सामानको निर्यात बढाउने थियो, जसले डलर भित्र्याउने थियो भन्छन्, साउथ एसिया वाच एन्ड ट्रेड, इकोनोमी एन्ड इन्भ्यारोमेन्ट (सावती)का अध्यक्ष पोषराज पाण्डे। ‘यतिबेला निर्यात गर्न सके नेपालले ठूलो मात्रामा डलर भित्र्याएर अर्थतन्त्रलाई उकास्न सक्ने थियो तर नेपाल आत्मनिर्भर छैन। कहाँबाट निर्यात सोच्नू?’ उनले भने। 

नेपालमा करिब ९० प्रतिशत सामान आयात हुने गरेको छ भने यसमा निर्यातको हिस्सा १० प्रतिशत हाराहारीमै मात्र छ। सामान आयातमा डलर भुक्तानी गर्नुपर्छ। यसले पनि डलरको सञ्चितिमा दबाब पर्दछ।

नेपालले चालू आर्थिक वर्षको ११ महिनामा १ खर्ब ८५ अर्ब रुपैयाँ बराबर मात्रै निर्यात गरेको छ। निर्यात वस्तुको वस्तुको परिणाम गत वर्ष र यो वर्ष करिब बराबरै भए पनि डलरको मूल्यमा भएको वृद्धिका कारण निर्यात बढेको देखिएको हो। 

त्यस्तै, रेमिट्यान्स आप्रवाह र वैदेशिक लगानी भने डलरको मूल्यवृद्धि हुँदा सहज हुनेछ। विदेशमा कामको खोजीमा गएका नेपालीले धेरै नेपाली रुपैयाँ पाउने आसमा नेपालमा डलर पठाउँछन्। सोही कारण तिनका परिवारले राम्रो रकम पाउने भएकाले डलरको भाउ बढ्दा रेमिट्यान्स आप्रवाह दर बढ्ने अर्थविद् डा. अधिकारी बताउँछन्। 

त्यस्तै, डलरको मूल्य बढ्दा विदेशी लगानीकर्ताले थोरै डलरमा पनि नेपालमा लगानी गर्न सक्ने सम्भावना हुने भएकाले मध्यम तथा साना लगानीकर्ता नेपालमा भित्रन सम्भव हुने अर्थशास्त्रीको बुझाइ छ। 

डलरको भाउ नियन्त्रण सम्भव छ? 

डलरको भाउमा भएको वृद्धि नियन्त्रण सम्भव छैन तर यसको फाइदा लिन भने सकिन्छ। नेपालमा डलरको भाउ भारतीय बजारले निर्धारित गर्ने भएकाले सरकारको कुनै पनि नीतिले डलरको भाउ नियन्त्रणमा प्रभाव पार्दै। यसका लागि भारत सरकारको ‘पोलिसी’मै भर पर्नुपर्छ। पेट्रोलियम पदार्थको मूल्य नियन्त्रणमा आउनेबित्तिकै डलरको मूल्य पनि नियन्त्रण आउने अर्थविद्हरूको भनाइ छ। 

नेपालमा डलरको डर 

नेपालमा पछिल्लो समय डलरको डर धेरै बढेको छ। डलरको मूल्यमा वृद्धिसँगै वस्तुको मूल्यवृद्धि हुन्छ। आयातमा आधारित देश हँुदा डलरबिना नेपालले केही पनि गर्न सक्दैन। करिब ९० प्रतिशत सामान आयात गर्नुपर्दा नेपालसँग भएको डलर सञ्चिति घट्दै गइरहेको छ।

राष्ट्र बैंकको १० महिने तथ्यांक हेर्दा नेपालमा जम्मा ९ अर्ब २८ करोड डलर सञ्चिति छ। अर्थतन्त्रको गति यही अवस्थामा (रेमिट्यान्स आप्रवाह, पर्यटन, वैदेशिक लगानी आउने) रहे अबको २ वर्षमा नेपालसँग विदेशी डलरको सञ्चिति शून्यमा पुग्ने अर्थशास्त्रीहरूले चेतावनी दिँदै आएका छन्।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विदेशमा रोजगारीका लागि मानिस पठाएर रमाउनुभन्दा स्वदेशी उत्पादनमा ध्यान दिएर डलर बाहिर पठाउनबाट रोक्न आग्रह गरेका थिए। उनले डलर सञ्चिति घटिरहेको र आगामी आर्थिक वर्षमा मूल्यवृद्धि झनै बढ्ने हँुदा त्यसलाई स्वीकार्न लाग्नुपर्ने धारणा राखेका थिए। 

पछिल्लो समय दक्षिण एसियाका अधिकांश देशहरू डलर सञ्चितिको समस्यामा परिरहेका छन्। श्रीलंकाले आफूलाई टाट पल्टेको घोषणा गरिसकेको छ भने पाकिस्तानसँग जम्मा २ महिनाको आयात धान्ने मात्र डलर रहेको बताएको छ। जबकि कम्तीमा ३ महिनाको आयात धान्न डलरको सञ्चिति हुनुपर्छ।

त्यस्तै, डलर सञ्चिति नेपालमा पनि घट्दो क्रममा छ। गत वर्ष १५ महिनासम्मको आयात धान्ने डलर सञ्चिति भएकामा अहिले त्यो घटेर साढे ६ महिनामा झरिसकेको छ। बंगलादेश पनि डलरको समस्याबाट गुज्रिरहेको छ।

यो पनि


प्रकाशित: June 23, 2022 | 14:27:51 काठमाडौं, बिहीबार, असार ९, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चन्द्रागिरिको जंगलमा हराएका तीन विदेशी भीरमा भेटिए

उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ।

...अनि पटक-पटक मर्ने प्रयास गरेकी थिइन् दिलमायाले

‘त्यसबेला मेरो छोरो पाँच वर्षको थियो। म माइतीको शरणमा गएको थिएँ। तर माइतीले पनि नहेरेपछि मर्छु भनेर बाबुलाई घरमै छोडेर जंगलभित्र गा'को थिएँ। तर जंगलमा ३ घन्टा रुँदैरुँदै बिताएर घर फर्किएँ। बच्चाले दुःख पाउँछ भनेर मर्न सकिनँ...

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीले फालेको सल नालीमा भेटियो, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाँक्लै थियो।

कांग्रेसभित्र यसरी 'फ्रन्ट डोर' ढकढक्याउँदैछन् विनोद चौधरी

म कांग्रेस एकदमै कमजोर भएको अवस्थामा प्रवेश गरेको हुँ। मेरो बाँकी राजनीतिक जीवन कांग्रेसमै बित्छ। कांग्रेसमै रहेर पार्टी र देशका लागि केही गर्ने हो। परिवर्तन ल्याउन भूमिका खेल्ने हो। म मेरो योजनामा असफल भएँ भने राजनीतिमा विश्राम लिएर आराम गरेर बस्छु।

गोर्खा सैनिकको सम्झनामा त्यो फोकल्यान्ड युद्ध

‘बिहानको १० बजेसम्म घाम देखिँदैन। जताततै तिखा चट्टान, ढुंगा र घासे मैदान। चार मोजा र बुट लगाउँदा सम्म नथेगिने चिसो। घरिपानी, घरि असिना, घरि हिउँ। रुखपात छैन, झारपात मात्र कस्तो ठाउँ होला!’

नेपालबाट बेलायत जाने मौसमी कामदार बढे, सरकार भन्छ- ऐनले चिन्दैन

कोराना महामारीपछिको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन बेलायत सरकारले विभिन्न मुलुकबाट मौसमी रोजगारका लागि आवेदन मागिरहेको छ। तर नेपालको श्रम ऐनमा मौसमी रोजगारसम्बन्धी व्यवस्था नहुँदा नेपाली श्रमिकलाई अप्ठेरो पारिरहेको छ।

साडियो माने : धुलाम्य मैदानदेखि लिभरपुलको लोभलाग्दो रवाफसम्म

बाल्यावस्थादेखि बलसँगै लडिबुडी गरेका मानेले फुटबलमा पाएको जादूयी सफलतापछि जन्मथलो बम्बालीमा उम्रिँदै छन् सयौं मानेहरू।

'मानवताको सहर' बुटवलमा दलितले कोठा भाडा पाउँदैनन्

जातका आधारमा हुने विभेदलाई कानुनले निषेध गरेको र बुटवलमा मानव भएर बाँच्न मानवताको सहर नारा तय गरिए पनि त्यसैलाई खिल्ली उडाउँदै जातीय भेदभावको घटना सार्वजनिक भएको हो।

रवि लामिछाने र रमेश खरेलबीच सहकार्यको विषयमा छलफल

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

थप समाचार

नेपाल समय
अर्थ

५ वर्षसम्म ४ किमी सडक पनि नबनाउने निर्माण व्यवसायीलाई कारबाही गरिने

सडक डिभिजन कार्यालय काठमाडौंले पटकपटक म्याद थप गर्दा पनि पेप्सीकोला–मूलपानी–ब्रह्मखेल चार किमी सडक कालोपत्र नसकिएपछि निर्माण व्यवसायीलाई कारबाहीको तयारी थालेको छ।
नेपाल समय
अर्थ

मन्त्री बडूद्वारा चोभार सुक्खा बन्दरगाह र आविष्कार केन्द्रको अवलोकन

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको अवस्था, देखापरेका समस्या, हालसम्मको प्रगति, आगामी योजनालगायत विषयमा मन्त्री बडूलाई जानकारी गराएका थिए।
नेपाल समय
बैंक/बिमा

अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवसमा इसेवाको विशेष अफर

इसेवाले अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवसको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवस मंगलबार मनाइँदै छ।
नेपाल समय
अर्थ

नेप्से परिसूचक २३.८५ अंकले घट्यो

सोमबार नेप्से परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ को बिन्दुमा झरेको छ।
नेपाल समय
बैंक/बिमा

बिमा ऐनको पुरानै संरचना र व्यवस्थापनबाट परिवर्तन सम्भव छैन : रवीन्द्र घिमिरे [अन्तर्वार्ता]

प्रस्तावित बिमा ऐनले व्यवस्था गरेको बिमा समितिको संरचना, समितिका अध्यक्ष र सदस्यको योग्यता बिमा ऐनको आधारभूत विषय हो। त्यसमै कमजोरी भएकाले धेरै अपेक्षा गर्न सकिन्न।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना