सोमबार, माघ ३, २०७८

एक सातामा १६५.२८ अंकले बढ्यो नेप्से

नेपाल समय  |  काठमाडौं, शुक्रबार, पुष ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुष ३०, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– पछिल्लो एक सातामा सेयर बजार मापक नेप्से परिसूचक १६५.२८ अंकले वृद्धि भएको छ।

गत साताको विहिबार अन्तिम कारोबारको दिन परिसूचक ४३.२९ अंकले बढेर २ हजार ६९२.४७ विन्दुमा पुगेर रोकिएको थियो। यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार उकालो लाग्दा एक दिने भने गिरावट आएको छ। यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक १६५.२८ अंकले बढेर भएर २ हजार ८५७.७५ विन्दुमा पुगेर रोकिएको छ।

अघिल्लो साता १६७.९७ अंकले बढेको नेप्से परिसुचक यो साता १६५.२८ अंकले बढेको हो। तर, गत साताको भन्दा यो साता नेप्से परिसूचक २ अंकले गिरावट आएको छ। पछिल्लो चार महिना देखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक पछिल्लो दुई सातादेखि निरन्तर रुपमा बढ्दै गएको छ।

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा उच्च अंकले वृद्धि भएको थियो । जुन दिन नेप्से परिसूचक परिसूचक ७३.०१ अंक बढेर २७६५.४७ विन्दुमा पुगेको थियो । त्यस्तै , ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ इण्डेक्स १३.२१ अंक बढेको थियो भने फ्लोट इण्डेक्स ५.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५६ अंक बढेको थियो । आइतबार कारोबारमा आएका २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार कित्ता शेयर ७ अर्ब १० करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

त्यस्तै, साताको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक वृद्धिमा निरन्तरता पाएको थियो । उक्त दिन नेप्से परिसूचक १९.४३ अंक बढेर २ हजार ७८४.९५ विन्दुमा पुगेको थियो । सोमबारको कारोबारमा आएका २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार कित्ता शेयर ७ अर्ब १२ करोड ३४ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार पनि  नेप्से परिसूचक ४९.१९ अंकले बढेर २ हजार ८३४.१३ विन्दुमा पुगेको थियो। त्यस्तै, यस दिन ठूला कम्पनी मूल्य मापक सेन्सेटिभ इण्डेक्स ६.३४ अंक बढेको थियो भने फ्लोट इण्डेक्स ३.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि  २.२४ अंक बढेको थियो मंगलबार कारोबारमा आएका २३२ कम्पनीको १ करोड १९ लाख ७० हजार कित्ता शेयर ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको  थियो ।

तर, बुधबार भने सातामा तीन दिनको कारोबारमा निरन्तर उकालो लागिरहेको नेप्सेमा ३०.५१ अंक घटेर २८०.६२ विन्दुमा झरेको थियो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.०४ अंक, फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१७ अंक घटेको थियो । बुधबार कारोबारमा आएका २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार कित्ता शेयर ८ अर्ब ३ करोड ३२ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।  नेप्से घटेपनि बुधबारको कारोबार रकम भने ८ अर्ब माथि नाघेको थियो ।

त्यस्तै,साताको अन्तिम कारोबारको दिन बिहीबार भने बजार बढेको छ । विहिबार नेप्से परिसूचक ५४.१२ अंक बढेर २ हजार ८५७.७५ विन्दुमा पुगेको छ । ठूला कम्पनीको मूल्य मापक सेन्सेटिभ इण्डेक्स पनि ८.९४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३४ अंकले  बढेको छ । विहिबार कारोबारमा आएका २२४ कम्पनीको १ करोड १८ लाख ३४ हजार कित्ता शेयर ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि वृद्धि भएको छ । गतसाता २ खर्ब  ३६ अर्ब २ करोड रुपैयाँले बढेको लगानीकर्ताको सम्पति यो साता २ खर्ब ६ अर्ब ७८ करोड रुपैयाँले बढेको छ । गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कुल ३८ खर्ब ३ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । यो साता २ खर्ब  ६ अर्ब ७८ करोड रुपैयाँ सम्पति बढेर  ४० खर्ब ३७ अर्ब १२ करोड रुपैयाँ कायम भएको छ ।


प्रकाशित: January 14, 2022 | 16:27:53 काठमाडौं, शुक्रबार, पुष ३०, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, शुक्रबार, पुष ३०, २०७८

थप समाचार

लमजुङमा अलैंची उत्पादन ८५ प्रतिशतले घट्यो

लमजुङमा यसवर्ष अलैंची उत्पादनमा कमी आएको छ। आवश्यकता अनुसार समयमा पानी नपर्नु, मौसम अनुकूल नहुनु, बोटमा कीरा लाग्नु र बोट सुक्नुलगायतका कारणले यो वर्ष अलैंची उत्पादनमा कमी आएको हो।

नेप्सेमा ६९ अंकको उछाल, परिसूचक २९ सय नाघ्यो

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाउँदा बजार परिसूचक नेप्से २९ सय नाघेको छ।

बतास समूहले जिम्मा लिएको पशुपति धर्मशालामा 'अनुमति नलिएरै काम'

बतास समूहले जिम्मा लिएको पशुपति धर्मशालामा अमनुमति नलिएर काम भइरहेको पाइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशालामा अनुमति नलिइकनै काम गरेको पाइएको बताएका छन्।

सिभिल बैंक खाता 'खल्ती'मा लिंक गर्दा रु. १०० बोनस र स्मार्टफोन उपहार

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ’खल्ती’ले सिभिल बैंक खाता ‘’खल्ती’’सँग लिंक गर्ने प्रयोगकर्ताहरुका लागि रु. १०० बोनस अफर ल्याएको छ।

मुलुकको अर्थतन्त्र संकटग्रस्त : राष्ट्र बैंक

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरणले मुलुकको अर्थतन्त्र बिग्रिँदै गएको तथ्य बाहिर ल्याएको हो।

सवा ३ करोडको फक्सवागन ट्वारेग–आर नेपाली बजारमा

नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले कम्पनीको टप रेन्जको फ्ल्यागसिप मोडल ट्वारेग–आर नेपाल भित्र्याएको छ।

ट्रेंडिंग

नेपाल समय
राजनीति

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
नेपाल समय
शिक्षा

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग

नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन्।
नेपाल समय
समाज

भत्क्यो मण्डला : त्यो घर जहाँबाट दयाहाङ 'स्टार' बने

‘कला र सिर्जनामा सिंगो शक्ति खर्चिएका थियौं। कलाकारको सपनामात्रै होइन मण्डलासँग जोडिएको इतिहास पनि भत्केझैं लाग्छ।’
नेपाल समय
संवाद

एमसीसीमा परराष्ट्रलाई बाइपास गरियो, नेताहरूले नै जनतालाई भ्रमित पारे : प्रा.डा. खड्ग केसी [अन्तर्वार्ता]

एमसीसीमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरिएको छ भनेपछि कति गैरजिम्मेवार रुपमा यसलाई अघि बढाइएको होला त? एमसीसी हस्ताक्षर हुने समयमा परराष्ट्रलाई सोध्‍नु पर्दैन? अर्थ मन्त्रालयमा मात्रै त्यो विज्ञता थियो?
नेपाल समय
श्रृंखला

पेन्सनपट्टासँगै विगत बन्यो सैनिक हिरासतमा मैले पाएको यातनाको कथा [भिडियोसहित]

नेपाल समयले उनका विषयमा ‘गनले अन्याय, गनले न्याय’ शीर्षकमा श्रृंखलाबद्ध रिपोर्टिङ गरेको थियो। लवकुमार गुरुङले जागिर छाडेपछि हाम्रा सहकर्मी अनिल यादवसँग सुनाएको आफ्नो यातनाको कथा जस्ताको तस्तैः

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C