सोमबार, माघ ३, २०७८
  • गृहपृष्ठ
  • अर्थ
  • राजनीतिमा लागेका निर्माण व्यवसायी भ्याट नतिर्नेको सूचीमा, को को छन् अरु?

राजनीतिमा लागेका निर्माण व्यवसायी भ्याट नतिर्नेको सूचीमा, को को छन् अरु?

नेपाल समय  |  काठमाडौं, आइतबार, पुष २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुष २५, २०७८, काठमाडौं

नेपाल समय
ird rajaswa

काठमाडौं– आन्तरिक राजस्व कार्यालय पुतलीसडकले मूल्य अभिवृद्धि कर (भ्याट) नतिर्ने २३५ व्यवसायीको नाममा भ्याट तिर्न समयसीमा दिँदै सार्वजनिक सूचना जारी गरेको छ। आइतबार सूचना जारी गर्दै कार्यालयले १५ दिनभित्र भ्याट तिर्नु नपर्ने प्रमाण पेश गर्न वा भ्याट तिर्न निर्देशन दिएको हो। 

कार्यालयले यसअअघि समेत कार्यालयबाट पत्राचार, टेलिफोन र भ्रमणबाट समेत भ्याट दाखिला गर्न जानकारी गराइए पनि दाखिला नगरेको सूचनामा उल्लेख गरेको छ। आइतबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र भ्याट दाखिला गर्न नपर्ने प्रमाण पेश गर्न वा भ्याट दाखिला गर्न उल्लेख गरिएको छ।

भ्याट दाखिला नगरेमा मूल्य अभिवृद्धि कर ऐन २०५२को दफा २१ (१)मा अनुसार कारवाही अघि बढाइने चेतावनी सूचनामा दिइएको छ। सो अनुसार सम्बन्धित व्यावसायिक कम्पनीको कारोबार रोक्का गर्ने, बैंक खाता रोक्का गर्ने लगायतका कदम चालेर बक्यौता असुल गरिने सूचनामा उल्लेख छ।

समयमै भ्याट नबुझाउनेको सूचीमा नाम चलेका व्यवसायीका फर्म र कम्पनी समेत छन्। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष शकुन्तलाल हिराचनको कम्पनी युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स प्रालिले १ करोड ४० लाख ९९ हजार भ्याट बुझाएको छैन। अरु विभिन्न कम्पनीसँग हिराचनको कम्पनीले गरेको साझेदारीका परियोजनामा पनि करोडौं भ्याट तिरिएको छैन। युनाइटेड र हिस्टोरिक कन्स्ट्रक्स जेभीले रु। २ करोड ४२ लाख भ्याट तिर्न बाँकी छ।

त्यस्तै, व्यवसायीको अर्को संस्था नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपककुमार मल्होत्राको स्पेसटाइम नेटवर्कले पनि रु। ४० लाख २९ हजार भ्याट नतिरेको सूचनामा उल्लेख छ। राजनीतिमा लागेका निर्माण व्यवसायीले पनि भ्याट बुझाउन अटेर गरेका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीपछिरिङ लामाको कम्पनी लामा कन्स्ट्रक्सनसहित दि कन्चनजंघा कन्स्ट्रक्सन र डाँफे कन्स्ट्रक्सनले रु। २ करोड ८६ लाख भ्याट बुझाएको छैन। लामा कन्स्ट्रक्सनले डाँफे र गोल्डेनगुड कन्स्ट्रक्सनसँग गरेको साझेदारीमा पनि ५५ लाख २६ हजार भ्याट बुझाउन बाँकी छ।

नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहितका अरु कम्पनी ९साझेदारी० ले पनि करोडौं भ्याट तिरेका छैनन्। कान्छाराम–डाँफे–शर्मा जेभीले १ करोड ४२ लाख भ्याट तिर्न बाँकी छ।

कान्छाराम–डाँफे जेभीले ५१ लाख ६८ हजार भ्याट बुझाएको छैन। लामा र कान्छाराम जेभीले ५२ लाख ३६ हजार भ्याट बुझाएको छैन। कान्छाराम मृत संजिवनी जेभीले ३ करोड ३१ लाख भ्याट बुझाएको छैन। 

अर्का कांग्रेस नेता जयराम लामिछानेको कम्पनी स्वच्छन्द निर्माण सेवाले पनि बानियाँ र द क्याराभान जेभीसँग मिलेर ३८ लाख ६३ हजार भ्याट बुझाउन बाँकी छ। कांग्रेसकै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको कम्पनी महादेव खिम्ती निर्माण सेवाले पनि डाँफे कन्स्ट्रक्सनसँग मिलेर गरेको साझेदारीबाट ३७ लाख २८ हजार तथा मिचीको एन्ड कम्पनीसँगको साझेदारीबाट १९ लाख ३८ हजार भ्याट बुझाएको छैन। त्यस्तै, महादेव खिम्तीले अकेला जेभीसँग मिलेर ४३ लाख २६ हजार बुझाउन बाँकी छ।

कांग्रेसका अर्का केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामाको कम्पनी हिम्दुङ एन्ड थोकरले धुकछु र कान्छारामसँग गरेको साझेदारी कामबाट ५६ लाख ९० हजार भ्याट बुझाउन बाँकी छ। पप्पु कन्स्ट्रक्सन, शर्मा एन्ड शर्मा, बिरुवा लगायतका दर्जनौं कम्पनीले पनि भ्याट बुझाउन बाँकी छ।

व्यवसायी राकेशकुमार अग्रवाल, नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी, होटल ल्यान्डमार्क लगायतका ३५२ कम्पनीले पनि करोडौं भ्याट बुझाउन बाँकी रहेको देखिएको छ। भ्याट बुझाउन बाँकी रहेको सूचीमा एभिन्युज टिभी, बिजमान्डू प्रालि, एबीसी मिडिया लगायत पनि छन्।

उखु किसानलाई पनि तिरेको छैन अन्नपूर्णले

सूचना अनुसार सबै भन्दा बढी भ्याट तिर्नुपर्ने कम्पनीमा राकेशकुमार अग्रवालको अन्नपूर्ण सुगर एण्ड इण्डष्ट्रिज प्राली रहेको छ। उक्त प्रालीले ८ करोड ६२ लाख ९१ हजार ५१७ रुपैयाँ भ्याट तिर्न बाँकी रहेको छ। अन्नपूर्ण सुगर मिलले उखु किसानको समेत विगतको भुक्तानी दिएको छैन। उखु किसान  हरिश्याम रायका अनुसार उक्त मिलले २०७४ साल र २०७५को गरी झण्डै ५ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ।


प्रकाशित: January 9, 2022 | 14:15:00 काठमाडौं, आइतबार, पुष २५, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, आइतबार, पुष २५, २०७८

थप समाचार

लमजुङमा अलैंची उत्पादन ८५ प्रतिशतले घट्यो

लमजुङमा यसवर्ष अलैंची उत्पादनमा कमी आएको छ। आवश्यकता अनुसार समयमा पानी नपर्नु, मौसम अनुकूल नहुनु, बोटमा कीरा लाग्नु र बोट सुक्नुलगायतका कारणले यो वर्ष अलैंची उत्पादनमा कमी आएको हो।

नेप्सेमा ६९ अंकको उछाल, परिसूचक २९ सय नाघ्यो

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाउँदा बजार परिसूचक नेप्से २९ सय नाघेको छ।

बतास समूहले जिम्मा लिएको पशुपति धर्मशालामा 'अनुमति नलिएरै काम'

बतास समूहले जिम्मा लिएको पशुपति धर्मशालामा अमनुमति नलिएर काम भइरहेको पाइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशालामा अनुमति नलिइकनै काम गरेको पाइएको बताएका छन्।

सिभिल बैंक खाता 'खल्ती'मा लिंक गर्दा रु. १०० बोनस र स्मार्टफोन उपहार

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ’खल्ती’ले सिभिल बैंक खाता ‘’खल्ती’’सँग लिंक गर्ने प्रयोगकर्ताहरुका लागि रु. १०० बोनस अफर ल्याएको छ।

मुलुकको अर्थतन्त्र संकटग्रस्त : राष्ट्र बैंक

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरणले मुलुकको अर्थतन्त्र बिग्रिँदै गएको तथ्य बाहिर ल्याएको हो।

सवा ३ करोडको फक्सवागन ट्वारेग–आर नेपाली बजारमा

नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले कम्पनीको टप रेन्जको फ्ल्यागसिप मोडल ट्वारेग–आर नेपाल भित्र्याएको छ।

ट्रेंडिंग

नेपाल समय
राजनीति

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
नेपाल समय
शिक्षा

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग

नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन्।
नेपाल समय
समाज

भत्क्यो मण्डला : त्यो घर जहाँबाट दयाहाङ 'स्टार' बने

‘कला र सिर्जनामा सिंगो शक्ति खर्चिएका थियौं। कलाकारको सपनामात्रै होइन मण्डलासँग जोडिएको इतिहास पनि भत्केझैं लाग्छ।’
नेपाल समय
संवाद

एमसीसीमा परराष्ट्रलाई बाइपास गरियो, नेताहरूले नै जनतालाई भ्रमित पारे : प्रा.डा. खड्ग केसी [अन्तर्वार्ता]

एमसीसीमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरिएको छ भनेपछि कति गैरजिम्मेवार रुपमा यसलाई अघि बढाइएको होला त? एमसीसी हस्ताक्षर हुने समयमा परराष्ट्रलाई सोध्‍नु पर्दैन? अर्थ मन्त्रालयमा मात्रै त्यो विज्ञता थियो?
नेपाल समय
श्रृंखला

पेन्सनपट्टासँगै विगत बन्यो सैनिक हिरासतमा मैले पाएको यातनाको कथा [भिडियोसहित]

नेपाल समयले उनका विषयमा ‘गनले अन्याय, गनले न्याय’ शीर्षकमा श्रृंखलाबद्ध रिपोर्टिङ गरेको थियो। लवकुमार गुरुङले जागिर छाडेपछि हाम्रा सहकर्मी अनिल यादवसँग सुनाएको आफ्नो यातनाको कथा जस्ताको तस्तैः

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C