सोमबार, असोज १७, २०७९

ओली कार्यकालको 'अन्तिम वर्ष' १२१ प्रतिशत बढेको थियो बेरुजु

प्रेम चन्द  |  काठमाडौं, शुक्रबार, पुष १६, २०७८

प्रेम चन्द

प्रेम चन्द

शुक्रबार, पुष १६, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकारको अन्तिम आर्थिक वर्षमा बेथिति मौलाएको देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको आन्तरिक प्रतिवेदनले ओली सरकारको अन्तिम वर्ष अर्थात् आर्थिक वर्ष २०७७/७८ मा १२१ प्रतिशतले आर्थिक बेथिति बढेको देखाएको हो। ओली २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री बनी २०७८ असार २९ गतेसम्म पदमा रहेका थिए। 

गत आर्थिक वर्ष २०७७/०७८मा मात्रै २५ अर्ब २६ करोड ५० लाख ४१ हजार रुपैयाँ बेरुजु रकम रहेको पाइएको हो। कार्यालयको आन्तरिक प्रतिवेदन अनुसार सरकारका विभिन्न निकायहरुले रित नपुर्‍याई गरेको उक्त रकम अघिल्लो आर्थिक वर्ष २०७६/०७७को तुलनामा दोब्बरभन्दा बढी हो। अघिल्लो आर्थिक वर्षमा पनि ओली सरकार नै रहेको थियो। 

‘अघिल्लो आर्थिक वर्ष २०७६/०७७को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा १३ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ बढी बेरुजु भएको पाइएको छ,’ महालेखा नियन्त्रक कार्यालयको आन्तरिक प्रतिवेदनमा भनिएको छ, ‘आर्थिक वर्ष २०७६/०७७ मा कुल बेरुजु ११ अर्ब ३९ करोड ९७ लाख रुपैयाँ रहेको थियो। तर गत आवमा १२१.६२ प्रतिशतले बेरुजु वृद्धि भएको छ।’ 

बेरुजु अनियमिता नै भएको र त्यसमा पनि असुलउपर गुर्नपर्ने रकम सोझै भ्रष्टाचार रहेको प्रशासनविद भीमदेव भट्ट बताउँछन्। ‘बेरुजु रकमलाई विभिन्न किसिमले हेर्न सकिने भएपनि असुलउपर गुर्नपर्ने रकम चाँहि सोझै भ्रष्टाचार नै हो,’ प्रशासनविद् भट्ट भन्छन्। 

प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७७/०७८मा असुलउपर गर्नुपर्ने रकम ५९ करोड १९ लाख रुपैयाँ रहेको छ। नियमित गर्नुपर्ने रकम ६ अर्ब ९५ करोड ७३ लाख रुपैयाँ तथा म्याद नाघेको पेस्की रकम १७ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ असुल उपर गर्नुपर्ने प्रतिवदेनमा उल्लेख छ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा नियमित गर्नुपर्ने बेरुजु ३ अर्ब ३३ करोड १ लाख ५५ हजार रुपैयाँ, असुलउपर गुर्नपर्ने १ अर्ब ८ करोड ५ लाख ७३ हजार रुपैयाँ र म्याद नाघेको पेस्की अन्तरगतको बेरुजु रकम ६ अर्ब ९८ करोड १२ लाख १९ हजार रुपैयाँ थियो। यसरी कुल बेरुजु ११ अर्ब ३९ करोड ९९ लाख ४७ हजार रुपैयाँ रहेको थियो।

बेरुजु अनियमिता नै भएको र त्यसमा पनि असुलउपर गुर्नपर्ने रकम सोझै भ्रष्टाचार रहेको प्रशासनविद भीमदेव भट्ट बताउँछन्। ‘बेरुजु रकमलाई विभिन्न किसिमले हेर्न सकिने भएपनि असुलउपर गुर्नपर्ने रकम चाँहि सोझै भ्रष्टाचार नै हो,’ प्रशासनविद् भट्ट भन्छन्। 

महालेखा नियन्त्रण कार्यालयका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी बेरुजु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा रहेको छ। सडक लगायतका पूर्वाधार निर्माण कार्यक्षेत्र रहेको सो मन्त्रालयमा असुलउपर गर्नुपर्ने बेरुजु नै २७ करोड ६ लाख ४१ हजार रुपैयाँ रहेको छ। गत आर्थिक वर्षमा ओलीका विश्वासपात्र मानिने बसन्त नेम्बाङ भौतिक पूर्वाधारमन्त्री थिए। मन्त्रालयमा म्याद नाघेको पेस्की अन्तरगतको बेरुजु गत आवमा ७ अर्ब ७१ करोड ७ लाख ३० हजार रुपैयाँ र नियमित गुर्नपर्ने १ अर्ब ५९ करोड ७ लाख ७४ हजार रुपैयाँ गरी कुल बेरुजु ९ अर्ब ५७ करोड २१ लाख ४५ हजार रुपैयाँ रहेको छ।

त्यस्तै शहरी विकास मन्त्रालयको गत आर्थिक वर्षको बेरुजु १ अर्ब ३२ करोड ९३ लाख १२ हजार रुपैयाँ रहेको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ। सो मन्त्रालयमा असुलउपर गुर्नपर्ने बेरुजु १ करोड ४२ लाख ५४ हजार, नियमित गर्नुपर्ने ३३ करोड ४८ लाख ६७ हजार रुपैयाँ र म्याद नाघेको पेस्की ९८ करोड १ लाख ९१ हजार रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षमा रक्षा मन्त्रालयको बेरुजु १ अर्ब ८७ करोड १५ लाख ५५ हजार रुपैयाँ रहेको छ। कुल बेरुजुमध्ये नियमित गुर्नपर्ने १३ करोड ९२ लाख ७७ हजार, असुल उपर गुर्नपर्ने  १ करोड ५६ लाख ८४ हजार रुपैयाँ तथा म्याद नाघेको पेस्की १ अर्ब ७१ करोड ६५ लाख ९४ हजार रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षका लागि सरकारले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो।

गत वर्षको पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन सिफारिस गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन सिफारिस स्वीकृति गरिदिएकी थिइन्। सर्वोच्च अदालतले संसद विघटन असंवैधानिक रहेको भन्दै गत वर्ष नै फागुनमा विघटन खारेज गरिदिएको थियो। 

त्यसपछि गत वर्ष जेठमा पुनः ओलीले फेरि संसद विघटन सिफारिस गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारी उक्त सिफारिस पनि सदर गरिदिएकी थिइन्। दोस्रो पटकको विघटनपछि पनि सर्वोच्च अदालतमा रिट परेको थियो। सर्वोच्च अदालतले गत असार अन्तिम साता अर्थात आर्थिक वर्षको अन्तिममा नेपाली कांग्रेसका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन गर्न आदेश दिएको थियो। त्यसपछि बनेको देउवा सरकार हालसम्म बहाल छ। 


प्रकाशित: December 31, 2021 | 17:26:09 काठमाडौं, शुक्रबार, पुष १६, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
अर्थ

दसैंको हवाई टिकट : काठमाडौं-धनगढी १७ हजार, धनगढी-काठमाडौं ६ हजार ५ सय

दसैंको हवाईं टिकटमा मनोमानीरुपमा महँगो बनाइएको छ। काठमाडौंबाट बाहिरिनेहरुको टिकट धनगढीको सबैभन्दा महँगो १७ हजारसम्म रहेको छ भने धनगढीबाट फर्किनेहरुका लागि पनि टिकट सस्तो रहेको छ।
नेपाल समय
बैंक/बिमा

यस वर्षको दसैंमा साटिए ५५ अर्बका नयाँ नोट

१६ अर्ब रुपैयाँ बराबरका १ सय रुपैयाँभन्दा साना दरका र ३९ अर्ब रुपैयाँ बराबरका ५ सय र हजार दरका नोट साटिएको हो।
नेपाल समय
बैंक/बिमा

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ ८५ पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा कायम गरेको छ।
नेपाल समय
अर्थ

सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण, १५ दिनमा डेढ करोडको व्यापार

चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको ‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको छ।
अर्थ

त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना