सोमबार, असोज १७, २०७९

स्थानीय तहमा अघिल्लो आर्थिक वर्षमा २३ करोड भ्रष्टाचार

प्रेम चन्द  |  काठमाडौं, बुधबार, पुष १४, २०७८

प्रेम चन्द

प्रेम चन्द

बुधबार, पुष १४, २०७८, काठमाडौं

नेपाल समय
Mahalekha niyantrak

काठमाडौं– संघीयताअनुसार स्थानीय तहको पहिलो कार्यकाल आगामी फागुनमा सकिँदैछ। निर्वाचन आयोगले प्रस्ताव गरेअनुसार सम्भवतः आगामी वैशाखभित्रमा स्थानीय तहको अर्को निर्वाचन पनि हुनेछ। स्थानीय तहको पहिलो कार्यकालमा प्रादेशिक तथा संघीय सरकारका निकायजस्तै अनियमितता मौलाएको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनले औंल्याउँदै आएको छ। महालेखा परीक्षकको ५७ औं र ५८ औं प्रतिवेदनमा स्थानीय तहमा अन्य सरकारी निकायजस्तै अनियमितता हुने गरेको उल्लेख गरेको छ।

पछिल्लो समय महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको आन्तरिक लेखा परीक्षणको प्रतिवेदनले पनि स्थानीय तहमा अनियमितता भएको किटान गरेको छ। महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको आन्तरिक लेखापरीक्षण प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७७/०७८मा स्थानीय तहमा २३ करोड ३२ लाख ३४ हजार रुपैयाँ अनियमितता भएको पाइएको छ। प्रतिवेदनमा २३ करोड ३२ लाख ३४ हजार रुपैयाँ असुल उपर गुर्नपर्ने गरी बेरुजु रहेको औंल्याइएको छ। सुशासनविद्हरु असुलउपर गुर्नपर्ने रकम सीधै भ्रष्टाचार गरिएको रकम भएको बताउँछन्।

प्रशासनविद् भीमदेव भट्ट बेरुजु धेरै किसिमको हुने भए पनि असुलउपर गुर्नपर्ने रकम भ्रष्टाचार नै गरिएको बताउँछन्। ‘महालेखा नियन्त्रक कार्यालयले औंल्याएको विषयमा प्रश्न उठाउन मिल्दैन’, भट्ट भन्छन्, ‘बेरुजुका विभिन्न प्रकार भए पनि असुलउपर गुर्नपर्ने भनेर औंल्याएको बेरुजु चाहिँ भ्रष्टाचार नै हो।’

 ‘महालेखा नियन्त्रक कार्यालयले औंल्याएको विषयमा प्रश्न उठाउन मिल्दैन। बेरुजुका विभिन्न प्रकार भए पनि असुलउपर गुर्नपर्ने भनेर औंल्याएको बेरुजु चाहिँ भ्रष्टाचार नै हो।’

कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७७/०७८मा स्थानीय तहमा ८ अर्ब २६ करोड ६१ लाख ४५ हजार रुपैयाँ बेरुजु रहेको छ। उक्त बेरुजुलाई महालेखा नियन्त्रक कार्यालयले तीन वर्गमा वर्गीकरण गरेको छ। सोअनुसार नियमित गर्नुपर्ने ३ अर्ब १० करोड ३२ लाख ६१ हजार रुपैयाँ छ। त्यस्तै असुलउपर गुर्नपर्ने अर्थात अनियमितता गरेको रकम २३ करोड ३२ लाख ३४ हजार रुपैयाँ र म्याद नाघेको पेस्की रकम ४ अर्ब ९२ करोड ९६ लाख ५० हजार रुपैयाँ छ।

विगतका अनियमितता

यसअघि महालेखा परीक्षकको कार्यालयको ५८औं प्रतिवेदनले स्थानीय तहले नियमविपरीत खर्च गरेको औंल्याएको छ। स्थानीय तहका पदाधिकारी तथा सदस्यलाई सेवा सुविधासम्बन्धी ऐन २०७५ अनुसार न्यायिक समिति, विधायन समिति, लेखा समिति र सुशासन समितिका सदस्यले मात्रै बैठक भत्ता पाउनुपर्नेमा नियमविपरीत बैठक भत्ता वितरण गरेको महालेखा परीक्षक कार्यालयको ५८ औं प्रतिवेदनले उल्लेख गरेको छ।  ‘प्रदेश ऐनमा व्यवस्था नभएका र ऐनले नतोकेको अवस्थामा वडा, कार्यपालिका गाउँ/नगरसभा लगायतका बैठकमा १४७ स्थानीय तहले ७ करोड ६८ लाख ३९ हजार रुपैयाँ भत्ता खर्च लेखेका छन्’,  ५८ औं प्रतिवेदनमा भनिएको छ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी ऐन २०७५ मा पदाधिकारीको स्वकीय सचिव र सल्लाहकार राखी पारिश्रमिक दिइने व्यवस्था छैन। तर, आर्थिक वर्ष २०७६/०७७ मा १३१ स्थानीय तहले स्वकीय सचिव सल्लाहकार नियुक्ति गरी ९ करोड २९ लाख १६ हजार रुपैयाँ पारिश्रमिक भुक्तानी गरेका छन्।

५८औं प्रतिवेदनले सरकारी कोषबाट निवृत्तिभरण लिँदै आएका स्थानीय तहका पदाधिकारीले दोहोरो सुविधा लिने गरेको पनि औंल्याएको थियो। ३७ स्थानीय तहका पदाधिकारीले निवृत्तिभरण पाउँदै आएका पदाधिकारीलाई ३ करोड ६२ लाख रुपैयाँ पारिश्रमिक वितरण गरेको पाइएको हो। महालेखा परीक्षक  कार्यालयको ५८ औं प्रतिवेदनले स्थानीय तहले बढी तलब भुक्तानी गर्दै आएका, वैदेशिक भ्रमणका नाममा नियमविपरीत खर्च गर्ने लगायत, कोभिड १९को महामारीका कारण स्थानीय तहले नियमविपरीत खर्च गरेको समेत औंल्याएको छ।



प्रकाशित: December 29, 2021 | 13:22:40 काठमाडौं, बुधबार, पुष १४, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
अर्थ

दसैंको हवाई टिकट : काठमाडौं-धनगढी १७ हजार, धनगढी-काठमाडौं ६ हजार ५ सय

दसैंको हवाईं टिकटमा मनोमानीरुपमा महँगो बनाइएको छ। काठमाडौंबाट बाहिरिनेहरुको टिकट धनगढीको सबैभन्दा महँगो १७ हजारसम्म रहेको छ भने धनगढीबाट फर्किनेहरुका लागि पनि टिकट सस्तो रहेको छ।
नेपाल समय
बैंक/बिमा

यस वर्षको दसैंमा साटिए ५५ अर्बका नयाँ नोट

१६ अर्ब रुपैयाँ बराबरका १ सय रुपैयाँभन्दा साना दरका र ३९ अर्ब रुपैयाँ बराबरका ५ सय र हजार दरका नोट साटिएको हो।
नेपाल समय
बैंक/बिमा

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ ८५ पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा कायम गरेको छ।
नेपाल समय
अर्थ

सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण, १५ दिनमा डेढ करोडको व्यापार

चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको ‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको छ।
अर्थ

त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना