मंगलबार, माघ ११, २०७८

सेयर बजारमा ८०.२९ अंकको गिरावट

नेपाल समय  |  काठमाडौं, आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं – सेयर बजारमा आइतबार निकै गिरावट आएको छ। मौद्रिक समीक्षाका कारण सेयर बजारमा ८०.२९ अंकको गिरावट आएको हो।  राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक समीक्षाले सेयर लगानीका लागि ४–१२ करोड कर्जा सीमालाई यथावत् राखेको छ। यसअघि मौद्रिक नीतिले एक बैंकबाट सेयरमा लगानीका लागि ४ करोड र समग्र बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्म कर्जा पाउने व्यवस्था गरेको थियो।

आइतबार नेप्से परिसूचक ८०.२९ अंकले घटेर २ हजार ६५१.४९ अंकमा झरेको छ। सेयर लगानीकर्ताले राष्ट्र बैंकले मौद्रिक नीतिले व्यवस्था गरेको ४/१२ करोडको नीति मौद्रिक नीतिको समीक्षामा संशोधन हुने अपेक्षा गरेका थिए। तर, मौद्रिक नीतिको समिक्षामा ४/१२ करोडको सीमा संशोधन नभएपछि सेयर बजारमा गिरावट देखिएको छ। 

आइतबार कारोबारमा आएका २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता सेयर ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत १४.१९ अंकले घटेर ५०१.४५ अंकमा झरेको छ। कारोबारमा सबै समूहको उपसूचक घटेका छन्।  जसमा बैंकिङ समूहको ३४.९७, विकास बैंक २६७.०९, जलविद्युत् १३२.०२, फाइनान्स ६८.०८, निर्जीबन बिमा ३८५.९४, माइक्रोफाइनान्स १३९.४ र जीवन बिमा समूहको उपसूचक ५३८.०३ अंकले घटेको छ।

आइतबार कारोबारमा आएका ६ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। आईसीएफसी फाइनान्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। सामलिङ पावर कम्पनीको ८ प्रतिशत,  निर्धन उत्थान लघुवित्तको ३ प्रतिशत र नेपाल एसबीआई बैंकको २ प्रतिशतले बढेको छ। त्यस्तै, सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा हिमालयन पावर पार्टनर र मानुषी लघुवित्तको सेयर मूल्य ८/८ प्रतिशत घटेको छ। प्राइम लाइफ, महालक्ष्मी विकास बैंक र जोशी हाइड्रोपावरको सेयर मूल्य ७/७ प्रतिशत घटेको छ।

सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको २९  करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै, नेपाल पुनर्बिमा कम्पनीको २३ करोड ४८ लाख, नेसनल हाइड्रोपावरको २२ करोड ८५ लाख, नेपाल टेलिकमको १९ करोड  रुपैयाँको सेयर किनबेच भएको छ।


प्रकाशित: November 28, 2021 | 15:55:04 काठमाडौं, आइतबार, मंसिर १२, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, आइतबार, मंसिर १२, २०७८

थप समाचार

कृषि क्षेत्रमा लगानी बढाउन वाणिज्य बैंकलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रमा दुई गुणा बढी लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गरेका छन्। बैंकको ५७औँ वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै उहाँले बैंकलाई कृषि क्षेत्रमा कम्तीमा दुई गुणा लगानी बढाउन आग्रह गरेका हुन्।

सेयर बजारमा पहिरो, ९९.८६ अंकले घट्यो नेप्से

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा पहिरो गएको छ। बजार मापक नेप्से परिसूचक नेप्सेमा ९९.८६ अंकले गिरावट आएको हो।

आयल निगमले आईओसीलाई पठायो १३ अर्ब

सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १३ अर्ब रूपैयाँ बढी भुक्तानी गरेको छ।

६ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

नेपाल धितोपत्र बोर्डले ६ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ७७ पैसा र बिक्री दर ११९ रुपैयाँ ३७ पैसा कायम गरेको छ।

बिजुली चोरी नियन्त्रणमा आक्रामक प्राधिकरण

प्राधिकरणका अनुसार चुहावट ओरालो लागेर ९.१० प्रतिशतमा झरेको छ। नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले आशातीत सफलता हासिल गरेको हो।

ट्रेंडिंग

नेपाल समय
राजनीति

सभापतिमा देउवाको एक महिना, देखिएन सुध्रिने संकेत

‘पार्टीमा पुस्तान्तरणको एजेन्डा सेट भएको छ। रुपान्तरणको सन्देश महाधिवेशनले दिएको छ। पदाधिकारीमा युवाहरुको प्रवेश भइसकेको छ। अब सभापतिजी विधि र पद्धती अनुसार नै चल्नुहुन्छ भन्‍ने लागेको थियो। तर, उहाँको कार्यशैलीमा सुधारको छाँट देखिएन,’ ती पदाधिकारी भन्छन्, ‘प्रश्न उठाउँदा झपार्नुहुन्छ। बोल्न दिनुहुन्‍न, अनि कसरी सुधारको अपेक्षा राख्‍ने?’
नेपाल समय
समाज

काठमाडौंका गेस्ट हाउस : महिलाका लागि असुरक्षित बन्न थालेका हुन्?

'घटना बढ्दै गएपछि हामीले गेस्ट हाउसमाथि निगरानी बढाएका छौं। गेस्ट हाउस छिर्दा र बाहिरिने ठाउँमा सीसी क्यामेरा अनिवार्य रुपमा लगाउन निर्देशन दिएका छौं।'
नेपाल समय
समाज

काठमाडौंको सुन्धाराबाट 'दंगाली छोटे डन' पक्राउ, यस्ता छन् कसुरका शृंखला

'दङ्गाली छोटे डन' उपनामले परिचित विकास पुन काठमाडौंबाट पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई काठमाडौंको सुन्धारास्थित होटल भ्यू ग्लोबलमा लुकीछिपी बस्दै आएको अवस्थामा सोमबार पक्राउ गरेको हो।
नेपाल समय
समाज

इतिहासमा आज : अमेरिकी राज्यमा राजतन्त्रको अन्त्य, जापानमा शक्तिशाली भूकम्प

आज सन् २०२२ जनवरी १७। विश्‍वभर आजका दिनमा भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेटेका छौं।
नेपाल समय
राजनीति

चुच्चे नक्सामा बढ्यो भारतको हैकम, कूटनीतिक पहलमा यसरी पन्छियो सरकार

'सरकारको प्रवक्ताले बोल्ने त एउटा कुरा भयो, अर्को परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाउनुपर्थ्यो। अर्को कुरा भारतीय दूतावासले विज्ञप्ति निकालेपछि दिल्लीस्थित नेपालको दूतावासले विज्ञप्ति निकाल्नुपर्थ्यो।'

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C