शनिबार, मंसिर १८, २०७८
  • गृहपृष्ठ
  • अर्थ
  • हुम्ला खाद्य संकट : सीईओ चन्दले साउनमै सुरु गरेका थिए कमिसनको खेल

हुम्ला खाद्य संकट : सीईओ चन्दले साउनमै सुरु गरेका थिए कमिसनको खेल

प्रेम चन्द  |  काठमाडौं, बुधबार, मंसिर ८, २०७८

प्रेम चन्द

प्रेम चन्द

बुधबार, मंसिर ८, २०७८, काठमाडौं

नेपाल समय
खाद्यान्न सकिएपछि हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीबाट झन्डै ५ हजार मिटर उचाइको न्याललेकको हिउँ छिचोलेर सदरमुकाम सिमकोटतर्फ हिँडेका लिमीका बासिन्दा, इन्सेटमा मोहनप्रकाश चन्द। तस्बिर सौजन्य : पाल्जोर तामाङ

काठमाडौं- हुम्लामा खाद्यान्न अभाव हुनुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका उच्चपदस्थ अधिकारीहरू नै जिम्मेवार रहेको पाइएको छ। कम्पनीका उच्च अधिकारीहरू कमिसनको खेलमा लागेर साउनदेखि नेपालगन्ज र सुर्खेतबाट चामल ढुवानी नगरेका कारण हुम्लामा खाद्यान्न अभाव भएको हो।

कम्पनीका एक कर्मचारीका अनुसार प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहनप्रकाश चन्द कमिसनको लोभमा परेर खाद्यान्न ढुवानी नै नगरेको आरोप लगाउँछन्। यसअघि पनि अनियमितताको आरोप लागेका सीईओ नै हुम्ला खाद्य संकटको मुख्य जिम्मेवार भएको उनको दाबी छ। 'आफूलाई पनि कमिसन मिलाउने खेलमा लाग्दा ढुवानी प्रक्रियामा सीमित कम्पनीलाई मात्रै समावेश गरियो। ती कम्पनीले समयमा ढुवानी गरेनन्। ढुवानी नै नभएपछि खाद्य संकट निम्तिने निश्चित थियो। अहिले भएको त्यही हो,' ती कर्मचारी दाबी गर्छन्।

कम्पनीले गत साउन १५ गते नेपालगन्ज र सुर्खेतबाट हुम्लामा चामल ढुवानीका लागि बोलपत्र आह्वान गरेको थियो। बढीभन्दा बढीलाई सहभागी गराएर प्रतिस्पर्धामार्फत सबैभन्दा कम कबोल गर्ने ढुवानीकर्तामार्फत ढुवानी गराउने कानुनी व्यवस्था छ। तर, कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दले केही ढुवानीकर्ताको मात्र स्वार्थमा काम गर्दा सीमित प्रतिस्पर्धीलाई मात्रै सहभागी गराउने गरी मापदण्ड तोकेर बोलपत्र आह्वान गरेको ती अधिकारीले जानकारी दिए।

प्रचलित कानुनमा खाद्यान्न ढुवानीमा भ्याट नलाग्ने व्यवस्था छ। तर, कम्पनीले १५ साउनमा जारी गरेको सूचनामा भ्याटमा अनिवार्य दर्ता भएको कम्पनीले मात्रै ढुवानी प्रतिस्पर्धामा सहभागी हुन पाउने मापदण्ड तोकिएको थियो।

नेपाल समय
कम्पनीले जारी गरेको सूचना।

‘चामल ढुवानीका लागि बोलपत्र आह्वान गर्दा भ्याटमा दर्ता नभएको कम्पनीमार्फत चामल ढुवानी गराउन सक्ने गरी बोलपत्र आह्वान गुर्नपर्थ्यो। तर प्रमुख कार्यकारी अधिकृतले कमिसनमा लागेर मापदण्ड बनाएपछि गडबड सुरु भएको हो,’ ती कर्मचारी भन्छन्।

मापदण्ड संशोधन गर्नुले पनि सीमित ढुवानीकर्तालाई मात्रै सहभागी गराउने नियत रहेको पुष्टि हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका ती अधिकारी दाबी गर्छन्।

कम्पनीको यस्तो मापदण्डबारे त्यतिबेलै वायुसेवा सञ्चालक संघले विरोध गरेको थियो। संघले मिलेमतोमै मापदण्ड तोकेको भन्दै चर्को विरोध गरेपछि कम्पनी मापदण्ड संशोधन गर्न बाध्य भएको थियो। मापदण्ड संशोधन गर्नुले पनि सीमित ढुवानीकर्तालाई मात्रै सहभागी गराउने नियत रहेको पुष्टि हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका ती अधिकारी दाबी गर्छन्।

भदौ ४ मा जारी सूचनामा कम्पनीले बोलपत्रमा सहभागी हुन अन्तिम मिति भदौ १३ सम्म राखेको थियो। त्यसमा आवेदन नपरेपछि १६ भदौमा फेरि सूचना जारी गर्दै २१ भदौसम्म हुम्लामा ढुवानी गर्न आवेदन दिन समय थपिएको थियो।

‘समय थप गर्नुपर्ने कारण केही थिएन,' कम्पनीका ती अधिकारी भन्छन्, ‘केही कार्गो (ढुवानीकर्ता)को आग्रहमा समय थप गरिए पनि कम्पनीकै अधिकारीको साँठगाँठ भएको कम्पनीलाई सहभागी गराउने नियोजित योजनाअनुसार समय थप गरिएको बुझ्न कठिन छैन।’

त्यसपछि महँगो कबोल गर्ने सिम्रिका एयर कार्गोमार्फत ढुवानी गराउने गरी छनोट गरिएको थियो। सिम्रिका कार्गोले अन्य प्रतिस्पर्धी सीता, तारा र समिट कार्गोभन्दा प्रतिकिलो ४० देखि ४५ रुपैयाँसम्म महँगो कबोल गरेको थियो। कानुनी प्रावधान लत्याएर महँगो कबोल गर्नेमार्फत ढुवानी गराउन खोजेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी परेको थियो। सार्वजनिक खरिद अनुगमन कार्यालयले छानबिन थालेपछि हुम्लालगायतका दुर्गममा चामल ढुवानी गर्न थप ढिलाइ भएको हो। 

२८ केजी चामललाई ३० केजी भन्दै बेच्च चन्दको विगत

गत वैशाखदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको नेतृत्वमा मोहनप्रकाश चन्द छन्। कम्पनीको प्रमुख कार्यकारी अधिकृत चन्द यसअघि २०७१ सालमा तत्कालीन खाद्य संस्थान सुर्खेत शाखा कार्यालयका प्रबन्धक थिए। त्यतिबेला २८ किलो चामलको बोरालाई ३० किलोग्रामको भन्दै ठगी गरेको आरोप उनीमाथि लागेको थियो। सो सम्बन्धमा २०७१ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयमा उजुरीसमेत परेको थियो।

आयोगको सुर्खेत कार्यालयको छानबिनमा चन्दले बदमासी गरेको देखिएपछि साविकको संस्थानका तत्कालीन महाप्रबन्धक हरिनारायण शाहले चन्दलाई विभागीय कारबाहीस्वरुप प्रधान कार्यालय तानेका थिए। यद्यपि चन्द भने पुरानो कुरालाई स्मरण गर्न चाँहदैनन्। उनी भन्छन्, ‘पुराना कुरा मलाई केही थाहा छैन।’ 

नेपाल समय
खाद्य संस्थानले चन्दलाई लेखेको पत्र।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका पूर्वमहाप्रबन्धक योगेन्द्र गौचन चालू आर्थिक वर्षको सुरुदेखि नै कम्पनी नेतृत्व खाद्यान्न ढुवानी र व्यवस्थापनमा चुकिरहेको बताउँछन्। ‘विभिन्न प्रलोभन आए पनि मैले हवाईजहाजमार्फत ढुवानी गराएन। मैले चाहिँ त्यहाँ विभागीय कर्मचारी, मन्त्रीज्यूसँग सरसल्लाह गरी ढुवानी गर्ने काम गरेको थिएँ’, गौचन भन्छन्, ‘अहिलेको नेतृत्वमा खरिदसम्बन्धी ऐननियमबारे जानकारी अभाव भयो कि जस्तो लाग्छ। टेन्डरमा समस्या आएपछि मात्रै चन्दले मलाई सोध्न खोजेका थिए।’ मन्त्रालयमा कुशल नेतृत्व भएमा हुम्लाको संकट सजिलै व्यवस्थापन गरिने गौचनको भनाइ छ।

पछिल्लो समय हुम्लामा खाद्यान्न अभाव भएको छ। खाद्यान्न अभाव भएर स्थानीय चरम मारमा परेपछि चामल माग्न त्यहाँका जनप्रतिनिधि काठमाडौं आइपुगेका छन्। खाद्यान्न अभावले बढीजसो मारमा हुम्लाको नाम्खा गाउँपालिकाका स्थानीय प्रभावित बने पनि जिल्लाभरि खाद्यान्न अभाव रहेको नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङ बताउँछन्।

सदरमुकाम सिमीकोटमा अन्य ठाउँका प्रतिनिधिसमेत छलफल गरेर सोमबार साँझ काठमाडौं आइपुगेका तामाङले मंगलबार अर्थमन्त्री र गृहमन्त्रीसँग भेटेर समस्या सामाधानका लागि पहल गर्न कोसिस गरेका थिए। तर, गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्मासँग भेट नभएको तामाङले बताए। 

 ‘गृह सचिवज्यूसँग भेट भएको थियो। चाँडै आवश्यक प्रबन्ध मिलाउने भन्नुभएको छ।’

‘दुवै मन्त्रीसँग भेट भएन’, तामाङले नेपाल समयसँग भने, ‘गृह सचिवज्यूसँग भेट भएको थियो। चाँडै आवश्यक प्रबन्ध मिलाउने भन्नुभएको छ।’ जिल्लाका लागि अन्य प्रतिनिधिको सहयोगमा चामल माग गर्ने र आफ्नो वडाका लागि चामल लिएरै जाने प्रतिबद्धता वडा अध्यक्ष तामाङले गरे।

उनका अनुसार नाम्खा गाउँपालिका वडा नम्बर ६ को लिमी क्षेत्रमा ४ देखि ५ हजार जनसंख्या बसोबास गर्छ। त्यहाँ अत्यधिक चिसो हुने र हिउँ पर्ने भएका कारण उब्जनी न्यून हुने गर्दछ। उक्त वडाबाट नजिक पर्ने चीनसँग सीमा जोड्ने हिल्सा नाका नजिक पर्छ। 

‘कोरोनाका कारण हिल्सा नाका बन्द छ’, तामाङले भने, ‘नाका बन्द भएपछि हाम्रा नागरिकले मजदुरीका लागि न चीनतिर जान पाएका छन्। न त केही खाद्यान्न आयात हुन सकेको छ। जिल्लाभरि नै खाद्यान्न अभाव छ।’

लिमीमा नेपाली सेनाको हेलिकप्टरमार्फत चामल ढुवानी गर्ने गरी समन्वय गर्ने गृह मन्त्रालयले आश्वासन दिएको वडाअध्यक्ष तामाङको भनाइ छ। ‘शुक्रबारसम्म सेनाको हेलिकप्टरमार्फत ढुवानीको व्यवस्था गर्ने भन्नुभएको छ’, तामाङले भने, ‘जिल्लाभरि नै खाद्यान्न अभाव भए पनि हाम्रा नागरिकका लागि चामल लिएरै फर्किने गरी म काठमाडौं आएको हुँ।’


प्रकाशित: November 24, 2021 | 16:53:56 काठमाडौं, बुधबार, मंसिर ८, २०७८
प्रेम चन्द

प्रेम चन्द

काठमाडौं, बुधबार, मंसिर ८, २०७८

थप समाचार

नेपाल र कतारबीच श्रम सम्झौता पुनरवलोकन गर्ने सहमति

नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरवलोकन गर्नेलगायत विषयमा सहमति भएको हो।

एक सातामा नेप्से १४५.५९ अंकले गिरावट

बिहिबारको तुलनामा साताको कारोबारमा नेप्से परिसूचक १४५.५९ अंकले गिरावट आएको हो।

सुनको मूल्य तोलामा २०० ले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएकोमा शुक्रबार २०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको हो।

लाभांश प्रस्ताव पारित गर्न लुम्बिनी बैंकले बोलायो साधारणसभा

सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस हुनेछ।

विदेशी मुद्राको आजको विनिमय दर यस्तो छ

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७० पैसा र बिक्री दर १२० रुपैयाँ ३० पैसा कायम गरेको छ।

एक सिलिन्डर ग्यासमा १ हजार रुपैयाँ घाटा छ : आयल निगम

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले एक सिलिन्डर ग्यासमा १ हजार रुपैयाँ घाटा रहेको दाबी गरेका छन्।

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C