सोमबार, मंसिर २०, २०७८
  • गृहपृष्ठ
  • अर्थ
  • बेमौसमी वर्षा : बाली विमा नहुँदा किसानले लाखौंको क्षति बेहाेरे

बेमौसमी वर्षा : बाली विमा नहुँदा किसानले लाखौंको क्षति बेहाेरे

नेपाल समय  |  काठमाडौं, आइतबार, कार्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कार्तिक ७, २०७८, काठमाडौं

नेपाल समय

ओखलढुंगा- बेमौसमी वर्षाबाट बालीनालीमा क्षति पुगे पनि बाली विमा नहुँदा किसानलाई समस्या भएको छ। दसैँलगत्तै परेको झरीले धान, कोदो तथा दलहन बालीमा क्षति पुगेको थियो। 

जिल्लाभरका अधिकांश धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ। जिल्लाभरको तथ्यांक संकलन गरेर प्रदेशको कृषि मन्त्रालयमा पठाइएको कार्यालयको भनाइ छ। पसाएको धान र कोदो झरीका कारण ढलेपछि कुहिन थालेको छ। दाना लाग्न नपाउँदै ढलेपछि अन्न मात्रै होइन, घाँस समेत नहुने चिशंखुगढीका किसान भोला ढुंगानाले बताए। 

कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार जिल्लाभर चार हजार चार सय ९३ हेक्टर क्षेत्रफलमा लगाइएको धान, कोदो तथा अन्य दलहनमा पूर्ण क्षति पुगेको छ। यो मध्ये सबैभन्दा धेरै कोदोमा क्षति पुगेको छ। सात हजार सात सय ५१ हेक्टरमा लगाइएको कोदोमध्ये एक हजार तीन सय ९५ हेक्टर क्षेत्रफलमा पूर्ण क्षति भएको छ। 

त्यस्तै, चार हजार चार सय तीन हेक्टरमा लगाइएको धानमध्ये आठ सय ८० हेक्टर धान ढलेर काम नलाग्ने अवस्थामा पुगेको छ। ९३ हेक्टरमा लगाइएको फापरमध्ये १८ हेक्टरमा पूर्ण क्षति पुर्‍याएको छ। जिल्लामा कुल ६ हजार पाँच सय हेक्टर खेतमध्ये पानी कम परेकै कारण चार हजार चार सय ९३ हेक्टर मात्रै रोपाइँ भएको थियो। 

रोपाइँ नै कम भएको समयमा फेरि पानी र हावाहुरीले धान ढालेपछि थप क्षति हुँदा किसानलाई खाद्यान्न संकट हुने चिन्ता छ।

उनीहरूलाई सरकारले राहत दिनुपर्ने अगुवा किसानको माग छ। किसानलाई बेमौसमी वर्षा र हावाहुरीले क्षति पुर्‍याउँदा लाखौं क्षति भएको राष्ट्रिय कृषक समूह महासंघका कार्यक्रम अधिकृत सरस्वती कट्वालले बताइन्। 

बिमा नहुँदा किसानलाई मर्का 

सरकारले किसानलाई बाली विमा गराउने नीति ल्याए पनि ओखलढुंगामा कार्यान्वयनमा आउन सकेको छैन। बाली विमाको विषयको सचेतना किसानसम्म पुग्न सकेको छैन। ‘विमा भए क्षतिपूर्ति हुन्थ्यो होला, यसबारे जानकारी नै छैन कहाँ कसरी गर्ने हो ?’ किसान सानु मगरले भने। 

प्रकृया झन्झटिलो रहेकाले किसानले विमा गर्न नचाहेको कृषि ज्ञान केन्द्रका प्राविधिक टिका बानियाँले बताए। उनले भने, ‘किसानलाई जति भने पनि विमा नै गर्दैनन्, क्षतिपूर्ति कम आउने कहिलेकाहीँ मात्रै समस्या आउने भएकाले किसानको ध्यान नै जाँदैन।’ 

कार्यालयले बाली विमाबारे कुनै कार्यक्रम नै ल्याएको छैन। सरकारले बाली विमाका लागि कम्पनीलाई तोके पनि किसानले विमा गराउन नआएको आइएमइ जनरल इन्स्योरेन्सका खुरहरि दाहालले बताए। उनले भने, ‘बाली विमा लागतमा हुने र क्षति हुँदा उत्पादनमा हुँने भएकाले किसानले ध्यान नदिएका हुन्।’

अहिलेको नीतिअनुसार खेति गर्दा लागेको बीउ, मल तथा जनशक्तिको हिसाबका आधारमा मात्रै क्षतिपूर्तिको व्यवस्था छ।  क्षति हुँदा उत्पादन भएको बाली हुने हुँदा विमा गर्दा उत्पादनको क्षतिका आधारमा हुनु पर्ने राष्ट्रिय कृषक समूह महासंघका कार्यक्रम अधिकृत कटुवालले बताइन्। 

उनले महासंघले सरकारसँग हाल क्षतिपूर्ति दिन र विमा नीति परिमार्जन गर्न पैरवी गरिरहेको पनि जानकारी दिइन्। उत्पादनका आधारमा हुने क्षतिको विमा गर्ने नीति ल्याएर बाली विमा प्रभावकारी बनाएमा विमाप्रति किसानको आकर्षण बढ्ने अखिल नेपाल किसान महासंघका नेता शारदा निरौला बताउँछिन्। ओखलढुंगामा बाली गर्ने किसानकाे अभिलेख नै छैन। एकजनाले पनि विमा गरेकाे जानकारीमा नरहेकाे कृषि ज्ञान केन्द्रको भनाइ छ। 


प्रकाशित: October 24, 2021 | 18:40:00 काठमाडौं, आइतबार, कार्तिक ७, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, आइतबार, कार्तिक ७, २०७८

थप समाचार

किन चर्किँदै छ तरलता अभाव?

वित्तीय प्रणालीमा तरलता अभाव चर्किएर बैंकहरुले नियमित कायम गर्नुपर्ने तीन प्रतिशत अनिवार्य तरलता अनुपात (सीआरआर) समेत कायम गर्न सकेका छैनन्। बैंकहरुले तरलता अनुपात (सीआरआर) कामय गर्न समेत राष्ट्र बैंकबाट निरन्तर सापटी लिएर व्यवस्थापन गर्न बाध्य भएका छन्। राष्ट्र बैंकका अनुसार गत मंगलबार मात्रै बैंक तथा वित्तीय संस्थाहरुले ५४ अर्ब ५५ करोड रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) सापटी लिएर सीआरआर कायम गरेका छन्।

भन्सार छली ल्याएका १८ लाख बराबरका जुत्ता बरामद

रुपन्देही प्रहरीले ट्रेडमार्क सहितको भन्सार छली ल्याएको १८ लाख मूल्य बराबरकबो सामान बरामद गरेको छ।

७२.३ अंकले घट्यो नेप्से

पछिल्लो समय नेप्सेमा सूचकसँगै कारोबार रकम पनि घट्दै आएको छ। नेप्सेमा आइतबार ४ अर्ब ९० करोडको कारवबार भएको छ। आइतबरा कुल २२६ कम्पनीको ८९ लाख २० हजार ८९४ कित्ता सेयर ६० हजार ८८ पटक किनबेच भएका थिए।

विद्युत खपत बढाउन बारा र पर्सामा पूर्वाधार बनाइने

नेपाल विद्युत प्राधिकरणले उत्पादित मुलुकभित्रै बिजुली खपत बढाउने उद्देश्यले बारा र पर्सामा पूर्वाधार बनाउने भएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८५ डलर प्रतिब्यारेलबाट ६९मा झर्‍यो, नेपालमा नघट्ने

इन्धनको कच्चा पदार्थका रुपमा प्रयोग हुने कच्चा तेलको मूल्य ८५ डलर प्रतिब्यारेलबाट निरन्तर घट्दै ६९ डलरप्रतिब्यारेलमा पुगेको हो।

तोलामा ७०० ले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएकोमा आइतबार ७०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार कायम भएको हो।

ट्रेंडिंग

नेपाल समय
राजनीति

विचार शून्य भएपछि हिन्दुवादी बन्‍ने दलहरुको होड

'राजनीतिक दलहरु वैचारिक बहस रुचाउँदैनन्। त्यो दृश्य विभिन्‍न राजनीतिक दलहरुका कार्यक्रममा स्पष्ट देखिन्छ।'
नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C