सोमबार, मंसिर १३, २०७८
  • गृहपृष्ठ
  • अर्थ
  • वर्षातले क्षतिग्रस्त सडक धमाधाम मर्मतपछि सञ्चालनमा आउँदै

वर्षातले क्षतिग्रस्त सडक धमाधाम मर्मतपछि सञ्चालनमा आउँदै

नेपाल समय  |  काठमाडौं, बिहीबार, असोज २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८, काठमाडौं

नेपाल समय

उदयपुर- वर्षातले क्षतिग्रस्त बनाएको उदयपुरको अधिकाशं ग्रामिण सडक धमाधम मर्मत गरि सञ्चालनमा ल्याएको छ। उदयपुरका अधिकाशं ग्रामिण सडकहरुमा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका सडकहरु दसैंले गर्दा धमाधम मर्मत गरिएको हो। वर्षातका कारणले भएको क्षतिपछि स्थानीय तहले आ आफनो क्षेत्रमा मर्मत गरेका हुन्। 

वर्षाले सडक हिलाम्य हुनुका साथै खाल्डा खुल्डी परेका कारण सदरमुकाम भित्रिने तथा बाहिरिने यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए। ठाउँ–ठाउँमा पहिरो खसेको तथा सडक हिलाम्य भएका कारण यातायातका साधन सञ्चालनमा निकै समस्या भई रहेको अवस्थामा दसैँसँगै स्थानीय तहले स्काइभेटर, जेसिभि प्रयोग गरि मर्मत गरेर गाउँगाउँसम्म यातायात जान सक्ने बनाएका छन। 

घाम लागेका बेला जसोतसो गाडी चलाउने गरे पनि पानी परेका बेला गाडी चलाउन निकै समस्या हुने गरेको ग्रामिण सडक यतिखेर मर्मतपछि सहज तरिकाले गन्तव्य पुग्ने गरेको बस चालक लालप्रसाद झाले बताए।

सडक निर्माण गरिए पनि सडकको स्तरवृद्धिमा सरोकारवाला निकायको ध्यान जान नसक्दा भगवान् भरोसामा गाडी चलाउनु पर्ने अवस्था रहेको  चालकहरूको भनाइ छ। 'दुर्घटना भई हाले भने चालकको गल्तीका कारण भयो भन्छन्। तर, सडकको स्तरोन्नतिका लागि कसैले चासो दिँदैनन’,  झाले भने, ‘कुन ठाउँमा कति बेला के हुने हो भन्न सकिने अवस्था छैन।'

जोखिम मोलेर यात्रा गर्नु आफूहरूको बाध्यता रहेको यात्रुले बताउँछन। ‘काम विशेषले सदरमुकाम सहित जिल्लाका विभिन्न स्थानमा जानु पर्दछ,’ रौतामाई गाँउपालिका आँपटारका केशव राईले भने, ‘हिँडेर जान सकिँदैन, जोखिमपूर्ण भए पनि गाडीमा यात्रा गर्ने पर्ने अवस्था छ।'

जिल्ला सदरमुकामलाई जिल्लाका अन्य गाउँसँग जोड्न उदयपुरमा दर्जंनौ बढी ग्रामीण सडक निर्माण भएका छन्। वर्षायाम सुरुसँगै जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध थियो, मर्मतपछि अहिले सञ्चालनमा आएको छ।

कटारी–रुपाटार, कटारी–इनामे–मार्झखर्क, कटारी– ठानागाँउ, कटारी– बर्रे, कटारी–नेपालटार, मोतिगडा– फत्तेपुर जाने सडक मर्मतपछि सञ्चालनमा आएको छ।

बेल्टार–चौदण्डीगढी–रानीटार, सोमबारे–मैनामैनी–मचुङटार नेपालटार–उदयपुरगढी– डुम्रे, बेल्टार–साउने, मुर्कुचि– माझर्खक, मुकुर्चि– भुट्टार, देउरी– दमौटी, फोक्सिनटार– रसुवा, रसुवा– लाफागाँउ सडक मर्मतपछि सञ्चालनमा आएको छ। 

जिल्ला प्राविधिक कार्यलयका उदयपुरका अनुसार गाँउमा सानो सानो लगानीमा निर्माण गरिएका सडक वर्षातमा जोखिमपूर्ण बन्ने गरेका छन।

भर्खर खनिएका कच्ची सडक रहेको जिल्लाको पहाडी भेगमा जताततै पहिरो र हिलोले यातायात सञ्चालन गर्न कठिनाइ हुन पुगेको स्थानीय बताउँछन। जिल्लाका लिम्चुङबुङ, ताप्ली, रौतामाई गाउँपालिका केन्द्र जोड्ने सडक मर्मतपछि सञ्चालनमा आएको छ। वर्षाले पहिरो गएर गाउँपालिकाबाट सदरमुकाम गाईघाट आउन पनि धेरै कठिनाइ भएको  अबस्थामा मर्मतपछि आउजाउमा सहज भएको सर्वसाधारण बताउँछन्।

हिउँदमा धुलाम्य हुने कच्ची सडकहरु वर्षा याममा हिलाम्य हुने समस्या त छँदैछ, पहिरो पनि थपिएर सडक अवरुद्ध पारेपछि आउजाउ गर्न धेरै कठिनाई भोग्नु परेको रौतामाई गाउँपालिका– १ माझखर्कका अस्मिता मगरले बताइन्। 

रौतामाई र लिमचुङबुङ जोड्ने रौता–भुट्टार–लाफागाउँ–जाँते खण्ड, बाराहा–माझखर्क–पुँवारे भन्ज्याङ, उदयपुरगढी–रौतामाई, उदयपुरगढी–ताप्ली जोड्ने सडक र कटारी–ताप्ली जोड्ने सडकहरु वर्षाले अबरुद्ध पुर्‍याएकोमा मर्मतपछि सञ्चालनमा आएको छ। लिमचुङबुङका जाँते–माझखर्क–बाराहा खण्ड, माझखर्क–बाराहा–बलम्ता, बाराहा–ताम्लीछा–बाँसबोटे र जाँते–बलम्ता–ताम्लीछा खण्डका आन्तरिक सडकहरुको पनि हालत उस्तै रहेको स्थानीय बताउँछन्।  

उदयपुरगढी–डुम्रे, गढी–बर्रे, गढी–तावाश्री जोडिएका आन्तरिक सडकहरू ताप्लीका रुपाटार–ओख्ले, कटहरे–रुपाटार, रुपाटार–इनामे सडक सञ्चालनमा आएकोछ। स्थानीय तहले सडक अवरुद्ध मर्मत गरि दिँदा चाडपर्वमा सर्बसाधारणलाई गाउँ पुग्न सहज भएको बताउँछन।  - न्यूज कारखाना


प्रकाशित: October 14, 2021 | 19:20:00 काठमाडौं, बिहीबार, असोज २८, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, बिहीबार, असोज २८, २०७८

थप समाचार

कुलमानलाई चुनौती दिँदै सरकारी अध्ययन भन्छ : ग्रामीण क्षेत्रमा बिजुलीको पहुँच छैन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अध्ययनले ग्रामीण क्षेत्रका पालिका केन्द्रलगायतका सरकारी कार्यालयहरू नै विद्युतको पहुँचबाहिर रहेको देखाएको छ।

सेयर बजारमा ८०.२९ अंकको गिरावट

सेयर बजारमा आइतबार निकै गिरावट आएको छ। मौद्रिक समीक्षाका कारण सेयर बजारमा ८०.२९ अंकको गिरावट आएको हो।

स्थानीय सहभागिता विना विकास निर्माण असम्भव : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आयोजनास्थलका जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन नसक्ने बताएका छन्।

मजदुरका समस्या मन्त्रालय लिएर आउनुस् : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मजदुरका कुनै समस्या भए मन्त्रालयमा लिएर आउन आग्रह गरेका छन्।

मनाङमा स्याउ उत्पादन १० प्रतिशतले वृद्धि हुने

मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ। ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको सात सय ३५ रोपनीमा स्याउ फलेको छ।

कुहिएको करेलाको बीजले बदलिएको भाग्य

पहिला पहिला खेती हुने तीन सय रोपनी फाँटमा अहिले खेती गर्ने म मात्र भएको छु। बाँकी सबैको खेतबारी बाँझो छ। गाउँका धेरै मानिसको खेती बाँदरले नास गर्दा मेरो खेती भने जोगिएकै छ।

ट्रेंडिंग

नेपाल समय
सुदूरपश्चिम

पुष्पकुमार शाहीद्वारा कांग्रेस सुदूरपश्चिम अध्यक्षमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल समय
समाज

यस्तो रहस्यमय मृत्यु जसले बाहिर ल्यायो रौतहट कारागारभित्रको 'दादागिरी'

एक कैदीको रहस्यमय मृत्युको घटनापछि जिल्ला कारागार रौतहटभित्र हुने गरेका बेथिति र हिंसाको अनेक पक्ष सतहमा आएका छन्।
नेपाल समय
राजनीति

एमाले-कांग्रेस महाधिवेशनमा ओली-देउवाका तीन संयोग, एकै अपेक्षा

असार २९ गते देउवा प्रधानमन्त्री बनेका थिए। त्यसयता उनको भेट ओलीसँग भएको थिए। एमाले महाधिवेशनले देउवा–ओलीको भेट त जुरायो नै। सँगै ओली र देउवाका बीचमा केही रोचक संयोग समेत पर्न गए।
नेपाल समय
ब्लग

बाटो बिराएका पूर्वशिक्षक प्रचण्डको एउटा ठूलो भ्रम

एउटा छविलालले बाटो बिराउँदा समाजले ठूलो मूल्य चुकाउनुपरेको छ। वाध्यताबस देशका लाखौं युवाले बाटो बिराएर कोही अरबको खाडी पुगेका छन् त कोही पूर्ण रुपमा अमेरिका, अस्ट्रेलियातिर हराएका छन्।
नेपाल समय
लुम्बिनी

कांग्रेस महाधिवेशन : राजनीतिमै जीवन बिताएका नेताहरु महाधिवेशन प्रतिनिधिमै पराजित

पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र न. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए। तर, उनी पराजित भए। विद्यार्थी राजनीतिमा डेढ दशकदेखि सक्रिय पौडेलले यो पटक महाधिवेशन प्रतिनिधि जित्‍ने आशमा थिए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C