सोमबार, मंसिर १३, २०७८
  • गृहपृष्ठ
  • अर्थ
  • दुई महिनामा १० अर्ब ३६ करोडको मोबाइल आयात, दसैंमा सबैभन्दा धेरै बिक्री

दुई महिनामा १० अर्ब ३६ करोडको मोबाइल आयात, दसैंमा सबैभन्दा धेरै बिक्री

नेपाल समय  |  काठमाडौं, बिहीबार, असोज २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८, काठमाडौं

नेपाल समय
प्रतीकात्मक तस्बिर

काठमाडौं– पछिल्लो समय सरकारले इन्टरनेटलाई अत्यावश्यक सेवाको सूचीमा समावेश गरेको छ। सञ्चार सेवाका रुपमा अत्यावश्यक कायम गरिएको इन्टरनेटको अभिन्न अंग बन्न पुगेको छ मोबाइल फोन।

डेढ वर्ष अघि २०७६ चैत देखि फैलिएको कोरोना महामारीपछि त मोबाइल फोन झनै महत्वपूर्ण बन्न पुगेको छ। कोभिड सर्ने भन्दै घर बाहिर निस्किन अप्ठ्यारो भएपछि विद्यार्थीका कक्षा समेत प्रायः अनलाइनमै सीमित हुन पुगे। त्यसपछि मोबाइल फोन झनै आवश्यक बन्न पुग्यो।र फलस्वरुप मोबाइल फोनको आयात अस्वाभाविक बढ्न पुगेको व्यवसायी बताउँछन्।

आर्थिक वर्ष २०७७–०७८मा ३६ अर्ब ९० करोड रुपैयाँ ४५ लाख ८४ हजार रुपैयाँ बराबरको ७० लाख ३० हजार ३६६ थान मोबाइल विभिन्न देशबाट आयात भएको भन्सार विभागको तथ्यांक छ। 

गत आर्थिक वर्ष २०७७–०७८मा ३६ अर्ब ९० करोड रुपैयाँ ४५ लाख ८४ हजार रुपैयाँ बराबरको ७० लाख ३० हजार ३६६ थान मोबाइल विभिन्न देशबाट आयात भएको भन्सार विभागको तथ्यांक छ। नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम बस्नेत वर्षभरिमा आयात हुने करिब करिब सबै मोबाइल बिक्री हुने गरेको बताउँछन्। ‘वर्षमा ७० लाख हाराहारी मोबाइल फोन बिक्री हुन्छ भन्ने हाम्रो विश्लेषण छ,’ अध्यक्ष बस्नेत भन्छन्, ‘वर्षभरिमा खपत हुने मोबाइलको ठूलो हिस्सा दसैं, तिहार लगायतका पर्वमा हुने गरेको छ।’

अध्यक्ष बस्नेतका अनुसार वर्षभरिमा खपत हुने मोबाइलको करिब एक तिहाइ मोबाइल दसैं, तिहार र छठ पर्वको अवसरमा हुने गरेको छ। गत वर्ष साउन र भदौमा मात्रै आयात भएको मोबाइलको तथ्यांकले पनि बस्नेतको भनाइलाई समर्थन गर्छ।

भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष दसैं अघि साउन र भदौमा मात्रै ७ अर्ब ९४ करोड २४ लाख ५९ हजार रुपैयाँ बराबरको मोबाइल विभिन्न देशबाट आयात भएको छ। सो रकम बराबरको ९ लाख ९५ हजार ५०० थान मोबाइल फोन आयात भएका विभागको तथ्यांक छ। त्यसबाहेक असोजमा आयात भएका मोबाइल समेत दसैं, तिहार र छठ पर्वको आसपासमा हुने गरेका बस्नेत बताउँछन्।

यस वर्ष झन् बढ्यो दसैंअघिको व्यापार

नेपाली बजारमा गत वर्षको दसैं अघिको तुलनामा यस वर्ष मोबाइल फोनको कारोबार झन बढेको तथ्यांकले देखाउँछ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८–०७९को साउन र भदौमा मात्रै १० अर्ब ३६ करोड ३५ लाख ७६ हजार रुपैयाँ बराबरका १४ लाख ९८ हजार ७६५ थान मोबाइल फोन आयात भइसकेका छन्।

असोजमा पनि आयात हुने क्रममा जारी रहेको व्यवसायीहरुको भनाई छ। ‘दसैं र तिहारमा नेपालीको बढी खर्च गर्ने बानी भएका कारण प्रायगरी यही मौसममा नेपालीले अत्यावश्यक वस्तु खरिद समेत गर्ने गरेका छन्,’ बस्नेत भन्छन्, ‘मोबाइल फोन खरिदमा विभिन्न ब्राण्डहरुले स्किम, अफरहरु ल्याए पनि त्यसले मान्यता राख्दैन।’

भन्सार विभागका अनुसार पछिल्लो समय दसैंअघिको मोबाइल फोनको कारोबार निरन्तर बढ्दै गइरहेको छ। तीन वर्षअघि २०७५ को दसैं भन्दा अघि साउन र भदौमा ३ अर्ब ८६ करोड ७५ लाख १० करोड रुपैयाँ बराबरका, ८ लाख ८१ हजार ४५३ थान मोबाइल फोन आयात भएका थिए।

त्यस्तै आर्थिक वर्ष २०७६–०७७को साउन र भदौमा ५ अर्ब १० करोड ४६ लाख ३६ हजार रुपैयाँ बराबरको ११ लाख ४ हजार ५१७ थान मोबाइल फोन आयात भएका थिए। प्रत्येक वर्षको सोही अवधिलाई तुलना गर्दा यस वर्ष बढेर साउन र भदौमा मात्रै १० अर्ब रुपैयाँ भन्दा बढी पुगिसकेको छ।


प्रकाशित: October 14, 2021 | 17:29:12 काठमाडौं, बिहीबार, असोज २८, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, बिहीबार, असोज २८, २०७८

थप समाचार

कुलमानलाई चुनौती दिँदै सरकारी अध्ययन भन्छ : ग्रामीण क्षेत्रमा बिजुलीको पहुँच छैन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अध्ययनले ग्रामीण क्षेत्रका पालिका केन्द्रलगायतका सरकारी कार्यालयहरू नै विद्युतको पहुँचबाहिर रहेको देखाएको छ।

सेयर बजारमा ८०.२९ अंकको गिरावट

सेयर बजारमा आइतबार निकै गिरावट आएको छ। मौद्रिक समीक्षाका कारण सेयर बजारमा ८०.२९ अंकको गिरावट आएको हो।

स्थानीय सहभागिता विना विकास निर्माण असम्भव : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आयोजनास्थलका जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन नसक्ने बताएका छन्।

मजदुरका समस्या मन्त्रालय लिएर आउनुस् : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मजदुरका कुनै समस्या भए मन्त्रालयमा लिएर आउन आग्रह गरेका छन्।

मनाङमा स्याउ उत्पादन १० प्रतिशतले वृद्धि हुने

मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ। ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको सात सय ३५ रोपनीमा स्याउ फलेको छ।

कुहिएको करेलाको बीजले बदलिएको भाग्य

पहिला पहिला खेती हुने तीन सय रोपनी फाँटमा अहिले खेती गर्ने म मात्र भएको छु। बाँकी सबैको खेतबारी बाँझो छ। गाउँका धेरै मानिसको खेती बाँदरले नास गर्दा मेरो खेती भने जोगिएकै छ।

ट्रेंडिंग

नेपाल समय
सुदूरपश्चिम

पुष्पकुमार शाहीद्वारा कांग्रेस सुदूरपश्चिम अध्यक्षमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल समय
समाज

यस्तो रहस्यमय मृत्यु जसले बाहिर ल्यायो रौतहट कारागारभित्रको 'दादागिरी'

एक कैदीको रहस्यमय मृत्युको घटनापछि जिल्ला कारागार रौतहटभित्र हुने गरेका बेथिति र हिंसाको अनेक पक्ष सतहमा आएका छन्।
नेपाल समय
राजनीति

एमाले-कांग्रेस महाधिवेशनमा ओली-देउवाका तीन संयोग, एकै अपेक्षा

असार २९ गते देउवा प्रधानमन्त्री बनेका थिए। त्यसयता उनको भेट ओलीसँग भएको थिए। एमाले महाधिवेशनले देउवा–ओलीको भेट त जुरायो नै। सँगै ओली र देउवाका बीचमा केही रोचक संयोग समेत पर्न गए।
नेपाल समय
ब्लग

बाटो बिराएका पूर्वशिक्षक प्रचण्डको एउटा ठूलो भ्रम

एउटा छविलालले बाटो बिराउँदा समाजले ठूलो मूल्य चुकाउनुपरेको छ। वाध्यताबस देशका लाखौं युवाले बाटो बिराएर कोही अरबको खाडी पुगेका छन् त कोही पूर्ण रुपमा अमेरिका, अस्ट्रेलियातिर हराएका छन्।
नेपाल समय
लुम्बिनी

कांग्रेस महाधिवेशन : राजनीतिमै जीवन बिताएका नेताहरु महाधिवेशन प्रतिनिधिमै पराजित

पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र न. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए। तर, उनी पराजित भए। विद्यार्थी राजनीतिमा डेढ दशकदेखि सक्रिय पौडेलले यो पटक महाधिवेशन प्रतिनिधि जित्‍ने आशमा थिए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C