सोमबार, मंसिर १३, २०७८
  • गृहपृष्ठ
  • अर्थ
  • धमाधम विद्युतीय सवारी चार्जिङ स्टेसन बनाउँदै प्राधिकरण

आहा उपत्यका–४

धमाधम विद्युतीय सवारी चार्जिङ स्टेसन बनाउँदै प्राधिकरण

प्रेम चन्द  |  काठमाडौं, शनिबार, असोज ३०, २०७८

प्रेम चन्द

प्रेम चन्द

शनिबार, असोज ३०, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारी चार्जिङ स्टेसन बनाउने प्रक्रिया अगाडि बढाएको छ। पहिलो चरणमा काठमाडौंका १० ठाउँमा चार्जिङ स्टेसनका लागि प्रक्रिया अगाडि बढाइएको हो। 

प्राधिकरण चार्जिङ स्टेसन आयोजना प्रमुख सागर ज्ञवालीका अनुसार प्राधिकरणले उपत्यकाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार्जिङ स्टेसन निर्माण प्रक्रिया अघि बढिसकेको छ। पुलचोकस्थित साझा यातायात पार्किङ क्षेत्रमा पनि चार्जिङ स्टेसन बनाउन लागिएको छ। 

मुलुकभर करिब १५ हजार संख्यामा विद्युतीय सवारी सञ्चालनमा रहेको नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलाल बताउँछन्। उनका अनुसार काठमाडौं उपत्यकामा करिब पाँच हजार विद्युतीय मोटरसाइकल गुडिरहेका छन्।

भक्तपुर बसपार्क, साझा सेवा बल्खु, विद्युत् प्राधिकरण रत्नपार्क र नयाँ बसपार्कमा सवारी चार्जिङ स्टेसन निर्माण भइरहेको छ। ‘१० ठाउँमा द्रुतगतिको चार्जिङ स्टेसन बनाउन प्रक्रिया अगाडि बढिसकेको छ’, उनी भन्छन्, ‘केही ठाउँमा टेन्डर भएर उपकरण जडान भइरहेको छ। थप ठाउँ खोजिरहेका छौं।’ प्राधिकरणले न्यूनतम सात किलोवाटदेखि १२० किलोवाटसम्मका चार्जिङ स्टेसन बनाउन फरकफरक लागत पर्ने जनाएको छ। औसतमा एउटा चार्जिङ स्टेसन बनाउन ७० हजार रुपैयाँसम्म लाग्ने ज्ञवालीले बताए। 

‘मुलुकका प्रमुख राजमार्गमा प्रत्येक १०० किलोमिटरको दुरीमा विद्युतीय सवारी चार्जिङ स्टेसन भेटिने गरी निर्माण कार्य अगाडि बढेको छ।’

सरकारले गत आव २०७७/०७८ मा मुलुकका विभिन्न ठाउँमा ५० वटा चार्जिङ स्टेसन बनाउने लक्ष्य राखेको थियो। सोहीअनुसार उपत्यकाबाहिर पनि चार्जिङ स्टेसन निर्माण अघि बढाइएको छ। 

आयोजना प्रमुख ज्ञवाली भन्छन्, ‘मुलुकका प्रमुख राजमार्गमा प्रत्येक १०० किलोमिटरको दुरीमा विद्युतीय सवारी चार्जिङ स्टेसन भेटिने गरी निर्माण कार्य अगाडि बढेको छ।’

सरकारले चालू आव २०७८/०७९ को बजेटमार्फत पनि विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गरी पाँच सय चार्जिङ स्टेसन बनाउने घोषणा गरिसकेको छ। त्यसका लागि कुनै निजी क्षेत्रले चार्जिङ स्टेसन बनाउन चाहेमा सघाउने नीति प्राधिकरणको छ। ‘निजी क्षेत्रमध्ये कसैले चार्जिङ स्टेसन बनाउन चाहेमा प्राधिकरणमा सम्पर्क गुर्नपर्छ’, ज्ञवाली भन्छन्, ‘खासै प्रक्रिया केही छैन। सम्पर्क गरेमा कति क्षमताको चार्जिङ स्टेसन बनाउन खोजेको हो, त्यहीअनुसार क्षमतामा ट्रान्सफर्मर लगायत वितरण लाइनको व्यवस्था मिलाइदिने हो।’

आव २०७६/०७७ मा पनि सरकारले बजेटमार्फत विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न काठमाडौं उपत्यका, सातै प्रदेशका प्रमुख सहर र आसपासका क्षेत्रमा विद्युत् प्राधिकरणबाट पर्याप्त संख्यामा चार्जिङ स्टेसन स्थापना गर्ने घोषणा गरेको थियो।

सार्वजनिक यातायातका लागि विद्युतीय सवारी प्रयोग गर्दा द्रुत गतिमा चार्ज गर्नुपर्छ। सोहीअनुसार प्राधिकरणले द्रुतगतिका चार्जिङ स्टेसन बनाउन लागेको हो। द्रुतगतिको चार्जरबाट ब्याट्रीको साइजका आधारमा १५/२० मिनेटदेखि बढीमा डेढ घण्टासम्ममा चार्ज गर्न सकिने आयोजना प्रमुख ज्ञवाली बताउँछन्।

निजी सावारी घरमै चार्ज गर्न सकिन्छ

सार्वजनिक सवारीका रुपमा बस र माइक्रो बस सञ्चालनका लागि फास्ट चार्जर आवश्यक पर्ने भए पनि निजी सवारीसाधन घरमै चार्ज गर्न सकिने जानकार बताउँछन्। त्रिभुवन विश्वविद्यालय इन्जिनिरिङ अध्ययन संस्थान पुल्चोकका प्राध्यापक डा. जगन्नाथ श्रेष्ठ साना सवारीसाधनका लागि घरमै १५ एम्पियरको फ्युज जडान गर्ने र सोहीबाट मोबाइल फोन चार्ज गरेजस्तै चार्जमा लाउँदा विद्युतीय कार, बाइक चार्ज गर्न मिल्ने बताउँछन्। 

‘राति खाना खाइसकेपछि सबै काम गरेर विद्युतीय सवारी चार्जमा लगाइदिएमा ५/६ घण्टामै फुल चार्ज हुन्छ’, श्रेष्ठ भन्छन्, ‘अहिले लिथियमका ब्याट्री एकपटक फुल चार्ज गर्दा तीन चार सय किलोमिटर गुड्न सक्छन्।’

‘जोसँग गाडी छ, ऊसँग पार्किङ स्पेस पक्कै हुन्छ। त्यही चार्जिङ सिस्टम बनाएर सवारी चार्जिङ स्टेसन बनाएर सञ्चालनमा ल्याउने हो भने करिबकरिब सार्वजनिक यातायातलाई समेत पुग्छ।’

विद्युत् प्राधिकरणका पूर्व प्रबन्धक डिल्लीरत्न शाक्य निजी क्षेत्रले पेट्रोल पम्प सञ्चालनमा ल्याएजस्तै चार्जिङ स्टेसन सञ्चालनका लागि पहल गर्नुपर्ने बताउँछन्। ‘जोसँग गाडी छ, ऊसँग पार्किङ स्पेस पक्कै हुन्छ। त्यही चार्जिङ सिस्टम बनाएर सवारी चार्जिङ स्टेसन बनाएर सञ्चालनमा ल्याउने हो भने करिबकरिब सार्वजनिक यातायातलाई समेत पुग्छ’, शाक्य भन्छन्, ‘निजी क्षेत्रले जसरी पेट्रोल पम्प चलाइरहेका छन्, त्यसरी पनि सवारी चार्जिङ स्टेसन बनाएर सञ्चालनमा ल्याउन सकिन्छ।’

अहिले विद्युत् प्राधिकरण, राष्ट्रिय योजना आयोगमा विद्युतीय सवारीसाधन चार्ज गर्न चार्जिङ पाइल छन्। ‘पाइल भनेको चार्जिङ स्टेसनभन्दा सानासाना हुन्छन्। कारलगायतका साना सवारीसाधन चार्ज गर्न बनाइएका हुन्’, चार्जिङ स्टेसन आयोजना प्रमुख ज्ञवाली भन्छन्, ‘चार्जिङ स्टेसन ठूला हुन्छन्। एकैपटक द्रुतगतिमा बढी सवारीसाधन चार्ज गर्न सकिने किसिमका।’

सफा टेम्पोको ग्यारेजमै गरिन्छ चार्ज   

नेपालमा विद्युतीय सवारीसाधनका रुपमा कार, बाइक, सार्वजनिक यातायात हालका दिनमा बढिरहेका नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनका पदाधिकारी बताउँछन्। तर, विद्यतीय सवारीसाधनको रूपमा काठमाडौं उपत्यकामा सफा टेम्पो करिब तीन दशकदेखि सञ्चालनमा छन्। ती सफा टेम्पोमा लिड एसिड ब्याट्री राखिएको हुन्छ। सफा टेम्पोको प्रवद्र्धक एवंम इलेक्ट्रिक भेहकिल एसोसिएसनका अध्यक्ष विजयमान शेरचन सफा टेम्पो चार्जिङका लागि पार्किङ स्थल र ग्यारेजमै व्यवस्था गरिएको बताउँछन्। ‘सफा टेम्पो ग्यारेज, पार्किङ स्टेसनमै चार्ज गरिन्छ’, उनी भन्छन्, ‘सफा टेम्पोमा पुराना लिड एसिडवाला ब्याट्री भएकाले त्यसले धेरै माइलेज दिँदैन। अहिले नयाँ लिथियम ब्याट्री आएका छन्।’ 

सार्वजनिक सवारीसाधन बढी संख्यामा हुने भएकाले हरेक गाडीको आफ्नो चार्जर पोट राखेर उपत्यकाबाटै सुरु गर्न सकिन्छ।

काठमाडौं उपत्यकामा हाल सञ्चालनमा रहेका यातायातका साधनलाई विद्युतीय सवारी बनाउन पनि सकिन्छ। ‘चार्जिङ स्टेसन बनाउन ठूलो लागत पर्दैन। पेट्रोल पम्प सञ्चालनका लागि लाग्ने भन्दा कम लागतमै चार्जिङ स्टेसन बनिहाल्छ’, शेरचन भन्छन्, ‘१५/२० मिनेटमा चार्ज गर्न मिल्ने किसिमको सिस्टम छ। सार्वजनिक सवारीसाधन बढी संख्यामा हुने भएकाले हरेक गाडीको आफ्नो चार्जर पोट राखेर उपत्यकाबाटै सुरु गर्न सकिन्छ।’

२० वर्ष पुराना सवारीलाई विद्युतीय बनाउन सकिने

सरकारले २०७४ चैतदेखि काठमाडौं उपत्यकामा २० वर्ष पुराना सवारीसाधन सञ्चालन गर्न रोक लगाएको छ। उपत्यकामा धुलो धुँवा अत्यधिक रहेको र पेट्रोलियम सवारीले झन् प्रदूषण बढाएको भन्दै यातायात व्यवस्था विभागले २०७४ चैतदेखि २० वर्ष पुराना सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। २० वर्ष अवधिपछि पेट्रोलियम सवारीसाधनमा रहेको पेट्रोलियम इन्जिनको क्षमता ह्रास हुने र त्यसले अत्यधिक प्रदूषण गर्ने भएकाले सञ्चालनमा रोक लगाइएको छ।

तर, इन्जिनियरहरुले तिनै पेट्रोलियम सवारी साधनलाई विद्युतीय सवारीसाधनमा कन्भर्ट गर्न सकिने सुझाव दिएका छन्। इलेक्ट्रिक भेहकिल इसोसिएसनका अध्यक्ष शेरचन थन्क्याइएका पेट्रोलियम सवारीसाधनलाई निश्चित सहुलियत दिएर विद्युतीय सवारीमा कन्भर्ट गर्न सकिने प्रावधान सरकारले ल्याउनुपर्ने बताउँछन्। ‘पुराना इन्जिन छुट्याएर नयाँ ब्याट्री र मोटर जडान गर्ने मात्रै त हो’, उनी भन्छन्, ‘अहिले आएको लिथियमको ब्याट्री राख्दा कम्तीमा १० देखि १५ वर्ष फेरि सवारीसाधन चलिहाल्छ।’

प्राधिकरणका पूर्ब प्रबन्धक डिल्लीरत्न शाक्य इन्जिनियरिङका विद्यार्थीलाई अभ्यासका लागि दिएर पनि पेट्रोलियम सवारीलाई विद्युतीयमा कन्भर्ट गर्न सकिने सुझाव दिन्छन्। ‘पेट्रोलियम सवारीलाई विद्युतीयमा सजिलै कन्भर्ट गर्न सकिन्छ। त्यही ब्याट्री र मोटर फेर्ने हो। त्यति गर्न धेरै लागत पर्दैन’, शाक्य भन्छन्, ‘इन्जिनियरिङका विद्यार्थीलाई प्राक्टिकलका लागि दिएर पनि त्यो कन्भर्ट गर्न सकिन्छ।’ पछिल्लो समय विश्वमा विद्युतीय सवारीको माग बढ्दै गइरहेकाले लिथियम ब्याट्रीको मूल्य अलिकति महँगो पर्ने गरेको जानकारहरु बताउँछन्। क्षमताअनुसार नयाँ ब्याट्री र मोटरको मात्रै मूल्य पर्ने र कन्भर्ट गर्नका लागि धेरै लागत नपर्ने शेरचनको भनाइ छ।


यो पनि


प्रकाशित: October 16, 2021 | 16:05:00 काठमाडौं, शनिबार, असोज ३०, २०७८
प्रेम चन्द

प्रेम चन्द

काठमाडौं, शनिबार, असोज ३०, २०७८

थप समाचार

कुलमानलाई चुनौती दिँदै सरकारी अध्ययन भन्छ : ग्रामीण क्षेत्रमा बिजुलीको पहुँच छैन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अध्ययनले ग्रामीण क्षेत्रका पालिका केन्द्रलगायतका सरकारी कार्यालयहरू नै विद्युतको पहुँचबाहिर रहेको देखाएको छ।

सेयर बजारमा ८०.२९ अंकको गिरावट

सेयर बजारमा आइतबार निकै गिरावट आएको छ। मौद्रिक समीक्षाका कारण सेयर बजारमा ८०.२९ अंकको गिरावट आएको हो।

स्थानीय सहभागिता विना विकास निर्माण असम्भव : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आयोजनास्थलका जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन नसक्ने बताएका छन्।

मजदुरका समस्या मन्त्रालय लिएर आउनुस् : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मजदुरका कुनै समस्या भए मन्त्रालयमा लिएर आउन आग्रह गरेका छन्।

मनाङमा स्याउ उत्पादन १० प्रतिशतले वृद्धि हुने

मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ। ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको सात सय ३५ रोपनीमा स्याउ फलेको छ।

कुहिएको करेलाको बीजले बदलिएको भाग्य

पहिला पहिला खेती हुने तीन सय रोपनी फाँटमा अहिले खेती गर्ने म मात्र भएको छु। बाँकी सबैको खेतबारी बाँझो छ। गाउँका धेरै मानिसको खेती बाँदरले नास गर्दा मेरो खेती भने जोगिएकै छ।

ट्रेंडिंग

नेपाल समय
सुदूरपश्चिम

पुष्पकुमार शाहीद्वारा कांग्रेस सुदूरपश्चिम अध्यक्षमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल समय
समाज

यस्तो रहस्यमय मृत्यु जसले बाहिर ल्यायो रौतहट कारागारभित्रको 'दादागिरी'

एक कैदीको रहस्यमय मृत्युको घटनापछि जिल्ला कारागार रौतहटभित्र हुने गरेका बेथिति र हिंसाको अनेक पक्ष सतहमा आएका छन्।
नेपाल समय
राजनीति

एमाले-कांग्रेस महाधिवेशनमा ओली-देउवाका तीन संयोग, एकै अपेक्षा

असार २९ गते देउवा प्रधानमन्त्री बनेका थिए। त्यसयता उनको भेट ओलीसँग भएको थिए। एमाले महाधिवेशनले देउवा–ओलीको भेट त जुरायो नै। सँगै ओली र देउवाका बीचमा केही रोचक संयोग समेत पर्न गए।
नेपाल समय
ब्लग

बाटो बिराएका पूर्वशिक्षक प्रचण्डको एउटा ठूलो भ्रम

एउटा छविलालले बाटो बिराउँदा समाजले ठूलो मूल्य चुकाउनुपरेको छ। वाध्यताबस देशका लाखौं युवाले बाटो बिराएर कोही अरबको खाडी पुगेका छन् त कोही पूर्ण रुपमा अमेरिका, अस्ट्रेलियातिर हराएका छन्।
नेपाल समय
लुम्बिनी

कांग्रेस महाधिवेशन : राजनीतिमै जीवन बिताएका नेताहरु महाधिवेशन प्रतिनिधिमै पराजित

पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र न. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए। तर, उनी पराजित भए। विद्यार्थी राजनीतिमा डेढ दशकदेखि सक्रिय पौडेलले यो पटक महाधिवेशन प्रतिनिधि जित्‍ने आशमा थिए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C