मंगलबार, असोज ११, २०७९

कालीगण्डकी डाइभर्सनबाट सिक्नुपर्ने पाठ

महेश्वर आचार्य  |  काठमाडौं, बिहीबार, साउन २८, २०७८

महेश्वर आचार्य

महेश्वर आचार्य

बिहीबार, साउन २८, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– सर्वोच्च अदालतले कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजनाको काम सुरु नगर्न अन्तरिम आदेश जारी गरेपछि परियोजना सम्बन्धी काम तत्काल सुरु नहुने भएको छ। आयोजना सुरु नभए पनि यो प्रकरणले विकास आयोजना थालनी गर्दा नीति निर्माताले गहन अध्ययन गर्नुपर्ने शिक्षा भने दिएको विज्ञहरू बताउँछन्।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले परियोजना कार्यालयको उद्घाटन गरेपछि यसमा धेरैतिरबाट विरोधका आवाज प्रकट भएका थिए। विकास निर्माणका आयोजना अध्ययन नै नगरी अघि बढाइँदा विरोध हुनु स्वाभाविकै हो। यस्तै राजनीतिक स्वार्थसँग जोडिएका विषय भएकाले पनि असन्तुष्टिका स्वर बाहिर आएका हुन्। 

‘आवश्यक प्राविधिक अध्ययन तथा सर्वपक्षीय छलफल बिना नै काम सुरु गर्न खोजिएपछि विरोध हुनु स्वाभाविकै हो,’ जल उपायोग विषयका विज्ञ इन्जिनियर अजय दीक्षित भन्छन्। आयोजना थाल्नुअघि विवादका विषय निरुपण गर्नुपर्ने उनको भनाइ छ। 

पूर्वाधारयुक्त ठूला संरचनालाई मात्र विकास ठान्ने सोच नेपालमा छ। ‘यो परियोजनाको हकमा पनि सोही सोचले काम गरेको देखिन्छ,’ दीक्षित भन्छन्, ‘विकास गर्दा स्थानीय परिवेश, स्थानीय समुदाय, पर्यावरण तथा पारिस्थितिकीय प्रणालीलाई हेर्नुपर्छ भन्न थालेको तीन दशक भइसक्दा पनि त्यतातिर सोच्न र काम गर्न नचाहेको देखिन्छ।’

जलाधार विज्ञ मधुकर उपाध्या कालीगण्डकी स्थिर चरित्रको हिमनदी भएकाले यसको पानी लगेर चञ्चल प्रवृत्तिको तिनाउ खोलामा मिसाउनुअघि त्यसले पार्ने प्रभावबारे गम्भीर अध्ययन हुनुपर्ने बताउँछन्।

‘हिमनदीको चरित्र स्थिर हुन्छ भने महाभारत क्षेत्रको खोलाको चरित्र चञ्चल। कालीगण्डकी हिमनदी हो भने तिनाउ महाभारत क्षेत्रको नदी,’ उपाध्या भन्छन्, ‘त्यसकारण पानी मिसाउँदा कस्तो प्रभाव पर्छ भन्ने बारेमा अध्ययन हुनुपर्छ।’

पानीले हिउँदमा असर नगरे पनि वर्षामा असर गर्नसक्ने उपाध्या बताउँछन्। ‘जुनबेला तिनाउ आफैं विनाशकारी भइरहेको हुन्छ त्यो बेलामा कालीगण्डकीको पानी थपिँदा के असर गर्ला?’ उपाध्या भन्छन्।

तिनाउमा सिँचाइको अवस्था र कालीगण्डकीको पानीले सिँचाइ प्रयोजनका लागि उपयोगबारे पनि अध्ययन आवश्यक रहेको विज्ञ बताउँछन्। 

पञ्चायतकालमा कुलेखानी ठूलो आयोजना थियो। बस्ती स्थान्तरणलगायतका विषय थिए। ठूला परियोजनामा पर्ने राजमार्ग र अन्य आयोजना रोकिएका थिएनन्। अहिले भने साना–साना आयोजनामा पनि ठूला विवाद आउन थालेको छ। 

कालीगण्डकीको परियोजनाबाट आउने फाइदाबाट कुन कुन तहले कसरी फाइदा लिने निर्क्योल नहुँदा पनि विवाद चर्किएको उपाध्या बताउँछन्। ‘लागत कसले बेहोर्ने भन्ने पनि प्रश्न छ। त्यो लागतमा नोक्सानको कुरा पनि आउँछ। कुन पक्षले कस्तो नोक्सान बेहोर्ने र त्यो नोक्सानलाई कुन उपायले क्षतिपूर्ति गर्ने त्यो स्पष्ट हुनुपर्छ’, उनी भन्छन्।

पञ्चायतकालमा कुलेखानी ठूलो आयोजना थियो। बस्ती स्थान्तरणलगायतका विषय थिए। ठूला परियोजनामा पर्ने राजमार्ग र अन्य आयोजना रोकिएका थिएनन्। अहिले भने साना–साना आयोजनामा पनि ठूला विवाद आउन थालेको छ। २०४६ सालपछि प्राप्त स्वतन्त्रता तथा दलीय चरित्रले हावी हुँदा विकास अवरुद्ध हुन पुगेको आमबुझाइ छ।

कालीगण्डकीका सन्दर्भमा त्यसको वातावरणीय पक्षमाथि कतैबाट चिन्ता तथा चासो व्यक्त नभएको संरक्षणविद् डा. दिनेश भुजु बताउँछन्।

‘प्रस्तावित योजनाले कालीगण्डकीको जैविक विविधता, प्राकृतिक, सांस्कृतिक विविधतालाई के कस्तो नोक्सान हुन्छ भन्ने मूल्यांकन हुनुपर्‍यो’, भुजु भन्छन्, ‘त्यो पहिलो सर्त हो। परियोजनाले हानि गर्दैन वा हुन सक्ने हानि न्यूनीकरण गरिन्छ भन्ने तय भएपछि मात्र काम अघि बढाउनुपर्छ।’

परियोजनाको लाभको अंश पनि संरक्षण कार्यमा खर्च गर्नुपर्ने भुजु बताउँछन्। ‘प्राप्त हुने लाभ संरक्षण कार्यमा लगानी गर्नुपर्यो,’ भुजु भन्छन्, ‘त्यसलाई असल विज्ञान भनिन्छ।’

यस्ता ठूला आयोजना विदेशमा सफल भएका उदाहरण भए पनि हामीले त्यसरी काम गर्न सक्छौं त भन्ने प्रश्नमा पनि सोच्नुपर्ने भुजु बताउँछन्।

‘हामी प्राविधिक र दक्षताका हिसाबले कमजोर छैनौं होला तर अन्य मुलुकको उदाहरण हामीलाई कत्तिको सान्दर्भिक हुन्छ भन्नेमा पनि हामी स्पष्ट हुनुपर्दछ,’ भुजु भन्छन्, ‘विदेशी मुलुक र हाम्रो गभरनेन्स फरक छ।’ 

उसो त सरकारले कालीगण्डकीको पानी पथान्तरण गर्दा कुन कुन प्राणीलाई के असर पर्छ। वनस्पतिलाई के हुन्छ लगायतका विषयको गहिराइमा अध्ययन गरेको छ। मानव र समुदायमा के असर पर्छ भन्ने बारे पनि निष्कर्ष निकालिएको छैन। 

‘सुन्दा ननिको सुनिएला तर यथार्थ के छ भने ठूला परियोजना व्यवस्थापन गर्ने हाम्रो विशिष्ट ज्ञान र क्षमता छैन,’ भुजु भन्छन्, ‘जस्तोसुकै राम्रो परियोजना बने पनि त्यसलाई कार्यान्वयन गर्ने त ‘गभरनेन्स’ले हो। 

आधुनिक विकासको परिकल्पना र योजना अघि बढेको सात दशक भए पनि नेपालले आफ्ना समस्यालाई आफ्नो ढंगले विश्लेषण गर्ने अवसर नपाएको वा लिन नचाहेको धारणा छ विकास विज्ञ सञ्जीव पोखरेलको।

एकातिर विकासको बुझाइ र योजनामा समस्या रहेको र अर्कोतिर विकास हाँक्ने राजनीतिक नेतृत्वमा पनि विकृति रहेको पोखरेल बताउँछन्। ‘मतका आधारमा राजनीति गर्नेले जनताको प्रतिनिधित्व गरिरहेको छैन,’ पोखरेल भन्छन्, ‘बरु निजी स्वार्थ, ठेकेदार दलालहरुको प्रतिनिधित्व गरिरहेको छ।’


यो पनि


प्रकाशित: August 12, 2021 | 06:10:00 काठमाडौं, बिहीबार, साउन २८, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
बजार

बुटवलमा सस्तो बजार सुरु

पाँच दिनसम्म सञ्चालन गरिने दसैँ सस्तो बजारको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे। नगरप्रमुख पाण्डेयले दसैँ सस्तो बजारका माध्यमबाट खस्किँदै गएको बुटवलको व्यापार प्रवर्द्धन गर्ने बताए।
नेपाल समय
बैंक/बिमा

कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता, स्वाप रेसियो १:१

कर्मचारी कटौतीका लागि दुवै बैंकमा स्वेच्छिक अवकाश योजना ल्याइने छ। हाल कुमारी र एनसीसी गरी ३५ सय कर्मचारी रहेका छन्। कुमारीमा १९ सय र एनसीसी बैंकमा १६ सय कर्मचारी रहेका छन्।
नेपाल समय
बजार

मंगलम् पाइप्सको बृहत टेक्निसियन मिट

नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिङ्स् उत्पादक कम्पनी मंगलम् पाइप्सले काठमाडौंमा बृहत टेक्निस्यन मिट भव्यताका साथ सम्पन्न गरेको छ।
नेपाल समय
अर्थ

लगानी कोषमा अनलाइन प्रणालीबाटै शिक्षकको फाँटवारी पठाउने व्यवस्था सुरु

नागरिक लगानी कोषले सामुदायिक विद्यालयका शिक्षकले सावधिक जीवन बिमा योजनाअन्तर्गत अनिवार्यरुपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँटवारी अपलोड गर्ने र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था सुरु गरेको छ ।
नेपाल समय
बजार

कतार एयरवेजलाई ‘एयरलाइन अफ द इयर’ अवार्ड

कतार एयरवेजले सातौं पटक ‘एयरलाइन अफ द इयर’ अवार्ड जितेको छ ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना