सोमबार, माघ १६, २०७९

आगामी बजेटका प्राथमिकता स्वास्थ्य र निर्माणाधीन आयोजना

शर्मिला ठकुरी  |  काठमाडौं, सोमबार, वैशाख १५, २०७७

शर्मिला ठकुरी

शर्मिला ठकुरी

सोमबार, वैशाख १५, २०७७, काठमाडौं

नेपाल समय

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षकाे बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने भएकाे छ। काेभिड–१९ ले पारेको आर्थिक असरका कारण स्वास्थ्य क्षेत्र, निर्माणाधीन विकास आयोजना र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट बनाउन अर्थ मन्त्रालयका अधिकारीहरू जुटेका छन्।

जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक प्रावधान छ। राष्ट्रिय योजना आयोगले बजेटमा निर्माणाधीन विकास आयोजना र राष्ट्रिय गौरवका आयोजनालाई पनि प्राथमिकतका साथ समेटिने जनाएको छ।

आयोगका उपाध्यक्ष डा. पुृष्प कँडेलका अनुसार मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण करिडोरलगायत आयोजनामा बजेट केन्द्रित हुनेछ। 

लकडाउनकै बीच मेलम्ची खानेपानी आयोजना, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललगायत आयोजना निर्माण भइरहेका छन्। उनले भने, “कोभिड–१९ का कारण स्वास्थ्य क्षेत्र प्राथमिकतामा भए पनि निर्माणाधीन आयोजनालाई बेवास्ता गर्न मिल्दैन।”

चालु आर्थिक वर्षको बजेटमा सांसद विकास कोषअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड रूपैयाँ विनियोजन गरिएको थियो। कोभिड–प्रभावले गर्दा आगामी वर्षको बजेटमा उक्त रकम विनियोजन गर्न नहुने माग चर्को हुँदै गएको छ।

अर्थशास्त्री डा. डिल्लीराज खनाल आगामी बजेटमा सांसद विकास कोष, प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका क्षेत्रको बजेट कटौती गर्नुपर्ने सुझाव दिन्छन्। उनले भने, “सरकारले स्वास्थ्य र पूर्वाधार निर्माणमा बढी रकम विनियोजन गर्नु जरुरी छ।”

योजना आयोगका उपाध्यक्ष डा. कँडेलका अनुसार आयोगले आफ्नो तर्फबाट बजेट बनाएर बुझाइसकेको छ। उनले भने, 'सांसद विकास कोष र प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका विषयमा भने अर्थ मन्त्रालयले नै अन्तिम निर्णय गर्नेछ।” उनले आगामी आवको बजेटकाे आकार पनि चालु वर्षको हाराहारीमै हुने बताए।

योजना आयोगका सदस्य सुशील भट्ट पनि आगामी बजेट केही गेमचेन्जर आयोजना र चालु आयोजनामै केन्द्रित हुने बताउँछन्। भट्टका अनुसार बजेट बनाउने क्रममा स्रोतको व्यवस्थापन गर्न भने निकै कठिन भएको छ।

आगामी आवमा राजस्व चालु आर्थिक वर्षको भन्दा पनि कम हुनेछ। कोभिड–१९ ले गर्दा विश्वका अधिकांश देश आर्थिक संकटबाट गुज्रिनेछन्। यस्तो अवस्थामा दातृ निकायसँग सहयोगको हात फैलाउन पनि सकस पर्नेछ।

चालु आर्थिक वर्षको नौ महिनासम्म राजस्वबाट ५ खर्ब ९२ अर्ब रुपैयाँ उठेको छ। यो लक्ष्यको ५३.३१ प्रतिशत मात्र हो। सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ।

कोभिड १९ का कारण आयात घट्दा भन्सार राजस्व घटेको छ भने लकडाउनका कारण अन्य आर्थिक गतिविधि हुन नपाउँदा, आयकर, अन्तःशुल्क, भ्याट लगायत घटेका छन्।

नेपालसँग हाल कुल गार्हस्थ उत्पादनको ३३.३ प्रतिशत आन्तरिक र बाह्य ऋण छ। आगामी बजेट पनि दातृ निकायको भरमा नै बन्ने हो। दातृ निकायले पनि खर्च गर्न सक्ने क्षमता हेरेर मात्र ऋण दिन्छन्।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार इन्टरनेसनल मनिटर फन्ड (आईएमएफ) ले करिब २६ खर्ब नेपाली रुपैयाँसम्म ऋण दिन सक्ने बताएको छ।

तर, नेपालले कति ऋण लिने र खर्च कसरी गर्ने भन्ने कुरा आईएमएफलाई आश्वस्त पार्नु जरुरी छ। चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि विकास खर्च २६.७ प्रतिशत अर्थात् १ खर्ब ८ अर्ब रुपैयाँ मात्र भएको छ।


प्रकाशित: April 27, 2020 | 19:44:31 काठमाडौं, सोमबार, वैशाख १५, २०७७

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

बक्स अफिसमा नयाँ रेकर्ड बनाउँदै पठान

फिल्मले सबैभन्दा छोटो समयमा ४ सय करोडभन्दा बढीको व्यापार गर्ने हिन्दी चलचित्रको रेकर्ड पनि कायम गरेको छ। चौथो दिनमात्र पठानले १०० करोडभन्दा बढीको बिजनेस गरेको छ।

रवि लामिछानेले लिए नागरिकता

लामिछानेले जिल्ला प्रशासन काठमाडौंमा अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि दोस्रो पटक नेपाली नागरिकता लिएका हुन्।

लाइन मिचेर नागरिकता लिन सीडीओ कार्यालय पुगे रवि

रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्। आइतबार दिउँसो १२ बजे उनी नागरिकता लिन सीडीओ कार्यालय पुगेका हुन्।

रविको राजीनामापछि रास्वपाको पहिलो बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ।

प्रथम सरस्वती कराते कपको उपाधी इचङुनारायण र ब्रह्मास्मी स्कुललाई

प्रथम सरस्वती कप सिनियर/जुनियरको उपाधी इचङुनारायण डोजो र ब्रह्मास्मी स्कुलले जितेको छ।

चितवन-२ मा उपनिर्वाचन हुने, अयोग्य ठहरिएका रवि चुनाव लड्न पाउलान्?

पुनः नागरिकता प्राप्त गरेसँगै चितवन क्षेत्र नम्बर २ मा अब हुने उपनिर्वाचनमा उनी सहभागी हुन सक्नेछन्। तर त्यसअघि अन्य कसुरमा उनीमाथि कारबाही नभएको अवस्थामा मात्रै उपनिर्वाचनमा उम्मेदवार हुन पाउने छन्।

मुक्तिनाथ बैंकका गार्डले सांग्रिलाको एटीएम फुटाउन खोजेपछि...

एटीएम फोडेर पैसा झिक्न खोज्ने एकजनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

रविको राजनीतिक यात्रा: ६ महिनामा अविश्वसनीय छलाङ, अचानक उपलब्धि शून्य

उनले हासिल गरेका उपप्रधान तथा गृहमन्त्री र सांसद पद गएको छ। त्यतिमात्र नभएर उनी आफैंले ६ महिनाअघि गठन गरेको पार्टीबाट पनि उनी बेदखल भएका छन्। रविको आफ्नै शब्दमा भन्ने हो भने उनी अनागरिक भएका छन्।

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीबाट तीन जना पक्राउ

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ।

लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङजा खुदी घर भएका पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए।

थप समाचार

नेपाल समय
अर्थ

ब्याजदर घटाउन माग गर्दै माइतीघरमा उद्योगी-व्यवसायीको प्रदर्शन

बैंकको ब्याजदर एकल अंकमा ल्याउन माग गर्दै उपत्यकाका सबै व्यापार संघ र महासंघ विरोधमा उत्रिएका हुन्।
नेपाल समय
बजार

आज पनि बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ।
नेपाल समय
बजार

गहुँ आयातमा कोटा लगाइँदा बन्द भए ६० प्रतिशत मैदा मिल

गहुँ अभावकै कारण चाउचाउ, बेकरी, बिस्कुट, तन्दुरी, भोजनालय, रेस्टुराँलगायतका होटलमा मागअनुसार मैदा, आटा आउन छाड्यो।
नेपाल समय
बजार

आत्मनिर्भर लघुवित्तको आइपीओ बिक्रीमा

आत्मनिर्भर लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सोमबारदेखि आइपीओ बिक्री खुला गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना