सोमबार, असोज १७, २०७९

लघुवित्तको कर्जामा कडाइ, एक तिहाई कर्जा कृषिमा अनिवार्य

लघुवित्त वित्तीय संस्थाहरुले कुल लगानीको एक तिहाई लगानी अनिवार्य रुपमा कृषि क्षेत्रमा गर्नुपर्ने भएको छ। 
नेपाल समय  |  काठमाडौं, आइतबार, पुष १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुष १६, २०७४, काठमाडौं

काठमाडौं – लघुवित्त वित्तीय संस्थाहरुले कुल लगानीको एक तिहाई लगानी अनिवार्य रुपमा कृषि क्षेत्रमा गर्नुपर्ने भएको छ। 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको घोषणा अनुसार निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो। निर्देशन अनुसार लघुवित्त संस्थाहरुले २०७७ असारसम्ममा एक तिहाई लगानी कृषिमा गर्नु पर्नेछ । 

यसअघि केन्द्रीय बैंकले बैंकहरुलाई मात्र कृषिमा १० प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरेको थियो। 

बैंकको पहुँच नपुग्ने गरिब तथा विपन्न सर्वसाधारणलाई सेवा दिने उद्देश्य सहित स्थापना भएका लघुवित्त संस्थाको लगानी पनि अनुत्पादक क्षेत्रमा गएपछि केन्द्रीय बैंकले कर्जामा कडाइ गरेको हो।
 
निर्देशन अनुसार लघुवित्त संस्थाहरुले अन्न, तरकारी तथा नगदेवाली, चिया, कफी, फलफूल, अदुवा, पशुपक्षी तथा माहुरी पालन, प्रांगारीक मल र किटनाशक औषधि, शित भण्डार, सिँचाइ, पशुपक्षी बधशाला, माछापालन, पूष्प खेतीलगायतका क्षेत्रमा लगानी गरेको रकम कृषि कर्जामा गणना गर्न पाउनेछन्। 

आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर चिरञ्जीवि नेपालले लघुवित्त संस्थाहरुले अनिवार्य रुपमा एक तिहाइ कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था मिलाइने घोषणा गरेका थिए । 

राष्ट्र बैंकले गरेको एक अनुसन्धानमा लघुवित्त संस्थाहरुको सबैभन्दा बढी कर्जा लगानी व्यापार व्यवसायका लागि लगानी गरेको भेटिएको थियो। लघुवित्त संस्थाका ग्राहकहरुमध्ये ५०.७१ प्रतिशत घरपरिवार सदस्यले व्यापार व्यवसायमा, २२.१४ प्रतिशतले कृषिमा, १४.२९ प्रतिशतले पशुपालन र ११.४३ प्रतिशतले अन्य पेशामा लगानी गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । 

शाखा खोल्न कडाइ

राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई शाखा खोल्न पनि कडाइ गरेको छ। निर्देशन अनुसार लघुवित्त वित्तीय संस्थाहरुले महानगरपालिका, उपमहानगरपालिका र जिल्ला सदरमुकाम बाहेक नगरपालिका र गाउँपालिका क्षेत्रमा एक शाखा स्थापना गरेपश्चात मात्र उपमहानगरपालिका वा जिल्ला सदरमुकाममा एक शाखा स्थापना गर्न सक्नेछन्। यसैगरी महानगरपालिकामा शाखा खोल्न नदिने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

मर्जरमा प्रोत्साहन 

यसैगरी राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई एक आपसमा गाभिनका लागि प्रोत्साहन गर्दै सरकारले दिएको आयकर छुटका साथै थप सुविधाको पनि घोषणा गरेको छ । जसअनुसार मर्जरमा जाने लघुवित्तलाई एकल ग्राहक कर्जा सीमा नाघेको ऋणीको कर्जालाई सीमा भित्र ल्याउन र तोकिएको पूँजी कोष अनुपात पुर्‍याउनु पर्ने समय थप पाउनेछन्। 

यसैगरी सञ्चालक समितिका सदस्य र प्रमुख कार्यकारी अधिकृतलाई कुलिङ पिरियड नलाग्ने, लघुउद्यम सञ्चालन गर्न प्रदान गरिने कर्जाको सीमा रु. १० लाखबाट रु. १५ लाख पुर्‍याइने र कर्मचारीको तलब तथा सुविधा निक्षेपका रुपमा राखि परिचालन गर्न सक्ने सुविधा समेत दिएको छ। 

२०७६ बैशाखसम्ममा संचालनमा रहेका लघुवित्त संस्थाहरुमा बचत सदस्यको संख्या ४१ लाख ५८ हजार र ऋणीको संख्या २६ लाख १३ हजार पुगेको छ। यसैगरी यी संस्थाहरुले ७९ अर्ब ५९ करोड बचत संकलन तथा २ खर्ब २५ अर्ब ७ करोड कर्जा प्रवाह गरेका छन्।
  
लघुवित्तको संख्या बढी भएपछि राष्ट्र बैंकले नयाँ दर्ता रोकेको छ। यसैगरी लाइसेन्सको पर्खाइमा रहेका संस्थालाई पनि कडाइ गर्दै आएको छ।

प्रकाशित: December 31, 2017 | 18:23:00 काठमाडौं, आइतबार, पुष १६, २०७४

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
अर्थ

दसैंको हवाई टिकट : काठमाडौं-धनगढी १७ हजार, धनगढी-काठमाडौं ६ हजार ५ सय

दसैंको हवाईं टिकटमा मनोमानीरुपमा महँगो बनाइएको छ। काठमाडौंबाट बाहिरिनेहरुको टिकट धनगढीको सबैभन्दा महँगो १७ हजारसम्म रहेको छ भने धनगढीबाट फर्किनेहरुका लागि पनि टिकट सस्तो रहेको छ।
नेपाल समय
बैंक/बिमा

यस वर्षको दसैंमा साटिए ५५ अर्बका नयाँ नोट

१६ अर्ब रुपैयाँ बराबरका १ सय रुपैयाँभन्दा साना दरका र ३९ अर्ब रुपैयाँ बराबरका ५ सय र हजार दरका नोट साटिएको हो।
नेपाल समय
बैंक/बिमा

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ ८५ पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा कायम गरेको छ।
नेपाल समय
अर्थ

सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण, १५ दिनमा डेढ करोडको व्यापार

चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको ‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको छ।
अर्थ

त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना