शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • अग्नि ग्रुपको इलेक्ट्रिक थ्री ह्विलर अटो 'ट्रियो र यारी'मा नगद छुट मेला

अग्नि ग्रुपको इलेक्ट्रिक थ्री ह्विलर अटो 'ट्रियो र यारी'मा नगद छुट मेला

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) ले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर दमक, भैरहवा र नेपालगञ्जबाट सार्वजनिक गरिएको हो।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

काठमाडौं- महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) को ट्रियो इलेक्ट्रिक अटो र यारी माघ २२ (आइतबार) ३ नयाँ बिक्री केन्द्रबाट सार्वजनिक गरिएको छ।

triton college

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) ले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर दमक, भैरहवा र नेपालगञ्जबाट सार्वजनिक गरिएको हो। अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक बिक्रेता अग्नि इनर्जी प्रालिले अग्नि ग्रुपका प्रतिनिधिहरूको उपस्थितिमा ३ नयाँ बिक्री केन्द्रसहित १२ वटा महिन्द्राका शोरुमहरूमा 'नगद छुट र एक्सचेन्ज' मेलाको घोषणासमेत गरिएको छ।

ती १२ वटा शोरुमहरू बिर्तामोड, विराटनगर, इटहरी, सिन्धुली, मलंगवा, हेटौंडा, नारायणघाट, बुटवल र सुर्खेतलगायत शहर छन्। १२ वटा महिन्द्रा बिक्रीकेन्द्रमा एकै साथ एक कार्यक्रम आयोजना गरी यस 'नगद छुट मेला र अटो सटही योजना' ल्याइएको हो।

जसमा नयाँ इलेक्ट्रिक थ्री–ह्विलर अटो 'ट्रिया र यारी' खरिद गरेवापत ४० हजार सम्मको नगद छुट दिने योजना ल्याइएको छ। यो योजना २०२३को पूरै फेब्रुअरी महिनाभर लागु हुनेछ।

यो योजनाले ग्राहकहरूलाई राहत दिन र नयाँ इलेक्ट्रिक थ्री–ह्विलर अटो 'ट्रियो' र 'यारी' को प्रयोगले उद्यमशीलतालाई समर्थन गर्ने विश्वास लिइएको छ। यस मेलाबाट पुराना तथा नयाँ ग्राहकहरूले अधिकतम लाभ लिन सक्ने  अपेक्षा कम्पनीले राखेको छ।

corrent noodles
Metro Mart

महिन्द्रा ट्रियो अटो र यारीले परम्परागत पेट्रोल सवारी साधनको तुलनामा ठूलो बचतसँगै आफ्नो स्वमित्वकर्ताको जीविकामा उल्लेखनीय रूपमा वृद्धि गर्ने कम्पनीको विश्ववास छ। 


प्रकाशित: Feb 07, 2023| 17:18 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्