बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • मुख्य प्रशिक्षक देशाईको रणनीति- ह्याप्पी ड्रेसिङ रुम बनाउन चाहन्छु

मुख्य प्रशिक्षक देशाईको रणनीति- ह्याप्पी ड्रेसिङ रुम बनाउन चाहन्छु

प्रशिक्षकसँगको अन्तरक्रिया कार्यक्रममा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले पक्रियागत त्रुटीका कारण घोषणा ढिलो भएको बताए।
 |  सोमबार, माघ २३, २०७९

विनय सापकोटा

विनय सापकोटा

सोमबार, माघ २३, २०७९

काठमाडौं– माघ १५ गतेबाट राष्ट्रिय क्रिकेट टिम सम्हालेका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई क्यानले नियुक्त गरेको १० दिनपछि सोमबार सार्वजनिक गर्यो। प्रशिक्षकसँगको अन्तरक्रिया कार्यक्रममा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले पक्रियागत त्रुटीका कारण घोषणा ढिलो भएको बताए। ‘प्रक्रियागत त्रुटी भएको कारणले हामीले १० दिनअघि प्रशिक्षण गराउँदै गर्दा घोषणा नगरेको हो,’ उनले भने, ‘सम्बन्धित मन्त्रालयमा मन्त्री नभएको कारण ढिलो भएको हो। सरकारले अनुमति दिएपछि मात्र औपचारिक रुपमा घोषणा गरेको हो।’

triton college

क्यानको धेरै कुरामा आलोचना भइरहे पनि प्रशिक्षकलाई घोषणा गर्न ढिलो हुँदा चाहिँ त्यसको दोष आफूले नपाएको चन्दले पत्रकारसँगको साक्षात्कारमा हाँस्दै सुनाएका थिए। 

के भने प्रशिक्षक मोन्टी देशाईले?

२०१२ देखि नेपालको क्रिकेट र क्रिकेटरसँग जोडिएको कारण दिमागमा धेरै कुराहरु छन्। आज नेपालको क्रिकेट संघको माध्यमबाट नेपाली क्रिकेटसँग जोडिन पाएकोमा मलाई खुसी लागेको छ।

एकमात्र कुरा यहाँ आउनु भनेको ‘ह्याप्पी ड्रेसिङ’ रुम बनाउनु नै हो। म यी दुई वर्षमा निकै अघि जानेछु र सबैलाई गर्व गर्न लायक नतिजा दिनेछु।

corrent noodles
Metro Mart

नेपालसँग मेरो नाता २०१२ देखि नै हो। क्यानडा जानुभन्दा अघिको कुरा हो, मलाई लाग्छ मैले टी २० फर्म्याटको विश्वकप छनोट खेलाएको थिएँ। त्यतिबेला शक्ति गौचन निकै राम्रा बलर थिए। यो देशप्रतिको प्रेम र यो कामको लागि सोच्नुभन्दा पहिले मैले आफूलाई स्पष्ट बनाएको छु। र, म यो सम्झौताको समयसम्म (दुई वर्ष) बस्नेछु भन्ने लागेको छ। समयावधि थप हुन पनि सक्छ। त्यो त यहाँको समर्थक र नतिजाले बताउला।

अब टिम कस्तो भन्ने कुरालाई लिएर म धेरै उत्सुकताको साथ आएको थिएँ। खेलाडीलाई कसरी सेप गर्ने भन्ने मुख्य ध्यान थियो। पछिल्ला आठ नौ दिनमा खेलाडीलाई हेर्दा, उनीहरुसँगको वार्तालापबाट मैले उनीहरुमा राम्रो क्रिकेट स्किल पाएको (देखेको) छु। 

उनीहरुसँग राम्रो कौशल छ। क्रिकेटको भाषामा टिमभित्र हामीले योजना बनाउने हो र उनीहरुलाई आफ्नो रोल दिने हो। म नेपाली क्रिकेटको ‘क्रुसिएल स्टेज’ बारे पनि जानकार छु। यस्तो अवस्थामा हामीले भुल्नु हुँदैन कि कसरी यो एकदिवसीय मान्यता पाएका छौं। यो जानिएको र धेरै भनिएको कथा पनि हो। त्यसलाई साथमा लिएर हामीले समस्यासँग जुद्नुपर्ने हुन्छ।

यो समस्यासँग कसरी जुद्ने त ?

नेपाली खेलाडीमा कला र कौशल छन्। उनीहरुले त्यसलाई चिन्न पर्ने छ। कसरी खेलाडीबाट लगातार उस्तै प्रदर्शन निकाल्ने भन्ने कुरा मुख्य हो। यो केहि समय सम्म चल्ने प्रकृया हो, अहिल्यै सबैले धेरै प्रदर्शन गनुपर्ने भन्ने होइन तर उनीहरु आफ्नो सिपमा आत्मविश्वासी हुनुपर्छ।

उनीहरुले कसरी एउटा टिम ‘टिम’ बन्छ भनेर सिक्नुपर्ने हुन्छ। नेपाली क्रिकेटमा आरोह अवरोह आइरहेका छन्। सबै कुरामा र सबैको जिवनमा यस्तो आउँछ, यद्यपी हामीले त्यसलाई परवाह नगरिकनै खेलमा आफ्नो सतप्रतिशत दिने हो। बाहिरको हल्लाले ड्रेसिङ रुमलाई प्रभाव पार्दैन। यसमा कहिले काहीँ गडबडी हुन्छ तर हामीलाई एक हुनका लागि समय चाहिन्छ।

नेपाली टिमसँग मेरो लक्ष्य? अँ, यसमा दुई कुरा हरु छन्। छोटो समयको लागि र दीर्घकालिन। नेपालको टिमसँग मेरो छोटो योजना भनेको चाहिँ आउन लागेको तीन एकदिवसीय सिरिज नै हो। म केहि खेलाडीबाट कन्सिस्टेन्ट प्रदर्शनको आशा गरिरहेको छु। अनि एसिया कप छनोट अघि नामिबिया जाने र त्यहाँ राम्रो प्रदर्शन गर्ने भन्ने हो।

विश्वकप छनोटका लागि पूरा क्यालेन्डर हेरेपछि लागेको छ कि दीर्घकालिन योजना बनाउनु पर्छ। मेरो इनर्जि त्यता गइरहेको छ। नजानेको कुरासँग काम गर्नको लागि टिमवर्क चाहिन्छ। र यसले रोमाञ्चकता दिन्छ। तर चुनौति धेरै छ। केहि खेलाडीहरुमा अनुभव पनि छ।

०००

नेपालको स्क्वाडमा बलात्कारको आरोप लागेका सन्दीप लामिछाने पनि अभ्यास गरिरहेका छन्। उनीमाथि नाबालिग बलात्कारको आरोप लागेको छ। उनलाई २० लाख धरौटीमा उच्च अदालत पाटनले छोडेको थियो। यद्यपी उनी भ्याली बाहिर र विदेश जान पाउने छैनन्। तर क्यालने उनलाई बन्द प्रशिक्षणमा बोलाएपछि क्यानको आलोचना भइरहेको छ। नेपालमै पहिलो पटक क्यानको विरुद्धमा सडकमै आवाज उठेको छ।

के फाइनल लिस्टमा उनी हुनेछन्? ‘म क्रिकेट को भाषा जान्दछु र बुझ्छु। क्रिकेटको कुनै यात्रामा व्यवसायिक रुपमा ठीक ठाउँमा र प्रकृयागत रुपमा हुनुपर्छ। पहिलो दिनदेखि अहिले सम्म सबै पद्धतिअनुसार नै भइरहेका छन्। अहिले उनी बन्द प्रशिक्षणमा रहनका लागि सबै बाटोहरु खुल्ला छन्,’ मोन्टीको जवाफ छ

उनको शारीरिक र मानसिक अवास्थाबारे प्रशिक्षकले भने, ‘मैदानमा उनी आफ्नो रोलमा ठिक छन्। उनी टिमसँगै रहेका छन्। उनी त्यहि गरिरहेका छन जो उनी जान्दछन् त्यो बलिङ हो।’ सन्दिप बारे सोधिएको प्रश्नमा क्रिकेट संघ क्यानका अध्यक्ष चन्द भन्छन्, ‘बन्द प्रशिक्षणमा सन्दीप रहेपछि केहि कुरा नआएको होइन। तर फाइनल स्क्वाडमा राख्ने कुरा चाहिँ मुख्य प्रशिक्षक र छनोट समितिको कुरा हो। मोरल्ली र फिजिकल्ली फिट साथै टिममा उसको आवश्यक्ता छ छैन भन्ने कुरा होला। त्यसमा क्यानले राख्नैपर्छ वा हटाउनै पर्छ भन्दैन।’

यता क्यानका क्रिकेट म्यानेजर विनोद दासले मोन्टीले नेपालमा वर्षभरीमा २४० दिन नेपाली क्रिकेटमा विताउने र बाँकी दिन विदा पाउने बताए। तर उनको पारीश्रमिक खुलाउन नमिल्ने पनि विनोदले बताएका छन्।

पछिल्लो समय नेपाली क्रिकेट प्रशिक्षकका लागि ट्रान्जिट मात्र भएको अरोप क्यानमाथि लाग्ने गरेको छ। उसले लामो समय टिक्ने प्रशिक्षक ल्याउन नसक्दा यस्तो भएको हो। अध्यक्ष चन्दले साक्षात्कारमै यो प्रसंग कोट्याए, ‘एउटा आरोप लाग्ने गर्छ – प्रशिक्षक आउने नेपाललाई ट्रान्जिट बनाउने अनि जाने। अब चाहिँ त्यो आरोपबाट पनि मुक्त हुन्छौं कि भन्ने लागेको छ। यहाँलाई विश्वास दिलाउन चाहन्छौं।’

यही प्रसंगमा विनोदले थपेका छन्, ‘कोहि पनि व्यक्ति काम गर्न इच्छुक छैन भने राख्न मिल्दैन। केहि केसमा यस्तो भएको हो। केहिलाई हामीले सम्झौता गरेर विदाइ गरेको हो। अहिलेको प्रशिक्षक कमिटेड पनि हुनुहुन्छ। सकेसम्म लामो समय बस्ने हो। सुरुमा तीन वर्ष गर्ने भनेको हो हामीले दुई वर्षको गरेर पछि बढाउने भनेर भनेका छौं। अहिले प्रशिक्षक छनोटको प्रकृया पनि पूरा भएको छ।’

क्यानले सिनियर टिमको प्रशिक्षणसँगै क्यानसँग थप कुरामा पनि सहकार्य गर्ने विनोदले जानकारी दिएका छन्। विनोदले भने, ‘उहाँको भिजनले देशको क्रिकेट चल्छ। अरु कुरा पनि पाइपलाइनमा छन्। इमर्जिङ टिम र ए टिमको कन्सेप्ट पनि छन्। यि कुरा प्रशिक्षकसँग भइरहेका छन्। अवश्य पनि यो पाइपलाइनमा भएको आइडिया।’

उनले थपे, ‘आजको भोलि नै इभेन्ट गर्नका लागि सजिलो छैन। चार इभेन्ट राखेका छौं। त्यसका लागि कर्पोरेट र गभरमेन्ट सेक्टरको सहयोगको अपेक्षा राखेका छौं। त्यसो भयो भने दुई वर्षमा नेपाली क्रिकेट विकासमा अघि बढ्छ भन्ने हो।’

अध्यक्ष चन्दले मुख्य प्रशिक्षकसँग लामो अनुभव भएको र उनले कन्सल्ट्यान्टका रुपमा नेपालमा काम गरिसको कारण उनको समय नेपालमा उपलब्धिमूलक हुने बताएका छन्। उनले नेपाली क्रिकेटको आउँदो चुनौतिबारे प्रशिक्षकअघि भने, ‘हामीलाई एकदिवसीयको मान्यता बचाउने चुनौति रहेको छ। अब होम सिरिज जुन टियू मैदानमा खेल्नुपर्ने हाम्रो लागि चुनौति छ। अमेरिका ओमन नेपालमा भएको खेलमा दुई खेलमात्र जितेको हो। स्कटल्यान्ड सिरिजमा नेपालले जित निकाल्न सकेको थिएन। हामीले पाउनु पर्ने नतिजा पाएनौँ।’


प्रकाशित: Feb 06, 2023| 21:34 सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।