मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • इन्भेष्टमेण्ट मेगा बैंकले गर्‍यो ‘नेपालपे’ र ‘नेपालपे क्यूआर’ सेवाको थालनी

इन्भेष्टमेण्ट मेगा बैंकले गर्‍यो ‘नेपालपे’ र ‘नेपालपे क्यूआर’ सेवाको थालनी

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले एनसिएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिन पी.ओ.एस.बाट ‘नेपालपे’ र ‘नेपालपे क्यूआर’ सेवाको थालनी गरेको छ ।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

काठमाडौं- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले एनसिएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिन पी.ओ.एस.बाट ‘नेपालपे’ र ‘नेपालपे क्यूआर’ सेवाको थालनी गरेको छ । 

triton college

ग्राहकले अब मर्चेन्ट प्वाइन्टहरूको फिन पी.ओ.एस. डिभाइसहरूमा आफ्नो एनएफसी उपलब्ध रहेको स्मार्ट फोन ट्याप गरी भुक्तानी गर्न सक्नेछन् । अब इन्टरनेट बिना पनि ग्राहकले नेपालपे ट्यापमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी डाइनामिक नेपाल पे क्यूआरलाई पनि यस बैंकले आफ्नो फिन पी.ओ.एसमा सूचारु गरेको छ ।

उक्त फिन पी.ओ.एसमा उपलब्ध क्यूआर भुक्तानीको लागि कुनै पनि मोबाइल बैंकिङ, वालेट वा कनेक्टआइपीएस प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले सुरुवात गरेको डिभाइसमा क्यूआर र एनएफसीमार्फत गरिने भुक्तानी सेवा नेपालमै पहिलो भएको बताइएको छ । हाल नेपालपे टपको कारोबार सीमा प्रतिकारोबार पाँच हजारसम्म रहेको छ । यसलाई ग्राहक आफैंले पनि निर्धारण गर्न सक्ने बताइएको छ ।

हाल बैंकको देशभरी ९ लाख मोबाइल बैंकिङ्ग प्रयोगकर्ता, सात लाख कार्ड प्रयोगकर्ता, चार हजारभन्दा बढी पि.ओ.एस. तथा २७८ वटा एटीएम रहेका छन् ।   

corrent noodles
Metro Mart

प्रकाशित: Feb 06, 2023| 19:15 सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्