शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • इन्टरनेटमार्फत दुर्व्यवहारमा त परिरहेका छैनन् तपाईंका बालबालिका?

इन्टरनेटमार्फत दुर्व्यवहारमा त परिरहेका छैनन् तपाईंका बालबालिका?

इन्टरनेटको नेपालमा पहुँच शून्यप्राय: भएको समयमा समेत त्यसको दुरुपयोग गरी बालकलाई दुर्व्यवहार भएको घटना भएको २४ वर्ष बितिसकेको छ। आज नेपालमा इन्टरनेट सुलभ भएपछि त्यस्तो दुर्व्यवहार थप वृद्धि भएको तथ्य एक अध्ययनले देखाएको छ।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

काठमाडौं- २०५६ सालमा पोखरामा स्टार बालगृहमा रहेका अनाथ बालबालिकामाथि यौन दुराचार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले त्यसका सञ्चालक क्रिस्टोफर फ्रेजरलाई पक्राउ गर्‍यो। जर्मन नागरिक फ्रेजर २०२८ सालदेखि नेपालमा बस्दै आएका उनी पोखरामा होटल समेत सञ्चालन गर्न थालिसकेका थिए।

triton college

अनुसन्धानका क्रममा उनी समाजसेवीको मुकुण्डो पहिरिएर बालकहरूलाई दुर्व्यवहार गरिरहेको खुलेको थियो। अपराध पुष्टिपछि तोकिएको सजाय कटौटी गरेपछि उनलाई जर्मनी पठाइएको थियो। 

त्यसबेलासम्म बालकमाथि पनि दुर्व्यवहार हुनसक्छ भन्ने सोच समुदायमा उस्तो विकसित भइसकेको थिएन। भ्वाइस अफ चिल्ड्रेनका निर्देशक कृष्ण थापाका अनुसार उक्त घटनामा सुरुमा त प्रहरीले जाहेरीसमेत लिएको थिएन। बालिका मात्रै दुर्व्यवहारमा पर्न सक्छन् भन्ने सामाजिक संरचनाअनुरुप निर्माण भएको कानुनले समेत बालबालिका दुर्व्यवहारसम्बन्धी कसुरमा बालिकासँग जोडेर मात्रै व्याख्या गरेको थियो। जसकारण जबर्जस्ती करणीसम्बन्धी मुद्दामा जाहेरी प्रहरीले लिएन, अप्राकृतिक मैथुनसँग जोडेर जाहेरी दिइएकोमा सोहीअनुसार मुद्दा अघि बढेको थियो। सामान्यतया अप्राकृतिक मैथुन जीवजनावरसँग हुने मैथुनका रुपमा बुझिने भए पनि कानुन अभावमा त्यसरी मुद्दा अघि बढाउन परेको सोमबार काठमाडौंमा आयोजित 'अनलाइन दुर्व्यवहार न्यूनीकरण गर्न सञ्चार क्षेत्रको भूमिका' विषयमा भएको अन्तर्क्रियामा स्मरण थापाले गरे।

उक्त मुद्दामा फैसला भइसकेपछि पनि थापाले त्यसबारे अनुसन्धान गरेका थिए। अनुसन्धानका क्रममा अभियुक्त फ्रिजरले बालकहरूको नग्न फोटो जर्मनमा पठाएर त्यहाँको एक म्यागेजिनमा प्रकाशन गरिरहेको खुलेको उनले बताए। "हाम्रो अनुमान थियो उनले जर्मनमा फोटो रिल पठाउँछन्। उक्त सूचनापछि प्रहरीसँग समन्वय गरेर उनको डेस्कटप पनि जाँच गर्‍यौँ, तर केही फेला परेन, " उनले भने, "पछि थाहा भयो उनले त इन्टरनेटबाट ती फोटोहरू सोझै जर्मन पठाउँदा रहेछन्।"

अनुसन्धानका क्रममा उनी समाजसेवीको मुकुण्डो पहिरिएर बालकहरूलाई दुर्व्यवहार गरिरहेको खुलेको थियो। अपराध पुष्टिपछि तोकिएको सजाय कटौटी गरेपछि उनलाई जर्मनी पठाइएको थियो। 

यसरी इन्टरनेटको नेपालमा पहुँच शून्यप्राय: भएको समयमा त्यसको दुरुपयोग गरी बालकलाई दुर्व्यवहार भएको यो पहिलो घटना भएको २४ वर्ष बितिसकेको छ। इन्टरनेटको पहुँच नै नभएको बेलासमेत इन्टरनेटमार्फत बाल दुर्व्यवहार भएकोमा आज नेपालमा इन्टरनेट सुलभ भएपछि त्यस्तो दुर्व्यवहार थप वृद्धि भएको दाबी उक्त संस्थाको छ।

corrent noodles
Metro Mart

"पहिले इन्टरनेट नहुँदा त्यस्ता व्यक्तिहरू नेपाल नै आएर बाल दुर्व्यवहार गर्थे, अहिले त उतै बसेर सजिलै इन्टरनेटमार्फत दुर्व्यवहार गर्न सक्ने भए। इन्टरनेटमार्फत चिनजान बढाएर नेपाल आई दुर्व्यवहार गर्न सक्ने भए," थापाले भने। यसरी देशभित्र र बाहिरबाट बाल दुर्व्यवहार हुने गरेको उनको भनाइ थियो।

सन् २०२० को एक अध्ययनअनुसार नेपालमा १ करोड १५ लाख कुल इन्टरनेट प्रयोगकर्ता रहेकोमा तीमध्ये बालबालिकाको संख्या समेत उच्च रहेको छ। ७२ प्रतिशत बालबालिका इन्टरनेटको पहुँचमा रहेकोमा तीमध्ये ७५ प्रतिशत बालबालिकामाथि कुनै न कुनै रुपमा इन्टरनेटमार्फत दुर्व्यवहार भएको उक्त अध्ययनले देखाएको थियो।

उक्त संस्थाले गरेको अध्ययनअनुसार बालबालिकाहरू इन्टरनेटबाट सबैभन्दा बढी यौन दुर्व्यवहार र शोषणमा पर्ने निष्कर्ष निकालेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको सन् २०२१ को प्रतिवेदनअनुसार नेपालमा ९१ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा छन्। जसमध्ये फेसबुक प्रयोगकर्ताको संख्या मात्रै १ करोड २३ लाख रहेको छ। नेपाल प्रहरी केन्द्रीय ब्युरोमा २०७७-७८ को तथ्यांकले २०८ बालबालिका साइबरर अपराधमा परेको उजुरी परेको थियो। जसमध्ये ५६ जना बालक र १५२ जना बालिका थिए।  सन् २०१७ मा ईपीक्याट लक्जम्बर्ग र भ्वाइस अफ चिल्ड्रेनले गरेको संयुक्त सर्वेक्षणले ७५ प्रतिशत बालबालिकाका इन्टरनेटमार्फत यौन दुर्व्यवहारमा परेको देखाएको थियो। उक्त सर्वेक्षणमा ५ देखि १२ वर्षका ४५२ बालबालिका सहभागी भएका थिए।

१० देखि १८ वर्षसम्मका बालबालिका धेरै बालबालिकालाई धम्क्याइ र फकाइ फोन र मेसेजमार्फत यौनजन्य सन्देश, भिडियो र फोटो पठाउन लगाइ यौन दुर्व्यवहार गरिएको पनि उक्त अध्ययनले निष्कर्ष निकालेको थियो। यसरी इन्टरनेटको दुरुपयोगका कारण धेरै बालबालिकाहरू यौन दुर्व्यवहारमा परिरहेको र यो संख्या निरन्तर बढ्दै गएको उक्त संस्थाले दाबी गरेको छ।

कार्यक्रममा बाल यौन दुर्व्यवहारबारे जानकारी गराउँदै पत्रकार भिसा काफ्लेले बालबालिका आफूसँगै हुँदा पनि दुर्व्यवहारमा परिरहेको हुनसक्ने बताए। "हाम्रैअगाडि छन् बालबालिका, तर हाम्रै सामुन्ने इन्टरनेटको माध्यमबाट उनीहरू दुर्व्यवहारमा परिरहेका हुनसक्छन्, जुन हामीलाई थाहा हुँदैन," उनले भने। यस्तो दुर्व्यवहार रोक्न सामाजिक सचेतना बढाइ इन्टरनेटको दुरुपयोगबाट बालबालिकालाई बचाउनुपर्ने उनको निष्कर्ष थियो।

यसरी हरेक बालबालिका इन्टरनेटमार्फत यौन दुर्व्यवहारमा पर्ने जोखिमका कारण त्यसबारे अभिभावक सचेत हुनुपर्ने भ्वाइस अफ चिल्ड्रेनका निर्देशक थापाले बताए। "हरेक बालबालिका इन्टरनेट दुर्व्यवहारको जोखिममा हुन्छ, यदि बालबालिकाले सामान्यभन्दा अलग गतिविधि देखाउन थाले। सामान्यभन्दा बढी-कम खाने र सुत्न थाले, एकान्तमा बस्न थाले दुर्व्यवहारमा परेको हुनसक्छ," उनले भने, "इन्टरनेटमार्फत यौन दुर्व्यवहार भएको भन्ने मात्रै होइन कुनै न कुनै दुर्व्यवहारमा परेको हुनसक्नाले त्यसबारे सचेत हुनुपर्छ।"

प्रकाशित: Feb 06, 2023| 16:54 सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।