शुक्रबार, जेठ १९, २०८०

मिटरब्याजीको साथमा हतियार, एक जना पक्राउ

जनकपुरबाट प्रहरीले हतियारसहित एक जना मिटरब्याजीलाई पक्राउ गरेको छ।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

Everest Bank
National life insurance
Metro Mart

धनुषा- जनकपुरबाट प्रहरीले हतियारसहित एक जना मिटरब्याजीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-१ बस्ने ४१ वर्षीय दिलिप साह रहेका छन्।

साहविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेकोमा उनलाई पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरी नायब उपरीक्षक दिपकुमार रायको नेतृत्वमा गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

उनको घरबाट कपाली तमसुकहरू, जग्गा धनी पुर्जाहरु, खाली चेक लगायतका अन्य कागजातहरू र कटुवा पेस्तोल एक थान, ३०३ राइफलमा लाग्ने गोली चार थान, म्यागनममा लाग्ने गोली एक थान र म्यागनमको खोका एक थान बरामद गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए।

प्रकाशित: Feb 05, 2023| 01:04. 43 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्