बुधबार, जेठ २४, २०८०

राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेरको निधन

९५ वर्षीय जबराको उपचारका क्रममा आइतबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ। ९५ वर्षीय जबराको उपचारका क्रममा आइतबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो।

Everest Bank

जबरालाई पार्किन्सन्सको समस्या थियो र युरिया उच्च देखिएका कारण अस्पताल भर्ना गरिएको थियो। १४ वर्षमै मेट्रिक पास गरेका राणा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए। उनी २०१३ वैशाख १४ देखि २०१७ माघ २५ सम्म नेपाल राष्ट्र बैंकमा गभर्नर थिए।

जबराले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमअन्तर्गत विभिन्न देशमा आवासीय प्रतिनिधिका रूपमा पनि काम गरेका थिए।

उनले सन् १९८७ मा नेपालमा गोर्खा ब्रुअरी पनि स्थापना गरे। यस्तै पाकिस्तानको हबिब बैंकसँगको संयुक्त लगानीमा हिमालयन बैंक लिमिटेड स्थापना गरेर उनी अध्यक्ष पनि भए। उनी बैंक सञ्चालक समितिका प्रमुख सल्लाहकार थिए।

प्रकाशित: Feb 05, 2023| 08:56. 48 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्