आइतबार, जेठ २१, २०८०

मेरो मौनता आजसम्मका लागि मात्र हो : रवि

रास्वपा अध्यक्ष रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन्।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९
Everest Bank
Metro Mart
worldlink

काठमाडौं- रास्वपा अध्यक्ष रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन्। सामाजिक संजालमा स्टाटस लेख्दै उनले भनेका छन्, 'अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी  केही भए भनिहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नुहोला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।'

सर्वोच्च अदालतले अघिल्लो शुक्रबार रविको नागरिकता विवादमा उनको गृह तथा उपप्रधानमन्त्री पद खारेज गरेको थियो। त्यसयता उनी पुन: गृहमन्त्री हुनुपर्ने मागसहित प्रधानमन्त्री पुष्पकमल दाहालसँग लबिंग गरिरहेका छन्। संचारकर्मीको रुपमा कार्यरत हुँदा उनी सरकारको चर्को आलोचना गर्थे। तर अहिले आफूले आलोचना गर्ने गरेकै कुराहरु गरेकाले उनको सामाजिक संजालमा चर्को आलोचना हुने गरेको छ।

रविले बिहीबार मात्रै प्रधानमन्त्री दाहाललाई भेटेर आफुलाई गृह मन्त्रालय दिन आग्रह गरेका थिए। तर प्रधानमन्त्री दाहालले रविको आग्रह अस्वीकार गर्दै अदालतको फैसलाको पूर्णपाठ नआई गृहबारे निर्णय नगर्ने जवाफ दिएका थिए।

प्रकाशित: Feb 02, 2023| 01:35. 47 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्