बुधबार, जेठ २४, २०८०
  • गृहपृष्ठ
  • कला/साहित्य
  • शहीद गंगालाल श्रेष्ठमाथि फिल्म बन्ने, मुख्य भूमिकामा प्रदीप खड्का र आर्यन सिग्देल

शहीद गंगालाल श्रेष्ठमाथि फिल्म बन्ने, मुख्य भूमिकामा प्रदीप खड्का र आर्यन सिग्देल

राणा शासनविरुद्ध गंगालालले गरेको विद्रोहको कथामा फिल्म बन्ने भएको छ। प्रकाश जस्तो हिट फिल्म निर्देशक दिनेश राउतको निर्देशनमा फिल्म बन्ने भएको हो।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

काठमाडौं- राणा शासनविरुद्ध गंगालालले गरेको विद्रोहको कथामा फिल्म बन्ने भएको छ। प्रकाश जस्तो हिट फिल्म निर्देशक दिनेश राउतको निर्देशनमा फिल्म बन्ने भएको हो।

Everest Bank

चलचित्र निर्देशक दिनेश राउत पछिल्लो फिल्म प्रकाशबाट निकै चर्चामा रहे। सहरको प्रेमको कथालाई आफ्नो फिल्मका मूल धार बनाएको राउतले पछिल्लो चलचित्र प्रकाशबाट दूरदराज कर्णालीको कथा उठान गर्ने छन्। कर्णालीका राजनीति र शैक्षिक क्षेत्रलाई नै प्रकाशमार्फत राज्यलाई प्रश्न गरेका राउतले यतिबेला नयाँ फिल्मको घोषणा गरेका छन्। 

अभिनेता प्रदीप खड्का र आर्यन सिग्देलको मुख्य भूमिका हुने गंगालाललाई विमला केसीलगायतले निर्माणमा सघाउने छन्। गंगालालमाथिको पटकथा प्रकाश फिल्मका लेखक विकास सुवेदीले लेखिरहेका छन्। गंगालालको भूमिकामा कसले अभिनय गर्नेछ भन्ने निधो नभईसके पनि फिल्ममा प्रदीप र आर्यन रहने पक्का भइसकेको छ। स्क्रिप्ट लेखन सकिएपछि २०८१ सालको कात्तिकदेखि फिल्म छायांकन गर्ने योजना छ।

फिल्ममा गंगालालले राणाशासनविरुद्ध गरेको विद्रोह गरेदेखि उनलाई २१ वर्षको कलिलो उमेरमा गोली हानेर मृत्युदण्ड दिएकोसम्मको घटनाक्रमलाई चित्रण गरिनेछ। यसलाई बायोपिक नभएर पल्टिकल ड्रामा जनरामा राखिएको छ।

गंगालाल श्रेष्ठ (विक्रम सम्वत् १९७५–१९९७) नेपालका शहीद हुन् जसले राणा शासन विरुद्धको आन्दोलनमा ज्यान गुमाएका थिए।

Metro Mart
worldlink

स्व. भक्तलाल श्रेष्ठ र माता तुलसीमाया श्रेष्ठका छोरा गंगालालको जन्म वि.सं. १९७५ सालमा रामेछाप जिल्लाको भँगेरी गाउँमा भएको थियो। आफ्ना काकासँगै भारतको कोलकातामा बसी २–३ वर्ष पढेपछि उनी काठमाडौं फर्किए। वि.सं. १९९४मा उनले दरबार हाई स्कुलबाट पहिलो श्रेणीमा एसएलसी उत्तीर्ण गरे। त्रि–चन्द्र कलेजमा आईएस्सी पढ्दै थिए।

गंगालाल कलाकार तथा महावीर संस्थाका कार्यकर्ता थिए। महावीर संस्थामा राणाविरोधी प्रवचन र क्रियाकलाप हुन्थे। राणा सरकारले गंगालालाई शुक्रराजको सभामा (वि.सं. १९९५ सालमा असन र इन्द्रचोकमा) राणा शासनविरुद्ध बोले बापत पक्राउ परी छुटे। दशरथ चन्दको संगतबाट प्रजापरिषद्को सदस्यता लिएका उनी राणा शासन विरोधी गतिविधिमा सक्रिय भए।

प्रजापरिषद्को गतिविधिमा लागेबापत १९९७ साल कात्तिक २ गते उनी पक्राउ परे। उनलाई १९९७ साल माघ १५ गते दशरथ चन्दसँगै सेन्ट्रल जेलबाट घरछेउको बाटोबाटै लगी विष्णुमतीको बगरमा रहेको शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइयो। उनकी पत्नीको नाम हसिनादेवी हो।

निर्देशक राउत गंगालालको संघर्ष विद्रोह र जीवनीका पाटालाई फिल्ममा ल्याउने बताउँछन्। गंगालालको जीवनमाथिको यो फिल्मअघि एक लभस्टोरी फिल्म निर्देशन गर्ने तयारी पनि गरेका छन्।

प्रकाशित: Jan 19, 2023| 01:42. 34 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कथा लेख्नुको मजा छुट्टै छ, धेरै पात्रको जीवन बाँच्न  पाइन्छ: मनिषा गौचन [अन्तर्वार्ता]

'फूलहरुको रंग छैन' कविता संग्रहमार्फत साहित्यमा दर्बिलो उपस्थिति जनाएकी मनिषाको उपन्यास ‘वल्लीको डायरी’ २०६३ मा प्रकाशित भएको थियो। यो उपन्यासले उनलाई राम्रोसँग चिनाएको छ।

त्रयम् अनि बुद्ध र भिखारी मञ्चन

एउटा फ्ल्याट लिएर भाडामा बस्ने तीन युवतीको कथा समेटिएको नाटक त्रयम् अनि बुद्ध र आफ्नो झुपडीमा मुसाले दिएको दुःखबाट दिक्क भएर भाग र भाग्यको अर्थ...