आइतबार, जेठ २१, २०८०

चलचित्रकर्मी कल्याण कोषमा उदीत–दीपाको पाँच लाख सहयोग

नेपाली चलचित्र क्षेत्रमा निरन्तर कार्यरत चलचित्रकर्मी गम्भीर बिरामी भए, आर्थिक रुपले विपन्न एवं असहाय भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले २२ वर्षअघि कोष स्थापना भएको थियो।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

काठमाडौं– नेपाली तथा बलिउड गायक–गायिका दम्पती उदीतनारायण झा र दीपा नारायण झाले नेपाली चलचित्रकर्मी कल्याण कोषमा ५ लाख १११ रुपैयाँ सहयोग उपलब्ध गराएका छन्।

Everest Bank

कार्यक्रमको सिलसिलामा नेपाल आएका बेला गायिका झाले मंगलबार उक्त रकम नेपाली चलचित्रकर्मीको हितमा काम गर्ने कोषमा हस्तान्तरण गरेकी हुन्।

झासँगै अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले जनही १ लाख १११, अभिनेत्री स्वस्तिमा खड्का र कलाकार तथा निर्माता निर्मल शर्माले जनही ५१ हजार १११ र चलचित्रकर्मी महिला सशक्तीकरण समिति संयोजक गीता नेपालले ११ हजार १११ रुपैयाँ कोषमा जम्मा हुने गरी सहयोग गरेका थिए।

नेपाली चलचित्र क्षेत्रमा निरन्तर रुपमा कार्यरत चलचित्रकर्मी गम्भीर बिरामी भएको अवस्था, दुर्घटनामा परी उपचाररत अवस्था, आर्थिक रुपले विपन्न एवं असहाय भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले २२ वर्षअघि कोष स्थापना भएको थियो। कोषमा हालसम्म ५ करोड जम्मा भएको संयोजक बसुन्धरा भुसालले बताइन्। कोषमा १० करोड रकम जम्मा गर्ने लक्ष्य रहेको उनको भनाइ छ। 

मंगलबार चलचित्र विकास बोर्डमा कार्यक्रम आयोजना गरी सहयोग रकम प्रदान गर्ने चलचित्रकर्मीलाई कदरपत्र प्रदान गरिएको थियो। कार्यक्रममा दीपा झा, दीपकराज, दीपाश्री र गीता नेपालको उपस्थिति थियो। चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष शम्भुजीत बास्कोटा,  कृष्ण मल्ल, राजकुमार राईसहित नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, उपाध्यक्ष मोहन निरौला, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालगायत उपस्थित थिए।

Metro Mart
worldlink

कार्यक्रममा कोषकी संयोजक भुसालले झा दम्पतीसहित नेपाली चलचित्रकर्मीले प्रदान गरेको रकम लाखमा भए पनि यसले करोडौंको मूल्य राख्ने बताइन्।

प्रकाशित: Jan 18, 2023| 11:04. 46 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कथा लेख्नुको मजा छुट्टै छ, धेरै पात्रको जीवन बाँच्न  पाइन्छ: मनिषा गौचन [अन्तर्वार्ता]

'फूलहरुको रंग छैन' कविता संग्रहमार्फत साहित्यमा दर्बिलो उपस्थिति जनाएकी मनिषाको उपन्यास ‘वल्लीको डायरी’ २०६३ मा प्रकाशित भएको थियो। यो उपन्यासले उनलाई राम्रोसँग चिनाएको छ।

त्रयम् अनि बुद्ध र भिखारी मञ्चन

एउटा फ्ल्याट लिएर भाडामा बस्ने तीन युवतीको कथा समेटिएको नाटक त्रयम् अनि बुद्ध र आफ्नो झुपडीमा मुसाले दिएको दुःखबाट दिक्क भएर भाग र भाग्यको अर्थ...