बुधबार, जेठ २४, २०८०

कस्मिर फाइल्सदेखि आरआरआरसम्मका पाँच फिल्म ओस्कार अवार्डमा समेटिए

ओस्कार अवार्डको मनोनयनमा भारतीय फिल्म द कस्मिर फाइल्स, आरआरआर, गंगुबाई काठियावाडी र कान्ताराले स्थान पाएका हुन्।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

काठमाडौं– ओस्कार अवार्डको सर्टलिस्टमा कस्मिर फाइल्ससहित पाँच भारतीय बलिउड फिल्म परेका छन्। द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजले ओस्कार अवार्डका लागि योग्य ३०१ फिचर फिल्मको सूची सार्वजनिक गरेको हो। 

Everest Bank

ओस्कार अवार्डको मनोनयनमा भारतीय फिल्म द कस्मिर फाइल्स, आरआरआर, गंगुबाई काठियावाडी र कान्ताराले स्थान पाएका हुन्। ओस्कारको यो रिमाइन्डर सूचीमा समावेश फिल्मले आधिकारिक रूपमा विभिन्न विधामा प्रतिस्पर्धा गर्न सक्छन् तर २४ जनवरीमा घोषणा हुने मनोनयन सूचीमा छानिने भन्ने ग्यारेन्टी हुँदैन। रिमाइन्डर सूचीमा पनि नेपालका दुई फिल्म लोरी र ऐनाझ्यालको पुतली अटाउन सकेनन्। 

पान नलिनको ‘छेल्लो शो’ (अन्तिम फिल्म शो)सहित सूचीमा विवेक अग्निहोत्रीको द कस्मिर फाइल्स, मराठी फिल्म मी वसन्तराव र तुझ्या साथी कही ही, आर माधवनको ‘रकेटरी ः द नाम्बी इफेक्ट, इराविन निजल र कन्नड फिल्म विक्रान्त रोना पनि अटाएका छन् ।

गत डिसेम्बरमा सार्वजनिक गरिएको १० विधाको सर्टलिस्टमा छेल्लो शोले उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म खण्डमा स्थान बनाएको थियो। जबकि ब्लकबस्टर आरआरआरको गीत नाटु नाटुले संगीत (मूल गीत) श्रेणीमा स्थान पाएको थियो। २४ जनवरीमा ओस्कार आयोजना हुँदै छ।

प्रकाशित: Jan 10, 2023| 02:09. 43 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कथा लेख्नुको मजा छुट्टै छ, धेरै पात्रको जीवन बाँच्न  पाइन्छ: मनिषा गौचन [अन्तर्वार्ता]

'फूलहरुको रंग छैन' कविता संग्रहमार्फत साहित्यमा दर्बिलो उपस्थिति जनाएकी मनिषाको उपन्यास ‘वल्लीको डायरी’ २०६३ मा प्रकाशित भएको थियो। यो उपन्यासले उनलाई राम्रोसँग चिनाएको छ।

त्रयम् अनि बुद्ध र भिखारी मञ्चन

एउटा फ्ल्याट लिएर भाडामा बस्ने तीन युवतीको कथा समेटिएको नाटक त्रयम् अनि बुद्ध र आफ्नो झुपडीमा मुसाले दिएको दुःखबाट दिक्क भएर भाग र भाग्यको अर्थ...