आइतबार, जेठ २१, २०८०

दीपेन्द्र लामाले घोषणा गरे नयाँ फिल्म 'नांगो गाउँ'

फिल्म ‘२ नम्बरी’ हिट भएपछि निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। उनको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ फिल्मको नाम ‘नांगो गाउँ’ राखिएको छ।
 |  शुक्रबार, पुस १५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

काठमाडौं– फिल्म ‘२ नम्बरी’ हिट भएपछि निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। उनको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ फिल्मको नाम ‘नांगो गाउँ’ राखिएको छ। 

Everest Bank

मनिष्मा फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता हिमाल शर्मा हुन्। फिल्ममा जय श्रेष्ठको लगानी रहनेछ।

यो फिल्ममा नायक दयाहाङ राई र नायिका मिरुना मगर फाइनल भइसकेका छन्। मिरुना र दयाले यसअघि यो वर्षको ब्लकबस्टर फिल्म ‘कबड्डी ४’मा अभिनय गरेका थिए। यी दुई बाहेक अन्य कलाकारको छनोट चाँडै नै हुने निर्देशक लामाले बताए। यो फिल्ममा दयासँगै अर्का एक जना नायकको पनि मुख्य भूमिका रहने बताउँदै दीपेन्द्रले केही दिनमा नै सार्वजनिक गर्ने बताएका छन्।

यो फिल्मलाई राजनीतिक कथामा प्रस्तुत गर्ने तयारी दीपेन्द्रको छ। फिल्मको छायांकन चैत महिनाबाट सुरु हुनेछ। निर्देशक लामाले भने, ‘यो फिल्ममा हामीले मानव जातिको लाचारीपना, निर्लज्जता र ढोंगप्रति कडा ब्यङ्ग्य गर्ने तयारी गरेका छौं। फिल्ममा दर्शकले हास्यरस, प्रेम र कारुणिकताको पनि आनन्द लिन पाउनेछन्।’ फिल्मको कथा लेखन अन्तिम चरणमा पुगेको भन्दै उनले कुनै पहाडी गाउँमा फिल्मको छायांकन हुने बताए।

लामाको यो पाँचौं निर्देशकीय फिल्म हुनेछ। उनले, ‘घामपानी, गोपी, छ माया छपक्कै र २ नम्बरी’ फिल्म निर्देशन गरिसकेका छन्।

Metro Mart
worldlink

प्रकाशित: Dec 30, 2022| 04:15. 05 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कथा लेख्नुको मजा छुट्टै छ, धेरै पात्रको जीवन बाँच्न  पाइन्छ: मनिषा गौचन [अन्तर्वार्ता]

'फूलहरुको रंग छैन' कविता संग्रहमार्फत साहित्यमा दर्बिलो उपस्थिति जनाएकी मनिषाको उपन्यास ‘वल्लीको डायरी’ २०६३ मा प्रकाशित भएको थियो। यो उपन्यासले उनलाई राम्रोसँग चिनाएको छ।

त्रयम् अनि बुद्ध र भिखारी मञ्चन

एउटा फ्ल्याट लिएर भाडामा बस्ने तीन युवतीको कथा समेटिएको नाटक त्रयम् अनि बुद्ध र आफ्नो झुपडीमा मुसाले दिएको दुःखबाट दिक्क भएर भाग र भाग्यको अर्थ...