बुधबार, जेठ २४, २०८०

बोर्डद्वारा चलचित्र सेन्सर प्रावधान संशोधन

बोर्डले संशोधन गरेको नियमअनुसार अब ४ दिनअगावै दरखास्त पेस गरे पुग्नेछ।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

काठमाडौं– चलचित्र विकास बोर्डले स्वदेशी तथा विदेशी चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिन चलचित्रको सार्वजनिक प्रदर्शन हुने मितिभन्दा कम्तीमा ७ दिनअगावै दरखास्त पेस गर्नुपर्ने नियम परिमार्जित गरेको छ। बोर्डले संशोधन गरेको नियमअनुसार अब ४ दिनअगावै दरखास्त पेस गरे पुग्नेछ। ११ पुसमा बसेको बैठकले यो नियमलाई संशोधन गरेको हो।

Everest Bank

यसैगरी सोही बैठकबाट बेलुकी ११ बजेपछि चलचित्र प्रदर्शन गर्नुपर्दा आवश्यक शान्ति– सुरक्षाको व्यवस्था सुनिश्चित हुने गरी प्रदर्शकले चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसरी उक्त समय चलचित्र प्रदर्शन गर्नुपरे प्रदर्शन गर्नुअगावै बोर्डलाई जानकारी गराए हुने निर्णय भएको छ।

यसअघि बेलुका ११ बजेसम्म सकिने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसपछि प्रदर्शन गर्नुपरे सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिई चलचित्र विकास बोर्डलाई समेत जानकारी गराउनुपर्ने प्रावधान थियो।

नेपाली चलचित्र क्षेत्रका समस्या समाधान र यस क्षेत्रको हितका लागि विभिन्न संघ–संस्थासँग वार्ता, छलफल गर्न बोर्ड तत्पर रहेको अध्यक्ष भुवन केसीले बताए।

प्रकाशित: Dec 27, 2022| 11:16. 44 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कथा लेख्नुको मजा छुट्टै छ, धेरै पात्रको जीवन बाँच्न  पाइन्छ: मनिषा गौचन [अन्तर्वार्ता]

'फूलहरुको रंग छैन' कविता संग्रहमार्फत साहित्यमा दर्बिलो उपस्थिति जनाएकी मनिषाको उपन्यास ‘वल्लीको डायरी’ २०६३ मा प्रकाशित भएको थियो। यो उपन्यासले उनलाई राम्रोसँग चिनाएको छ।

त्रयम् अनि बुद्ध र भिखारी मञ्चन

एउटा फ्ल्याट लिएर भाडामा बस्ने तीन युवतीको कथा समेटिएको नाटक त्रयम् अनि बुद्ध र आफ्नो झुपडीमा मुसाले दिएको दुःखबाट दिक्क भएर भाग र भाग्यको अर्थ...