आइतबार, जेठ २१, २०८०

राज्यले फिल्म महोत्सवलाई मनोरञ्जन मात्रै सम्झियो

आजको युवा पुस्ता सिनेमा बुझ्ने छन्। विश्व बजारले खोजेको सिनेमाका बारेमा बहस गर्न उनीहरू तयार छन्।
 |  बुधबार, पुस ६, २०७९

राज सरगम

राज सरगम

बुधबार, पुस ६, २०७९

काठमाडौं- नेपाल पर्यटन बोर्डमा जारी ‘नेपाल मानव अधिकार फिल्म फेष्टिबल’को १०औं संस्करणको तेस्रो दिन वृत्तचित्र निर्देशक तथा फेस्टिबलका अध्यक्ष अरूणदेव जोशी उत्साहित देखिए। कारण फेष्टिबलमा आइपुगेको मास थियो। पुसको ठिर्‍याउँदो चिसोलाई प्रवाह नगरी अबेरसम्म राष्ट्रिय अन्तर्राष्ट्रिय फिल्म हेर्न आइपुगेका मास देखाउँदै जोशीले भने, ‘यसकिसिमको मास अघिल्ला संस्करणमा थिएनन्। यो पटक दर्शकको संख्या बढ्यो। आशा गरेभन्दा राम्रो भएको छ।’

Everest Bank

३ पुसदेखि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले उद्घाटन गरेसँगै सुरु भएको १०औं संस्करणसम्म आइपुग्दा निकै चुनौतीहरू झेल्नु परेको बताउँछन् फेष्टिबल निर्देशक पाण्ड केसी।

एउटा फेष्टिबल पूर्ण रूपमा सम्पन्न गर्न वर्षभरि नै काम गर्नुपर्छ। अझ फिल्म फेष्टिबल भन्ने बित्तिकै आर्थिक पाटो र गतिलो फिल्मको छनोट। कतिपय फिल्म फष्टिबल आर्थिक अभावका कारण प्रभावकारी बन्दैन भने फिल्म छनोटमा कमजोर हुँदा आलोचना खेप्नुपर्ने अवस्था छ। चौथो संस्करणदेखि निर्देशकको भार समालेका केसी भन्छन्, ‘फिल्म फेष्टिबल गर्न लजिस्टिक पार्ट र फिल्म छनोटमा चुनौती छ।’

दुर्गम तथा पछाडि पारिएका सीमान्तकृत मानिसलाई मानव अधिकारबारे बुझाउनु आवश्यक छ। दूरदराजमा मानिसलाई मानव अधिकारको शिक्षा प्रदान गर्ने शसक्त माध्यम नै सिनेमा हो। त्यसैले मानव अधिकारको सन्देश प्रवाह गर्न यस्ता महोत्सवले महत्त्पूर्ण भूमिका निर्वाह गर्न सक्छन्। निर्देशक केसीका अनुसार मानव अधिकारका पक्षमा बनेको फिल्म छनोट गर्न सबैभन्दा चुनौती हुन्छ। उनी भन्छन्, ‘मानव अधिकारको कन्टेन्टमाथि कलात्मक फिल्म छनोट गर्नुपर्ने भएकाले फिल्म छनोट अझै गाह्रो छ।’

मानव अधिकार फिल्म फेष्टिबलले मानविय संवेदना र मानविय न्यायका लागि वकालत गर्ने खालका फिल्मलाई पहिलो प्राथमिकतामा राख्ने नै भयो।  मानव अधिकारकै विषयलाई लिएर आन्दोलन पनि भएका न्। उनी भन्छन्, ‘यो फेष्टिबलबाट मानव अधिकारको विषयमा सिनेमाले नै वकालत गर्नेछ।’

Metro Mart
worldlink

नेपाल मानव अधिकार फिल्म फेष्टिबलको छैटौं संस्करणदेखि अध्यक्षको कार्यभार समाल्दै आएका जोशी फेष्टिबललाई अगाडि बढाउन आर्थिक जाँचोपाँचो मिलाउन आफै खटिए। त्यसको लागि उनले काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साहलाई भेट्न कोसिस गरे। 

‘हामीले सम्झिएर कार्यलय नै पुगेका थियौं तर एक्सिसलेबल नै पुर्‍याउन सकिएन। विभिन्न स्रोतबाट भेट्न पनि खोजियो तर सकिएन। सहयोग पाउने त कुरै भएन’, जोशीले भने।   

प्रकाशित: Dec 21, 2022| 11:20. 22 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कथा लेख्नुको मजा छुट्टै छ, धेरै पात्रको जीवन बाँच्न  पाइन्छ: मनिषा गौचन [अन्तर्वार्ता]

'फूलहरुको रंग छैन' कविता संग्रहमार्फत साहित्यमा दर्बिलो उपस्थिति जनाएकी मनिषाको उपन्यास ‘वल्लीको डायरी’ २०६३ मा प्रकाशित भएको थियो। यो उपन्यासले उनलाई राम्रोसँग चिनाएको छ।

त्रयम् अनि बुद्ध र भिखारी मञ्चन

एउटा फ्ल्याट लिएर भाडामा बस्ने तीन युवतीको कथा समेटिएको नाटक त्रयम् अनि बुद्ध र आफ्नो झुपडीमा मुसाले दिएको दुःखबाट दिक्क भएर भाग र भाग्यको अर्थ...