आइतबार, जेठ २१, २०८०

मतदानमा नराखौं विवेक बन्धक

निर्वाचनमा व्यक्तिगत लेनदेनमा उत्रिएका मतदाताले नेतालाई जिम्मेवारी बोध गराउने हैसियत गुमाइसकेका हुन्छन्। पैसाको बलमा जितेका उम्मेदवारको जनतासँग भावनात्मक सम्बन्ध पनि हुँदैन। भलै, उनीहरूले यो कुरा सार्वजनिक रूपमा भन्दैनन्।
 |  सोमबार, कात्तिक २८, २०७९

भानु बोखिम

भानु बोखिम

सोमबार, कात्तिक २८, २०७९

हामीले गर्ने अधिकांश गुनासामा हाम्रै गलत निर्णय जोडिएका हुन्छन्। कतिपयले यो कुरा कहिल्यै महसुस गर्दैनन् वा गर्न चाहँदैनन्। धेरैले महसुस गरे पनि सार्वजनिक रूपमा स्वीकार्न सक्दैनन्। यसका पछाडि उनीहरूको लोभ र संवेगले काम गरेको हुन्छ। लोभ र संवेगबाट प्रभावित हाम्रा निर्णणहरू निर्वाचनका बेला पनि प्रकट भएका छन्। परिणामतः निर्वाचन सकिएपछि नेताका काम र राजनीतिप्रति वितृष्णा पोख्दै आएका छौं।  

Everest Bank

प्रायः मान्छेले अरूमै खोट देख्ने गर्छ। यो मानवीय स्वभाव पनि हो। आफूले गरेको निर्णय वा चालेको कदमप्रति कसैले आलोचना सुन्न वा गर्न चाहँदैन। हामीले राजनीतिप्रति पोख्दै आएको वितृष्णा र नेताप्रति गुनासो यही मनोविज्ञानको परिणाम हो। अक्सर मानिसको लोभ र संवेगले कहिलेकाहीँ सम्भावनाको दायराले साँघुरो बनाइदिन्छ। धेरै पछिको सोच्न नसक्दा घाटाको सौदा गर्न पुगिन्छ। निःस्वार्थ भावनाले आफ्नो जिम्मेवारी मात्र महसुस गर्दैन। अरूलाई जिम्मेवारीबोध पनि गराउँछ। तर निर्वाचनमा व्यक्तिगत लेनदेनमा उत्रिएका मतदाताले नेतालाई जिम्मेवारी बोध गराउने हैसियत गुमाइसकेका हुन्छन्। पैसाको बलमा जितेका उम्मेदवारको जनतासँग भावनात्मक सम्बन्ध पनि हुँदैन। भलै, उनीहरूले यो कुरा सार्वजनिक रूपमा भन्दैनन् ।  

मतदाताबाट गलत निर्णय कसरी भएको छ? यो प्रश्नको ठोष प्रमाण पेस गर्न मुस्किलै होला। यथार्थ यो हो कि मतदाता र उम्मेदवारबीच लेनदेनको घटना हुने गरेका छन्। प्रत्येक उम्मेदवारले निर्वाचनका बेला निर्वाचन आयोगले तोकेको सीमाभन्दा धेरै खर्च गर्छन्। यो अप्रमाणित तथ्य हो। एक समय कांग्रेस नेता शशांक कोइरालाले चुनावमा करोडौं खर्च गरेको बताएका थिए। यसका निम्ति उनले निर्वाचन आयोगलाई स्पष्टीकरण दिनुपरेको थियो। उनले कुन आवेगमा यस्तो कुरा बोले भन्ने थाहा छैन तर नेपालको राजनीतिभित्रको यथार्थ बोले।

कोइरालाले उजागर गरेको विषय निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहनेहरूको साझा समस्या हो। 

निर्वाचनमा व्यक्तिगत लेनदेनमा उत्रिएका मतदाताले नेतालाई जिम्मेवारी बोध गराउने हैसियत गुमाइसकेका हुन्छन्। पैसाको बलमा जितेका उम्मेदवारको जनतासँग भावनात्मक सम्बन्ध पनि हुँदैन। भलै, उनीहरूले यो कुरा सार्वजनिक रूपमा भन्दैनन्।  

यसपालि विभिन्न दलमा आबद्ध केही नेताहरूले निर्वाचन महँगो भएकाले आफूले प्रतिस्पर्धा नगर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए। दलका शीर्ष नेताहरूबाटै निर्वाचन महँगिएको अभिव्यक्ति पनि आएका छन्। महँगो निर्वाचन यातायात, खाना, बासमा खर्चिएको रकमले मात्र भएको हैन। कहीँकतै मतदाताको माग पूरा गर्न पनि रकम प्रयोग गरिएको छ। अर्काेतिर हामी दलको ट्याग भिरेर बसेका छौं। उम्मेदवार खराबै भए पनि मैले आस्था राख्ने दलको उम्मेदवार हो भन्ने सोचिन्छ। यो सोचले कहिलेकाहीँ तुलनात्मक रूपमा खराबलाई जिताउन पुगिन्छ। यी दुवै खाले कदममा हाम्रो विवेक बन्धक हुन पुग्छ। आफ्नो ठानेर खराबलाई मत दिनु वा तत्कालको लाभमा भविष्य बिर्सनु दुवै काम सही निर्णय हैन। काम विवेकसम्मत नभएपछि स्वाभाविक रूपमा गुनासो गर्ने दिन आउँछ। 

Metro Mart
worldlink

खास गल्ती राजनीति दलकै हो। सिद्धान्ततः राजनीति भनेको शक्ति प्राप्तिको खेल मात्र हैन, निष्ठा र दर्शनको आधारमा गरिने जिम्मेवारी वहन पनि हो। राजनीतिको उच्चतम उद्देश्य देशलाई राजनीतिक नेतृत्व प्रदान गर्नु हो। नेतृत्व गर्नेले कसैलाई शक्तिको त्रास वा धनको लोभ देखाएर आफ्नो वशमा पार्नु अवान्छित मानिन्छ। नेतृत्व देश र नागरिकको जीवनलाई समृद्ध बनाउने योजना र रणनीतिको आधारमा हुनुपर्छ। तर हाम्रा राजनीतिक दलसँग सही योजना र रणनीति छैन। यो अर्थमा राजनीतिक दलमा समस्या देखिन्छ तर दलहरू पूर्ण खराब भने छैनन्। यस्तोमा दल तथा नेताको शुद्धीकरण हाम्रो सही मतदानले गर्न सक्छ। लोकतन्त्रको विशेषता भनेकै हामीसँग चुन्ने अधिकार हुन्छ। भलै, हामीले सोचेजस्तो उम्मेदवार पाएका छैनौं होला। तर उपलब्ध उम्मेदवारमा कोही कम कमसल हुन सक्छन् वा पूर्ण नभए पनि कोही अलि बढी जिम्मेवार हुन सक्छन्। 

हामी दलको ट्याग भिरेर बसेका छौं। उम्मेदवार खराबै भए पनि मैले आस्था राख्ने दलको उम्मेदवार हो भन्ने सोचिन्छ। यो सोचले कहिलेकाहीँ तुलनात्मक रूपमा खराबलाई जिताउन पुगिन्छ। यी दुवै खाले कदममा हाम्रो विवेक बन्धक हुन पुग्छ। आफ्नो ठानेर खराबलाई मत दिनु वा तत्कालको लाभमा भविष्य बिर्सनु दुवै काम सही निर्णय हैन। 

राजनीतिशास्त्रले राजनीतिलाई सर्वाेच्च स्थानमा राखेको छ। सुन्दर दर्शनको परिकल्पनाको साथ राजनीतिलाई सर्वोच्च स्थानमा राखिएको हो। तर राजनीतिमा लागेकाहरू राजनीतिको सुन्दर दर्शन र सिद्धान्तको दायराभित्र रहन्छन् भन्ने छैन। यो शक्तिको खेल हो भन्ने चर्चा गरिसक्यौं। शक्तिको खेलमा लक्ष्य शक्ति प्राप्त गर्ने नै हुन्छ।

राजनीतिको शक्ति अन्य कुनै पनि पद, ज्ञान तथा सफलताको शक्तिभन्दा माथि हुन्छ भन्ने प्रमाणित भएको छ। अहिलेको निर्वाचनमा चलेका अर्थशास्त्री र विश्वले चिनेका उद्योगपति गाउँको धुलो माटोमा हिँडिरहेका छन्। कुनै पनि पेसा वा संगठनबाट सर्वोच्च पदमा पुगेका व्यक्तिहरूले दलको झन्डा बोकेका छन्। निर्वाचनको मैदानमा उत्रिएर ठूला–ठूला सपना बाँडिरहेका छन्। उनीहरूले जनताको हितमा थोरबहुत काम बाध्यतापूर्वक गर्छन् नै। तर उनीहरू हाम्रो हितका लागि मात्र अहिले गाउँगाउँमा घुमिरहेका छैनन्। धुलो माटोसँग सात्क्षात्कार गरिरहेका छैनन्। उनीहरूले आफ्नो क्षेत्रको विज्ञता र सफलता हासिल गर्दा राजनीतिको शक्ति पनि राम्ररी बुझेका छन्। राजनीतिको शक्तिले धेरै हदसम्म उनीहरूलाई लोभ्याएको छ भन्दा अतिशयोक्ति हुँदैन।

शक्तिको खेलमा सहभागी हुनेको पहिलो उद्देश्य आफू शक्तिशाली हुनु हो। शक्तिशाली हुन विजय अनिवार्य छ। जसरी पनि जित्ने नाममा उम्मेदवारले अवान्छित रूपमा मतदातालाई प्रभावित गर्न खोज्छन्। यसबारे सचेत हुने मतदाता स्वयंले हो। मतदाताले अवान्छित लाभ नलिई निर्वाचनमा भाग लिए लोकतन्त्रलाई बलियो बनाउँछ। बलियो लोकतन्त्रमा राजनीतिज्ञ तथा दलप्रतिको गुनासा खुम्चिँदै जान्छन्। 

मतदाताले एउटा निर्वाचित सांसदको सीमा र शक्ति बुझ्न जरुरी छ। कुन दलका नेताको मनोविज्ञान के छ र उसका सामाजिक, आर्थिक नीति के हुन् भनेर सोच्न जरुरी छ। अहिले मलाई (मतदाता)के मिल्छ भन्ने प्रश्नले भविष्यमा नेता तथा दललाई प्रश्न गर्ने हैसियत गुमाउन पुग्छौं। प्रश्न गर्ने आधार गुमाउनु भनेको दल तथा राजनीतिक दललाई जिम्मेवारीबोध गराउने आधार गुमाउनु पनि हो। विवेक बन्धक राखेर मतदान गर्नु भनेको लोकतान्त्रिक अधिकारको सही उपयोग नगर्नु पनि हो।

प्रकाशित: Nov 14, 2022| 08:10. 44 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

गणतन्त्रको सबलीकरणको पक्षमा

वर्तमान ठूला दलहरुले विगतका आफ्ना कमीकमजोरीबाट चेत्दै सुध्रिन सकेमा अन्यथा नयाँ पुस्ताका नयाँ दल र नेतृत्वले वर्तमान परिवर्तनको कार्यभार समयको मागअनुसार निष्ठापूर्वक सम्हाल्दै जनताको मन...

छैटौं वार्षिकोत्सवमा हाम्रो प्रण

नागरिकका दैनन्दिनका समस्या ज्युँका त्युँ छन्। आवाजविहीनको आवाज मानिने पत्रकारिता क्षेत्रको भूमिका यस्तो अवस्थामा अझ बढी हुने गर्छ। आम नागरिकका सरोकार नै हाम्रा मूल विषयवस्तु...

शरणार्थी बनेर अमेरिका छिरेका शताब्दी कूटनीतिज्ञ हेनरी किसिन्जर 

सन् १९७० को दशकमा अमेरिकी सत्ताको केन्द्रमा रहेका हेनरी किसिन्जरले नेपालबारे पनि चासो राखेको पाइन्छ। 

भाषण र नारामा विश्वास गर्ला र अन्तर्राष्ट्रिय जगतले?

हाम्रो परराष्ट्र नीति र कूटनीति सफल हुनका लागि हाम्रो सरकार, संसद्, अदालत र सुरक्षा निकाय वा संस्था अरूहरूको दृष्टिमा स्वच्छ, सुदृढ, विश्वसनीय र निर्भरयोग्य हुनु...

संघीयता स्वीकार्न नसकिरहेको एमाले 

एमालेलाई संघीयताप्रति अरुची किन हो ? यो कुरा राम्रोसँग बुझ्न सकिएको छैन। तर एमाले जस्तो जिम्मेवार दलले आन्दोलन र संविधानको विरुद्ध गएर संघीयताको विरोध गर्दा...