बिहीबार, वैशाख १३, २०८१

मिखाइल गोर्वाचेभ : जसले आफ्नै शक्ति प्रयोग गरेनन्

कसैले पनि सोभियत संघको आर्थिक, सैन्य र राजनीतिक अधोगति त्यति द्रुत गतिमा होला भनेर अनुमान नै गरेको थिएन। परिस्थिति सम्हाल्ने प्रयास गर्दागर्दै पनि गोर्वाचेभले झनै ध्वंस गरे।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

(सोभियत संघका अन्तिम राष्ट्रपति एवं सोभियत संघको कम्युनिस्ट पार्टीका पूर्व महासचिव मिखाइल गोर्वाचेभ ९१ वर्षको उमेरमा गत ३० अगस्टमा संसारबाट बिदा भए। उनकै शासनकालमा संसारकै पहिलो र ठूलो समाजवादी राज्य सोभियत संघ विघटित भयो र पश्चिमा उदारवादी पद्धति अपनाउन थाल्यो।

triton college

सन् १९३१ मा दक्षिणी रुसमा किसान परिवारमा जन्मेका गोर्वाचेभ सन् १९८५ मा महासचिव भएलगत्तै विभिन्न सुधारवादी काम थाले जसलाई उनले नाम दिए– पेरेस्त्रोइका र ग्लासनोस्त। पेरेस्त्रोइका राजनीतिक र आर्थिक प्रणालीको सुधार थियो भने ग्लास्नोस्त खुला प्रेस र वाक्स्वतन्त्रताको थालनी। यद्यपि सुरुदेखि नै उनले थालेको आर्थिक सुधारले गम्भीर चुनौती खेप्नुपर्‍यो। सोभियत संघको वैदेशिक कारोबारको ठूलो स्रोत रहेको तेलको मूल्यमा विश्व्यापी रुपमा आएको गिरावट, आर्मेनियामा आएको भूकम्प र चेर्नोबिल आणविक दुर्घटनाले देशभित्र गोर्वाचेभको छवि धमिलियो।

अर्कोतर्फ अफगानिस्तानबाट सेना फिर्ता, पूर्वी मध्य युरोपका सोभियत संघमा आबद्ध देशको स्वतन्त्रता र आणविक हतियार कटौतीजस्ता कदमबाट उनले पश्चिमा जगतमा समर्थन कमाए। देशभित्र भने उनी देशलाई कमजोर बनाएकोमा आलोचित भए। सन् १९८० दशकको अन्त्यतिर पुग्दा उनी कुनै पनि प्रकारको परिवर्तन नचाहने अनुदारवादी कुलीन र तीव्र परिवर्तन चाहने प्रजातन्त्रवादीहरुको चेपुवामा परे।

रकार प्रमुखका रुपमा उनी सोभियत संघभित्रका गैररुसी गणतन्त्र आर्मेनिया, अजरबैजान, जर्जिया र लिथुवानियामा भएका राष्ट्रवादी आन्दोलनको सामना गर्न असफल रहे। सन् १९९१ मा उनले गरेको जनमत संग्रहमा तीन चौथाईले समान अधिकारसहितका प्रजातान्त्रिक गणतन्त्रको संघमा सोभियत संघ परिणत हुने पक्षमा मतदान गरे। तैपनि सोभियत संघ विभाजन हुन रोकिएन। केही महिनापछि गोर्वाचेभविरुद्ध उनकै सैनिक अधिकारी र गुप्त प्रहरीहरूले कू गरे। त्यो कू असफल भए पनि विजयी हुने गोर्वाचेभ नभई यल्तसिन हुन पुगे।

उनै गोर्वाचेभबारे सर्बियाली- अमेरिकन अर्थशास्त्री ब्रान्को मिलेनोभिकले गरेको टिप्पणी लेखकको अनुमतिमा लक्ष्मण श्रेष्ठले भावानुवाद गरेका छन्।)

corrent noodles
Metro Mart

२४ फेब्रुअरी २०२२ अघि भगवानले मिखाइल गोर्भाचेभलाई मृत्युवरणको अनुमति दिएनन्। उनी जेका लागि प्रतिबद्ध भए त्यसको विध्वंश नहेरेकाले मिखाइल गोर्वाचेभप्रति भगवान् त्यति साह्रो दयालु भएनन्। वर्तमान परिस्थितिले कहिलेकाहीँ समयमै शक्तिको प्रयोग नगर्दा झन् ठूलो विध्वंसतिर डोर्‍याउँछ भन्ने समीक्षा गर्न उत्प्रेरित गर्छ। मिखाइल गोर्वाचेभले सोभियत संघ कायम राख्ने र तङ स्याओफिङले चीनमा गरेजस्तै शक्तिको प्रयोग गरेको भए सम्भवतः हामी अहिलेको मुर्खतापूर्ण ध्वंसात्मक युद्ध हेर्न बाध्य हुने थिएनौं। हजारौंको जीवन लिइसकेको युद्ध आणविक ध्वंससम्म पुग्नसक्छ। आफूलाई दयालु ठान्ने राजनीतिज्ञले पनि मानव जीवनलाई केवल अंकमा सीमित गर्ने यस्तो बिडम्बनापूर्ण निर्णय लिएका छन्। 

गोर्वाचेभले त्यस्तो गर्न खुल्लमखुल्ला अस्वीकार गरेका थिए। अजरबैजानको बाकुदेखि अमेरिकाको वासिंगटनसम्म कसैले पनि उनलाई गम्भीरतापूर्वक लिएनन् जबकि उनीसँग विश्वको सबैभन्दा ठूलो आणविक हतियारको भण्डारण थियो। संसारकै दोस्रो ठूलो सेना थियो। लाखौं प्रहरी र घरेलु सुरक्षा शक्ति थियो। र एकाधिकारवादी पार्टीको महासचिव हुनुको नाताले उनीप्रति दुई करोड सदस्यको निसन्देह निष्ठा थियो। त्यसैले उनी शक्ति प्रयोग गर्न समर्थ थिए। आफ्नो यो पक्षलाई बेवास्ता गर्नु ठूलो गल्ती थियो। 

कसैले पनि सोभियत संघको आर्थिक, सैन्य र राजनीतिक अधोगति त्यति द्रुत गतिमा होला भनेर अनुमान नै गरेको थिएन। परिस्थिति सम्हाल्ने प्रयास गर्दागर्दै पनि गोर्वाचेभले झनै ध्वंस गरे। 

राज्य सञ्चालन कौशलको कोणबाट उनको मूल्यांकन इतिहासकै अद्वितीय असफलताकै रुपमा निर्ममतापूर्वक गरिनुपर्छ। मानवताको कोणबाट भने उनको मूल्यांकन नरम रुपमा गरिनुपर्छ। उनले लाखौं जनतालाई स्वतन्त्रताको पुनः प्राप्तिका लागि छुट दिए। उनले केवल घोषणा गरेनन् बरु आन्तरिक र विदेश मामिलामा अहिंसाको सिद्धान्तमा प्रतिबद्ध रहे। र, आवश्यक नहुँदानहुँदै पनि युद्ध गर्न र मानिसहरुको जीवनलाई खतरामा पार्न नचाहेकाले स्वेच्छाले पद त्याग गरे। तर गतिलो देखिनका लागि, वास्तवमा भन्दा अराजनीतिक बनेर उनले अझ खत्तम मान्छेका लागि मैदान खाली गरिदिए। 

सोभियत संघजस्तो जटिल, इतिहासबाट अत्यधिक दमित, बहुराष्ट्रिय र विशाल साम्राज्य सञ्चालन गर्न उनी सक्षम थिएनन्। त्यसमाथि उनी शासनमा पुग्दासम्म सोभियत संघ थुप्रै समस्यामा फसिसकेको थियो। अफगानिस्तान युद्ध, अमेरिकाजस्तो बलियो प्रतिद्वन्द्वीसँगको हतियारको प्रतिस्पर्धा र अर्ध–स्थिर अर्थतन्त्रबाट थिलथिलो भइसकेको थियो। त्यसैले गोर्वाचेभ शासनमा उक्लिँदाको परिस्थिति सहज थिएन। यद्यपि त्यो व्यवस्थापन गर्न सक्ने अवस्थामा थियो। कसैले पनि सोभियत संघको आर्थिक, सैन्य र राजनीतिक अधोगति त्यति द्रुत गतिमा होला भनेर अनुमान नै गरेको थिएन। परिस्थिति सम्हाल्ने प्रयास गर्दागर्दै पनि गोर्वाचेभले झनै ध्वंस गरे। विगतको मूल्यांकन गर्दा, सम्भवतः गोर्वाचेभप्रतिको श्रद्धाका कारण धेरै मानिस परिस्थिति एकदमै बिग्रिसकेको र ‘सुधार्न नसकिने’ अवस्थामा पुगेको थियो भन्ने गर्छन्। त्यो कोणबाट हेर्दा गोर्वाचेभको भूमिका नगण्य देखिन्छ। तर यो दृष्टिकोण गलत हो। एक सक्षम शासक, एक रक्षक राजनीतिज्ञ, एक निर्भयी मानिसले परिस्थितिलाई भिन्दै तरिकाले सम्हाल्छ र सम्भावित प्रकोपलाई रोक्न सक्छ। 

प्रकाशित: Sep 03, 2022| 18:58 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...