बुधबार, जेठ २४, २०८०

सम्पत्ति शुद्धीकरणमा 'ग्रे जोन'मा परे के हुन्छ?

मूल्यांकनको दोस्रो पक्ष कानुनको कार्यान्वयनको अवस्था हो। त्यसमा नेपालको स्कोर अवश्यै कम आउँछ।
 |  बुधबार, भदौ १५, २०७९

महाप्रसाद अधिकारी

महाप्रसाद अधिकारी

बुधबार, भदौ १५, २०७९

सन् २०११ मा नेपाल सम्पत्ति शुद्धीकरण सम्बन्धी मूल्यांकनमा 'डार्क ग्रे एरिया'मा परेको प्रतिवेदन सार्वजनिक भयो। त्यसपछि अमेरिकाको न्युयोर्कस्थित संयुक्त  राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधिकोको नाममा रहेको खाता अमेरिकाले बन्द गरिदियो। नेपालले खाता चलाउन पाएन। खाता सञ्चालनका लागि हामीले निकै सास्ती व्यहोर्नुपर्‍यो। 

Everest Bank

'ग्रे एरिया'मा पर्दा कस्तो समस्या भोग्नुपर्छ भन्ने यो एक उदाहरण मात्र हो। अहिले सन् २०२२ जुलाईबाट सुरु भएको सम्पत्ति शुद्धीकरणमा नेपालको मूल्यांकनका लागि सन् २०२३ सम्म अध्ययन चल्नेछ। हामीले पठाउने प्रतिवेदन त राम्रो पठाएका छौँ तर उनीहरुले गर्ने स्थलगत अनुगमनमा हाम्रो केही लाग्दैन। वित्तीय कारबाही कार्यदल (एफएटीएफ)ले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्ययन तथा मूल्यांकन गर्दै आएको छ। 

सन् २०१० मा स्थलगत भ्रमणमा आएको वित्तीय कारबाही कार्यदल (एफएटीएफ) अन्तर्गतको एसिया प्रशान्त क्षेत्र हेर्ने एसिया प्रशान्त क्षेत्र समूह (एपीजी)को मूल्यांकनमा आएको टोलीले नेपालमा कानुनको कार्यान्वयनको अवस्थाको बारेमा आफैले जाँच गरेको थियो। नेपाल भ्रमण गरेका टिम लिडरले ‘कस्टम डिक्लारेसन फर्म भर्‍यो। उसले जानीबुझी कसैलाई देखाएन। कसैले उसबाट सो फर्मको माग पनि गरेन। तर भोलिपल्टको नेपाली टिमसँगको मिटिङमा टिम लिडरले सो फर्म खल्तीबाट झिकेर भनेका थिए तपाईंहरुको ‘कस्टम डिक्लारेसन फर्म’ यहाँ छ। के हो तपाईंहरुको सिस्टम? 

'ग्रे एरिया'बाट बाहिर निस्कनका लागि सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधन गर्ने, सम्पत्ति शुद्धीकरण विभाग गठन गर्नेलगायतका काम गर्न आश्वस्त पार्नुपरेको थियो।

यसबाट नै प्रष्ट हुन्छ कि मूल्यांकनकर्ता सम्पत्ति शुद्धीकरणको बारेमा कसलाई सोध्छ? कहाँ जान्छ? कसरी हेर्छ भन्ने विषयमा हामीलाई थाहा नै हुँदैन। उनीहरुले निजी क्षेत्रको भनाइलाई बढी महत्त्व दिने गरेका छन्।

सन् २०१४ मा नेपाल 'ग्रे एरिया'बाट बाहिर निस्कनका लागि सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधन गर्ने, सम्पत्ति शुद्धीकरण विभाग गठन गर्नेलगायतका काम गर्न आश्वस्त पार्नुपरेको थियो। तर तिनै कुरा कुरा सधै पर्याप्त हुँदैनन्। १० वर्षपछि पनि उही कुराको प्रतिबद्धता गर्दा देशको छवि राम्रो बन्दैन।

Metro Mart
worldlink

अहिले ती कुराहरु अपर्याप्त भइसकेका छन्। अहिले पनि नेपालले धेरैवटा कानुन परिवर्तन गर्न जरुरी देखिएको छ। समय अनुसार कानुन परिवर्तन गरिरहनुपर्छ। अहिले भर्चुअल करेन्सी ‘क्रिप्टो’को कुरा आएका छन्। पहिले क्रिप्टोको कुरा थिएन, त्यसले पनि नयाँ कानुनको माग गरेको छ। 

सम्पत्ति शुद्धीकरणसम्बन्धी मूल्यांकनका दुई चरण छन्। पहिलो चरण 'टिक लगाउने' हो भने दोस्रो चाहिँ एफएटीएफ टोलीको स्थलगत भ्रमण हो। पहिलो चरणमा टिक लगाएर करिब ८०० पेजको डकुमेन्ट पठाइसकेका छौँ। त्यसका लागि साथीहरू दिनरात खटिनुभएको थियो। पहिलो चरणमा नेपालले राम्रो स्कोर ल्याउला। मूल्यांकनको दोस्रो पक्ष कानुनको कार्यान्वयनको अवस्था हो। त्यसमा नेपालको स्कोर अवश्यै कम आउँछ। 

कानुनको कार्यान्वयनमा हामी निक्कै कमजोर छौँ। यो हामी सबैले स्वीकारेकै कुरा हो। सन् २०२० मा गरिएको राष्ट्रिय जोखिम मूल्यांकनले पनि देखाएको छ। भ्रष्टाचार र हुन्डी निवारणका विषयमा नेपाल निक्कै कमजोर छ। 

सम्पत्ति शुद्धीकरणको विषयमा बैंक तथा वित्तीय क्षेत्रबाट हुने सहयोगको अपेक्षा पनि निक्कै बढी छ। सम्पत्तिलाई शुद्धीकरण गर्ने मुख्य माध्यम नै बैकिङ च्यानल हो। गलत ढंगबाट आर्जन गरेको पैसा लगेर बैंकमा राख्यो, त्यहाँबाट निकालेपछि सफा भइहाल्छ। बैकिङ सिस्टमले अवैधानिक पैसालाई वैधानिकता प्रदान गर्न नहुने भनेर हामी विभिन्न समयमा निर्देशन पनि दिएका छौँ। 

प्रकाशित: Aug 31, 2022| 09:46. 25 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

गणतन्त्रको सबलीकरणको पक्षमा

वर्तमान ठूला दलहरुले विगतका आफ्ना कमीकमजोरीबाट चेत्दै सुध्रिन सकेमा अन्यथा नयाँ पुस्ताका नयाँ दल र नेतृत्वले वर्तमान परिवर्तनको कार्यभार समयको मागअनुसार निष्ठापूर्वक सम्हाल्दै जनताको मन...

छैटौं वार्षिकोत्सवमा हाम्रो प्रण

नागरिकका दैनन्दिनका समस्या ज्युँका त्युँ छन्। आवाजविहीनको आवाज मानिने पत्रकारिता क्षेत्रको भूमिका यस्तो अवस्थामा अझ बढी हुने गर्छ। आम नागरिकका सरोकार नै हाम्रा मूल विषयवस्तु...

शरणार्थी बनेर अमेरिका छिरेका शताब्दी कूटनीतिज्ञ हेनरी किसिन्जर 

सन् १९७० को दशकमा अमेरिकी सत्ताको केन्द्रमा रहेका हेनरी किसिन्जरले नेपालबारे पनि चासो राखेको पाइन्छ। 

भाषण र नारामा विश्वास गर्ला र अन्तर्राष्ट्रिय जगतले?

हाम्रो परराष्ट्र नीति र कूटनीति सफल हुनका लागि हाम्रो सरकार, संसद्, अदालत र सुरक्षा निकाय वा संस्था अरूहरूको दृष्टिमा स्वच्छ, सुदृढ, विश्वसनीय र निर्भरयोग्य हुनु...

संघीयता स्वीकार्न नसकिरहेको एमाले 

एमालेलाई संघीयताप्रति अरुची किन हो ? यो कुरा राम्रोसँग बुझ्न सकिएको छैन। तर एमाले जस्तो जिम्मेवार दलले आन्दोलन र संविधानको विरुद्ध गएर संघीयताको विरोध गर्दा...