बिहीबार, वैशाख १३, २०८१

पुस्तकालय जस्ता छैनन् सामुदायिक र विद्यालयका पुस्तकालय

पुस्तकालय दिवस मनाइरहँदा वर्तमान समयमा सामुदायिक विद्यालयमा पुस्तकालय छन् वा छैनन्? छन् भने ती पुस्तकालयको अवस्था कस्तो छ? नियमित रूपमा पुस्तकालय खुल्छ कि खुल्दैन? त्यहाँ भएका पुस्तक बालमैत्री, विद्यार्थीमैत्री छन् की छैनन्?
 |  बुधबार, भदौ १५, २०७९

रवि सेन्चुरी

रवि सेन्चुरी

बुधबार, भदौ १५, २०७९

नेपालमा वि.सं. २०६५ सालदेखि हरेक वर्ष भाद्र १५ का दिन पुस्तकालय दिवस मनाउँदै आइरहेको छ। दिवसको अवसरमा पुस्तकालय लक्षित विभिन्न कार्यक्रम देशभर आयोजना हुने गर्छन्। स्थानीय स्तरदेखि केन्द्रीय तहसम्म हुने कार्यक्रममा पुस्तक प्रेमीले आफ्ना पुस्तकालय केन्द्रित विचार विभिन्न पत्रपत्रिका र वक्ताका रूपमा राख्ने गर्छन्। प्राय सार्वजनिक पुस्तकालय, पाठन संस्कृतिमा केन्द्रित हुने बहसलाई अब हामीले सामुदायिक विद्यालयमा रहेका पुस्तकालयको बारेमा पनि बहस र छलफल गर्न जरुरी छ। यदि हामीले सामुदायिक विद्यालयमा रहेका पुस्तकालय बारमा समयमा नै बहस, छलफल गर्न सकेमा हजारौं समुदाय विद्यालयमा रहेका पुस्तकालयको आधुनिकीकरण, स्तरोन्नति साथै समयसापेक्ष बनाउन सकिन्छ। फलस्वरूप प्रत्यक्ष रूपमा लाखौं विद्यार्थी त्यसबाट लाभान्वित हुन सक्छन्।

triton college

हामीले सामुदायिक विद्यालयमा पुस्तकालयको उचित व्यवस्थापन गर्न सकेमा स्कुलले जीवनबाटै विद्यार्थीमा पुस्तक अध्यापन गर्ने संस्कारको विकास गर्न सक्छौं। साथै उक्त विद्यालयमा रहेको पुस्तकालयप्रति शिक्षक, कर्मचारी, विद्यार्थी, व्यवस्थापन समिति र स्थानीय जनप्रतिनिधिलाई थप जिम्मेवार बनाउन सकिन्छ। पुस्तकालय नभएका विद्यालयमा पुस्तकालय निर्माण र व्यवस्थापन गर्नका लागि आह्वान गर्न सकिन्छ।

हामीले पुस्तकालय दिवस मनाइरहँदा वर्तमान समयमा सामुदायिक विद्यालयमा पुस्तकालय छन् वा छैनन्? छन् भने ती पुस्तकालयको अवस्था कस्तो छ? नियमित रूपमा पुस्तकालय खुल्छ कि खुल्दैन? त्यहाँ भएका पुस्तक बालमैत्री, विद्यार्थीमैत्री छन् की छैनन्? विद्यार्थीले कतिको सहज रूपमा पुस्तक अध्ययन गर्न पाउँछन् वा पाउँदैनन्? विद्यालयले आफैँ पुस्तक किनेर ल्याउँछ वा कुनै व्यक्ति तथा संघसंस्थाले उपहार दिएका छन्? पाठ्यक्रमका पुस्तक मात्र छन् वा पाठ्यपुस्तक भन्दा बाहिरका अन्य पुस्तक पनि छन्? सामुदायिक विद्यालयका पुस्तकालय निर्माण र व्यवस्थापनका लागि स्थानीय पालिका र वडाले आफ्नो योजना तथा कार्यक्रममा कसरी सम्बोधन गरेका छन्। 

यी निम्न बहसले पुस्तकालयको विकास र पाठक संस्कृति प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्छ। अबको समाज हामीले कस्तो निर्माण गर्छौ भन्ने विषय हामीले हाम्रो विद्यालय र विद्यार्थीलाई कस्तो र कसरी लगानी गरिरहेकाछौं?, कस्तो अवसर प्रदान गरेका छौं? भन्ने कुराले महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ।  विद्यार्थीले स्कुल जीवनमा सिकेका ज्ञान, अनुभवले विद्यार्थी जीवनपछि महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले हरेक विद्यार्थीलाई ज्ञानसँग जोड्न जरुरी छ। ज्ञानको स्रोत मध्ये पुस्तकालय पनि एक हो। तसर्थ ज्ञान निर्माण निम्ति पाठ्य पुस्तकसँगै अन्य पुस्तक पनि विद्यार्थीको सहज पहुँचमा हुनुपर्छ। त्यो विद्यालयमा हुने पुस्तकालयले परिपूर्ति गर्छ। निम्न आर्थिक अवस्था भएका विद्यार्थीले पनि सहज रूपमा पुस्तकालयबाट पुस्तक अध्ययनको लागि प्राप्त गर्न सक्छन्।

अबको समयमा भौतिक विकास सँगसँगै मानवीय विकास पनि महत्त्वपूर्ण पक्ष हो। मानवीय विकासको पहिलो महत्त्वपूर्ण आधार शिक्षा हो। हरेक बालबालिकालाई सैद्धान्तिक शिक्षासँगै व्यवहारिक शिक्षा पनि आवश्यक छ। सैद्धानिक र व्यवहारिक शिक्षाका निम्ति हामीले कस्तो पुस्तक पढ्छौं। ती पुस्तक हामीले कसरी प्राप्त गर्छौं जस्ता कुराले पनि महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ। तसर्थ विद्यार्थी जीवन सिक्ने, बुझ्नसँगै ज्ञान मन्थनका दृष्टिकोले स्वर्ण युग मानिन्छ। विश्वका सफल व्यक्तिको जीवनलाई अध्ययन गर्दा पनि उनीहरूले आफ्नो विद्यार्थी जीवनकालमा मज्जा गहन तरिकाले विभिन्न पाठ्यक्रम पुस्तकसँगै अन्य बाहिरी पुस्तक अध्ययन गरेको पाइन्छ।

corrent noodles
Metro Mart
सामुदायिक विद्यालयमा अस्तव्यस्त छरिएका पुस्तकहरू, कुन कक्षाको पाठ्यक्रम, विभिन्न पुस्तक मिलाएर राखेको खण्डमा विद्यार्थीलाई पनि पढ्न, पुस्तक खोज्न सजिलो हुन्थ्यो। तर, अपवाद बाहेक प्राय सामुदायिक विद्यालयमा पुस्तक मिलाएर राखेको पाइँदैन। 

वि.सं. १८६९ भाद्र १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको ऐतिहासिक उपलब्धिलाई हेर्दा नेपालमा दुई सय १० वर्षको इतिहास निर्माण भएको छ। यो बीच देशमा धेरै रूपान्तरण भइसकेको छ। विदेशमा पुस्तक छपाइदेखि नेपालमै सयौं पुस्तक प्रकाशक कम्पनी खोलिएका छन्। देश विदेशका कुनै पनि विद्याका पुस्तक सजिलै प्राप्त गर्न सकिन्छ। दिनप्रतिदिन पाठक र पुस्तकबीचको दूरी घट्दो छ। तर पनि हाम्रा अधिकांश सामुदायिक विद्यालयका पुस्तकालयलाई अवलोकन गर्दा अपवाद बाहेक त्यति सन्तुष्टि हुने ठाउँ देखिँदैन। 

सामुदायिक विद्यालयमा अस्तव्यस्त छरिएका पुस्तकहरू, कुन कक्षाको पाठ्यक्रम, विभिन्न पुस्तक मिलाएर राखेको खण्डमा विद्यार्थीलाई पनि पढ्न, पुस्तक खोज्न सजिलो हुन्थ्यो। तर, अपवाद बाहेक प्राय सामुदायिक विद्यालयमा पुस्तक मिलाएर राखेको पाइँदैन। यत्रतत्र छरिएका पुस्तकले पुस्तकालयका स्वरूपलाई नै जिस्काइरहेको देखिन्छ।

सामुदायिक विद्यालयमा विभिन्न संघसस्था, व्यक्तिले विभिन्न अवसर पारेर पुस्तक प्रदान गर्ने गरेको पाइन्छ। ती प्राय बाल र विद्यार्थी मैत्री हुँदैनन्। व्यक्तिले प्राय आफूले अध्ययन गरेर ती पुस्तक दिएको पाइन्छ। संघसंस्थाहरूले पनि विद्यार्थीको आवश्यकतालाई भन्दा पनि आफ्नो अनुकूल पुस्तक प्रदान गरेको देखिन्छ।

स्थानीय सरकारको ध्यान पुग्न सकेको छैन

स्थानीय तहको वार्षिक योजना तथा कार्यक्रमलाई अध्ययन गर्दा प्राय पालिका र वडाले सामुदायिक विद्यालयका पुस्तक निर्माण, स्तरोन्नति गर्न तिर त्यति ध्यान दिइएको पाइँदैन। साथै निर्वाचित जनप्रतिनिधिले पनि विद्यालयमा गएर त्यहाँको पुस्तकालयको जानकारी लिएको पाइँदैन। जसले गर्दा सामुदायिक विद्यालयका पुस्तकालय जति विकास हुनुपर्ने हो त्यति सकिरहेको छैन।

बाल र विद्यार्थी मैत्री पुस्तकको अभाव

प्राय सामुदायिक विद्यालयमा विभिन्न संघसस्था र व्यक्तिबाट उपहार स्वरुप पुस्तक आउने भएकाले ती पुस्त बाल र विद्यार्थीमैत्री हुँदैनन्। समय समयमा पुस्तक थप गरेको पाइँदैन। विद्यार्थीका लागि चाहिने नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐनलगायत दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने पुस्तकको अभाव रहेको देखिन्छ।

अध्ययन मैत्री वातावरणको अभाव

कतिपय सामुदायिक विद्यालयका पुस्तकालय प्रधानाध्यापक कोठामा रहेको दराजमा सीमित हुन्छन्। फरक कोठामा छ भने पनि बन्द रहेको पाइन्छ। विद्यार्थीलाई आफ्नै क्लासको पढाई भ्याउन हतार हुन्छ।

क्लास पढ्न पर्ने बाध्यता हुन्छ। कुनै सर, म्याडम नआएको बखत पुस्तकालय गएर अध्यापन गर्दा पनि होहल्ला हुने जस्ता कारणले सामुदायिक विद्यालयका पुस्तकालय अध्ययनमैत्री वातावरण छैन।

जबाफदेहिता र जिम्मेवारीको अभाव

सामुदायिक विद्यालयको पुस्तकालयको अवस्था हेर्दा विद्यालय कर्मचारी, शिक्षक, शिक्षिका, व्यवस्थापन समितिको भौतिक निर्माण, पठनपाठनमा अल्लि बढी ध्यान केन्द्रित भएको देखिन्छ। अपवाद बाहेक सम्बन्धित निकायले विद्यालयमा पुस्तकालय निर्माण गर्नुपर्छ। त्यसलाई समय-समयमा पुस्तक थप्नुपर्छ भनेर चासो कम दिएको देखिन्छ। 

यदि हामीले पुस्तकालय संस्कृतिलाई विकास गर्ने हो भने सर्वप्रथम पुस्तकालय स्तरबाटै विद्यार्थीलाई पुस्तकको बानी बसाल्न सक्नु पर्छ। नेपाल सरकारले सामुदायिक विद्यालयको पुस्तकालय विकासका निम्ति बजेट छुटाए पनि सही रूपमा सदुपयोग हुन सकिरहेको छैन। तसर्थ शिक्षक, विद्यालय व्यवस्थापक समिति, स्थानीय जनप्रतिनिधिले विशेष ध्यान दिन जरुरी छ। 

त्यस्तै पुस्तक दिने सङ्घसंस्थाहरूले विद्यालयमा बाल विकास, आधारभूत र मावि गरी तीन तहका विद्यार्थी रहेका हुन्छन् भनेर बुझ्न जरुरी छ। र, निश्चित समयमा विद्यालयको पहल कदममा पुस्त थपिरहन आवश्यक छ। विभिन्न कार्यक्रमका माध्यमबाट विद्यार्थीलाई पुस्तकालयको महत्त्व र प्रयोगबारे जानकारी गराउँदै उनीहरूलाई थप जिम्मेवार बनाउन जरुरी छ। यदि मात्र गर्न सके हामीले वार्षिक रूपमा मनाउने पुस्तकालय दिवसको सार्थकता हुन्छ।

लेखक तिलोत्तमा नगरपालिकाको कार्यपालिका सदस्य एवं सामाजिक विकास समिति संयोजक हुन्।

प्रकाशित: Aug 31, 2022| 08:20 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...