शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • प्रविधि
  • साउदी अरबविरूद्ध जासुसी गरेको आरोपमा ट्वीटरका पूर्व कर्मचारी दोषी ठहर

साउदी अरबविरूद्ध जासुसी गरेको आरोपमा ट्वीटरका पूर्व कर्मचारी दोषी ठहर

‘वाल स्ट्रिट जर्नल’का अनुसार ट्वीटरइंकका पूर्व कर्मचारी ४४ वर्षीय अहमद अबुआम्मोले लक्जरी घडी र लाखौं डलर लिएर साउदी अरबका आलोचकहरूसँग सम्बन्धित निजी प्रयोगकर्ताको जानकारी दिएका थिए।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

वासिङ्टन- साउदी अरबको आलोचना गर्ने निजी प्रयोगकर्ताको इमेल एकाउन्ट र फोन नम्बरजस्ता जानकारी साउदी अरबका लागि जासुसी गरेको आरोपमा ट्विटरका एक पूर्व कर्मचारी दोषी ठहरिएका छन्। ‘वाल स्ट्रिट जर्नल’का अनुसार ट्वीटरइंकका पूर्व कर्मचारी ४४ वर्षीय अहमद अबुआम्मोले लक्जरी घडी र लाखौं डलर लिएर साउदी अरबका आलोचकहरूसँग सम्बन्धित निजी प्रयोगकर्ताको जानकारी दिएका थिए।

triton college

सान फ्रान्सिस्कोको संघीय न्यायलयमा मंगलबार ११ सदस्यीय न्यायधीसको इजलासले उनलाई सम्पत्ति शुद्धिकरण रेकर्डमा जालसाजी र ‘वायर फ्रड’को एकाउन्टमा पनि दोषी ठहर गरेको थियो। अबुअम्मो अन्य पाँच वटा अभियोगमा निर्दोष ठहरिएका छन्। अबुआम्मोले सन् २०१३ देखि २०१५ सम्म ट्वीटरमा काम गरेका थिए भने मध्यपूर्व र उत्तरी अफ्रिकाका उच्च प्रोफाइल प्रयोगकर्ताहरूसँग मिडिया साझेदारीको व्यवस्थापन गरेका थिए।

सञ्चार पोर्टलका अनुसार उनले साउदी सरकारको आलोचना गर्ने इमेल एकाउन्ट र फोन नम्बरहरू साउदी अधिकारीलाई पटक पटक उपलब्ध गराएका थिए, जसमा बेनामी रूपमा सञ्चालित अकाउन्ट 'मुज्तहिद' पनि समावेश थियो। अभियोजक एरिक चेङले गत साता अन्तिम बहसमा अबुअम्मोले करिब एक वर्षसम्म आफ्नो वार्षिक तलबको तीन गुणा बढी घूस लिएको बताएका थिए।

'हामी सबैलाई थाहा छ कि यस प्रकारको पैसा कुनै पनि चीजको लागि होइन। यद्यपि, ट्वीटरले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ। अबुअम्मो बुधबार अदालतमा सुनुवाइका लागि उपस्थित हुने कार्यक्रम छ। अमेरिकी सरकारले लेबनानी मुलका अमेरिकी नागरिक अबुअम्मोलाई साउदी सरकारको ओहदामा उक्लँदै गरेका बादर बिनासेकर नामका व्यक्तिले उक्त योजनामा सामेल गराएको बताएको छ। 

तीन सन्तानका पिता अबुअम्मोलाई सन् २०१९ मा सियाटलमा मुद्दा चलाइएको थियो, जहाँ उनी त्यतिबेला बस्थे र अमेजन इंकमा तीन वर्षपछि सोसल मिडिया कन्सल्टेन्टका रूपमा काम गरिरहेका थिए। उनले आफू निर्दोष रहेको दाबी गरेका थिए। 

corrent noodles
Metro Mart

अभियोजकहरूका अनुसार यो योजना सन् २०१४ को ग्रीष्मऋतुमा सुरु भएको थियो।  अबुआम्मोले ट्वीटरको मुख्यालयको भ्रमणका क्रममा तत्कालीन साउदी युवराज मोहम्मद बिन सलमानका सहयोगी बिनासेकरलाई भेटेका थिए। त्यसको केही समयपछि नै यी दुईबीच निकट सम्बन्ध बनेको थियो। करिब छ महिनापछि, डिसेम्बरमा अबुअम्मोले कामको सिलसिलामा लण्डनमा बिनासेकरलाई भेटेका पाइएको छ। 

एरिक चेङले भने, 'उनी ४० हजार अमेरिकी डलरभन्दा बढीमूल्यको लक्जरी घडी लिएर अमेरिका फर्किएको सरकारले जनाएको छ। त्यो लक्जरी घडी निः शुल्क थिएन। राज्यले अहिले आफ्नो ट्वीटर इन्साइडर सुरक्षित गरेको छ।'

अमेरिकी सरकारका अनुसार अबुअम्मोसँग उनका सहकर्मी अली अल्जाबराह पनि सामेल थिए, जसले ट्वीटरका लागि वेबसाइट मर्मत गरुको र उनलाई बिनासेकरसँग परिचय गराएको पुष्टि भएको छ। न्याय विभागले अल्जाबराह र अर्का व्यक्ति अहमद अलमुताइरीलाई साउदी अरेबियालाई निजी ट्विटर प्रयोगकर्तालाई जानकारी दिन भूमिका खेलेको आरोपमा विदेशी सरकारको अवैध एजेन्टको रूपमा काम गरेको आरोप लगाएको छ।

साउदी नागरिक अलमुताइरीले साउदी राजपरिवारका लागि काम गर्ने एक सामाजिक सञ्जाल कम्पनीलाई नियन्त्रण गरेको र अबुअम्मोलाई यस योजनामा भर्ना गर्न सहयोग गरेको अमेरिकी सरकारले जनाएको छ। 

प्रकाशित: Aug 11, 2022| 05:30 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...