शनिबार, असोज ६, २०८०

चुनावी एजेन्डा खोज्दै ठूला दल, कसको नजर केमा?

निर्वाचनमा दलहरुले मत माग्ने मुख्य आधार एजेन्डा नै हो। चुनावमा लगेका एजेन्डाअनुसार काम गर्ने राजनीतिक संस्कार नेपालमा विकास हुन सकेको छैन।
 |  आइतबार, साउन २२, २०७९
averest bankaverest bank

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

आइतबार, साउन २२, २०७९

काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरुले तयारी थालेका छन्। चुनावी तालमेलको निर्णय गरिसकेको पाँचदलीय सत्ता गठबन्धनले प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० सिट बाँडफाँडका लागि कार्यदल बनाएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन घोषणा गर्ने सरकारको निर्णयलाई स्वागत गर्दै निर्वाचनको तयारी थाल्ने भएको छ।

sagarmatha cement

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले साउन ३१ सम्ममा दल दर्ताका लागि समय निर्धारण गरेको छ। दल दर्ताको समयमा नै दुई वा दुईभन्दा बढी दलले तालमेल गरेको जानकारीसहित निवेदन दिएमा निर्वाचन आयोगले तालमेल गरेका दललाई एउटै चुनाव चिह्नसमेत दिन सकिने जानकारी गराएको छ। यसले दलहरुलाई एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने बाटो पनि खोलिदिएको छ। तर यो विषयमा तालमेल गर्ने निर्णय गरेका दलहरूबीच पनि छलफल भएको छैन। 

स्थानीय तहको चुनावमा काठमाडौं, धरान, जनकपुर, बर्दिबास, धनगढीजस्ता सहरी क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएपछि प्रतिनिधि सभा र प्रदेशसभामा पनि ठूलो संख्याका स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गर्ने मनशाय बनाएका छन्। स्थानीय निर्वाचनको परिणाम आएसँगै सुरु भएको स्वतन्त्र उम्मेदवारी घोषणाको क्रम अझसम्म जारी छ। उनीहरूले दलप्रति बढेको नागरिकको वितृष्णालाई मुख्य एजेन्डा बनाउने निश्चित छ। यसपटकको निर्वाचनमा स्थापित दल, गठबन्धन, नयाँ दल र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ। 

निर्वाचनमा दलहरुले मत माग्ने मुख्य आधार एजेन्डा नै हो। चुनावमा लगेका एजेन्डाअनुसार काम गर्ने राजनीतिक संस्कार नेपालमा विकास हुन सकेको छैन।

संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको निर्वाचनमा दलहरूले के एजेन्डा अघि सार्लान् भन्ने चासोको विषय बनेको छ। चुनावी तालमेल गर्ने निर्णय गरेका दलहरू कहिलेसम्म साथसाथ रहलान्? पाँच दलको गठबन्धन र एमाले नेतृत्वमा बन्न सक्ने सम्भावित गठबन्धनको प्रतिस्पर्धा कस्तो होला वा एमाले एक्लैले सत्ता गठबन्धनको सामना कसरी गर्ला? भन्ने प्रश्न राजनीतिक वृत्तमा उब्जिएका छन्।

निर्वाचनमा दलहरुले मत माग्ने मुख्य आधार एजेन्डा नै हो। चुनावमा लगेका एजेन्डाअनुसार काम गर्ने राजनीतिक संस्कार नेपालमा विकास हुन सकेको छैन। मत माग्नका लागि मात्रै बनाइने दलका चुनावी एजेन्डा पनि कसले के बनाउँछन् भन्ने कुरा चासोका साथ नै हेरिने गरेको छ। विकास, समृद्धि र सुशासनका कुरा नयाँपुराना सबै दलका घोषणापत्रमा समावेश हुने नै छन् तर कुन कुरालाई हालका ठूला दलले 'मत माग्ने भाँडो' बनाउन सक्छन् भन्ने विषय यो सामग्रीमा समावेश छ। 

गाथा गाउने मात्रै होइन, भविष्य देखाउने एजेन्डा ल्याउँछौँ : कांग्रेस
सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसले भविष्य देखाउने गरीका एजेन्डा ल्याउने दाबी गरेको छ। स्थानीय तहको निर्वाचन अघिदेखि नै कांग्रेस नेताहरुले अझै पनि जनतालाई विगतका गाथा मात्रै भनेर नपुग्ने बताउँदै आएका छन्। जनतामा बढ्दै गरेको निराशाको अन्त्य गरी आशा जगाउन विगत कोट्याएर होइन, भविष्यका प्रष्ट योजना ल्याउन आवश्यक भएको उनीहरूको बुझाई छ। त्यसैअनुसार कांग्रेसले ५ वर्षे  कार्ययोजनासहितको एजेन्डा/घोषणापत्र ल्याउनुपर्ने कुरा महामन्त्री गगन थापाले उठाउँदै आएका छन्।

कांग्रेसको मुख्य एजेन्डा विकास र समुन्नति भएको र यसपाली तालमेल गरी चुनावमा होमिने निर्णय भइसकेकाले तालमेल औचित्य किटान गरेर चुनावमा जानुपर्ने निर्णय कांग्रेस केन्द्रीय कार्यसमितिले गरिसकेको छ। निर्णयमा पाँचवर्षे स्थिर सरकार बनाउनुपर्ने संकेत गरिएको छ।

प्रकाशित: Aug 07, 2022| 05:55 आइतबार, साउन २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सिंहदरबारमा आन्दोलनरत शिक्षकसँग सरकारको वार्ता

सिंहदरबारमा आन्दोलनरत शिक्षकसँग सरकारको वार्ता

सरकारले आज बिहान ९ बजे आन्दोलनरत शिक्षकसँग सम्बोधन गरिने मागका विषयबारे छलफल गर्ने बताए पनि दुवै पक्षको आन्तरिक तयारी नपुगेपछि वार्तामा ढिलाइ भएको हो।
चीन भ्रमणका लागि न्युयोर्कबाट हाङझाव उड्दै प्रधानमन्त्री प्रचण्ड

चीन भ्रमणका लागि न्युयोर्कबाट हाङझाव उड्दै प्रधानमन्त्री प्रचण्ड

चिनियाँ समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज न्युयोर्कबाट हाङझावका लागि उड्न लागेका हुन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनसँग प्रधानमन्त्री प्रचण्डको भेट

अमेरिकी राष्ट्रपति जो बाइडेनसँग प्रधानमन्त्री प्रचण्डको भेट

महासभामा सहभागी हुन अमेरिका पुगेका विभिन्न देशका प्रतिनिधिको सम्मानमा राष्ट्रपतिले दिएको रात्रिभोजका क्रममा प्रधानमन्त्रीले बाइडेनसँग फोटो सेसन र संक्षिप्त भेट गरेको प्रचण्डको सचिवालयले बताएको हो।