मंगलबार, असोज ९, २०८०
  • गृहपृष्ठ
  • प्रदेश
  • चितवन जिसस उपप्रमुखमा नेकपा एसकी सापकोटा निर्विरोध, प्रमुखको निर्वाचन मंगलबार

चितवन जिसस उपप्रमुखमा नेकपा एसकी सापकोटा निर्विरोध, प्रमुखको निर्वाचन मंगलबार

उपप्रमुखमा गठबन्धनबाट सापकोटाको उम्मेदवारी पर्दा नेकपा एमालेबाट कसैको उम्मेदवारी नपरेपछि सापकोटा निरविरोध निर्वाचित भएकी हुन्।
 |  सोमबार, जेठ ३०, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९

चितवन- जिल्ला समन्वय समिति (जिसस) चितवनको उपप्रमुखमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भएकी छन्। उपप्रमुखमा गठबन्धनबाट सापकोटाको उम्मेदवारी पर्दा नेकपा एमालेबाट कसैको उम्मेदवारी नपरेपछि सापकोटा निरविरोध निर्वाचित भएकी हुन्। 

sagarmatha cement

चितवनको जिससमा प्रमुख र उपप्रमुख सहित १६ जनाको उम्मेदवारी परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा भएको मनोनयन दर्ता कार्यक्रममा १६ जनाको उम्मेदवारी परेको हो। जिससको प्रमुखमा सत्तागठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट र एमालेबाट नारायणप्रसाद अधिकारीको उम्मेदवारी परेको छ।

यस्तै तीन जना खुला सदस्यहरुमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का अर्जुन भण्डारी, धर्मलाल देवकोटा, नेपाली कांग्रेसका संजीव पौडेलको उम्मेद्वारी परेको छ। एमालेबाट कृष्णभक्त भट्टराई, बाबुराम सुवेदी र लक्ष्मीनारायण चौलागाईको उम्मेदवारी परेको छ।

त्यसैगरी तीन जना महिला सदस्यका लागि गठबन्धनबाट कांग्रेसकी अनिता चौधरी, नेकपा (एस) की पूजना गुरुङ, माओवादीकी सुमित्रा तामाङ श्रेष्ठको उम्मेद्वारी परेको छ। एमालेबाट अनिता नेपाल र सविता चौधरीको उम्मेद्वारी परेको छ।

एक जना दलित वा अल्पसंख्यक सदस्यका लागि कांग्रेसबाट केशरी माया सुनार र गुनु विकले उम्मेदवारी दिएका छन्। सोमबार नै उम्मेदवारको विरोधमा उजुरी दिन पाइने छ भने मनोनयनपत्र जाँच र उजुरी उपर निर्णय गर्ने कार्यतालिका छ।  नेतृत्वका लागि जेठ ३१ गते मंगलबार मतदान हुनेछ।

मतदानमा ७ पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले भाग लिनेछन्। गठबन्धनमा आवद्ध दल र नेकपा (एमाले)को समान ७ भोट छ। निर्वाचनमा सबै उम्मेदवारको मत बराबर भएमा गोलाप्रथाबाट चयन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


प्रकाशित: Jun 13, 2022| 17:23 सोमबार, जेठ ३०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।