शनिबार, असोज १३, २०८०

संघीय राजधानीका हिलाम्मे सडकमा सास्ती (फोटोफिचर)

देशको संघीय राजधानी हो काठमाडौं। देशको जेठो महानगरपालिका रहेको काठमाडौं विकासका पूर्वाधारका हिसावमा देशका अन्य महानगरपालिकाहरु भन्दा अगाडि नै हुनुपर्ने हो।
 |  शनिबार, जेठ २८, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

काठमाडौं- देशको संघीय राजधानी हो काठमाडौं। देशको जेठो महानगरपालिका रहेको काठमाडौं विकासका पूर्वाधारका हिसावमा देशका अन्य महानगरपालिकाहरु भन्दा अगाडि नै हुनुपर्ने हो। तर पछिल्लो समय विकासका पूर्वाधार निर्माणका हिसावले कनिष्ठ महानगरपालिकाले जित्न थालिसके काठमाडौंको अवस्था त्यही पुरानो नै छ।

sagarmatha cement

काठमाडौंको विकास पूर्वाधारका काम भने कछुवाको गतिमा अघि बढ्दैछ। एक हिसावले भन्ने हो भने काठमाडौंलाई हेरेर देशभरको मूल्यांकन गरिन्छ। राजधानी भइसकेपछि सुव्यवस्थित, सफा, हराभरा र देशको ऐनाका रुपमा काठमाडौंलाई चित्रण गर्दछन् कतिपयले। किनभने अन्य कुनै पनि देशको संघीय राजधानी उत्रँदा देशको सम्पूर्ण मूल्यांकन गर्न सकिन्छ। तर काठमाडौंको वास्तविकता भने त्यस्तो छैन।

काठमाडौं उपत्यका भित्रका सडकहरूले काठमाडौंको वास्तविकता झल्काउँछ। काँठलाई काठमाडौं जोड्ने सडकहरुको नै मर्मतसम्भार हुन सकेको छैन। जसकारण ठूला ठूला खाडल बनेका छन्। पानी पर्दा खाडलमा धमिलो पानी भरिने र बाटो नदेखिनुले सवारी दुर्घटना झनै बढेको छ।

त्यतिमात्रै होइन, खराब सडकका कारण सडकपेटीबाट हिँडडुल गर्ने नागरिकलाई पनि धुवाँ,धुलो र हिलोको त्यत्तिकै समस्या छ। काठमाडौंलाई कतिपयले अव्यवस्थित शहरको उपमा दिन थालिसकेका छन्। ट्राफिक जामको कुरा त धेरै पछिको कुरा हो। सवारीसाधन गुड्ने सडक नै व्यवस्थित छैनन्, कतिपय ठाउँका।

राम्रा भनिएका सडकमा पनि ठाउँठाउँमा खाल्डाखुल्डी धेरै भेटिन्छन् । अहिले मनसुन लागेसँगै राजधानीका सडक हिलाम्मे छन्। चक्रपथभित्रका कालोपत्रे सडक ढलान नहुँदा पानी जमेर खोलाझैं बग्छन् । पानी परेको बेलामा सवारीसाधन रोकेर राख्नुपर्ने दरिद्र अवस्था छ काठमाडौंका सडकको। चक्रपथ बाहिर कालोपत्र उप्केर हिँडिनसक्नु हुन्छ।

यसको वास्तविकता त्यतिमै सिमित छैन । कतिपय सडक वर्षौंदेखि टेण्डरमा परेर बन्न सकेका छैनन् त कतिपय सरकारले बनाउन चाहिरहेको छैन। यसको सम्पूर्ण असर भने आम नागरिकलाई नै छ। पानी पर्‍यो सवारी रोक्नुपर्ने, घाम लाग्यो धुवाँ र धुलोले हिँडिनसक्नु हुन्छ।

सडक निर्माणमा सरकारको लापरबाही त्यत्तिकै देखिन्छ, किनभने खराब सडककै कारण दुर्घटनामा परेर सयौंले ज्यान गुमाइसकेका छन्।

नख्खु– भैंसेपाटी, चाबहिल–कलंकी, चाबहिल–जोरपाटी लगायतका सडकमा वर्षायाममा हिँडिनसक्नु हुन्छ। कतिपयले यी माथि उल्लेखित सडकलाई ज्यानमारा सडकको नाम दिएका छन्। अव्यवस्थित सडक निर्माणका कारण ठाउँठाउँमा ढल राख्दा जोखिम त निम्त्याएको छ नै साथमा केहीले ज्यानसमेत गुमाइसकेका छन्।

यस बारेमा सरकार अझै गम्भीर नबन्ने हो भने नागरिकले ज्यान जोखिममा हालेर हिँड्नुको अर्को विकल्प छैन। 

न्युज एजेन्सी



 

प्रकाशित: Jun 11, 2022| 11:55 शनिबार, जेठ २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्