आइतबार, जेठ २१, २०८०

प्रदेश १ मा ३२ लाखले लगाए कोरोनाविरुद्धको खोप

प्रदेश १ मा ३२ लाख बढीले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अनुसार जिल्ला स्वास्थ्य सूचना प्रणालीमा प्रविष्टि भएको तथ्याङ्क अनुसार हालसम्म ३२ लाख ३५ हजार २६९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्।
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

विराटनगर‒ प्रदेश १ मा ३२ लाख बढीले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अनुसार जिल्ला स्वास्थ्य सूचना प्रणालीमा प्रविष्टि भएको तथ्याङ्क अनुसार हालसम्म ३२ लाख ३५ हजार २६९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्।

Everest Bank

कोभिड १९ विरुद्धको पहिलो डोज १७ लाख ४५ हजार ६५४ जनाले लगाएका छन्। दुवै डोज लगाउनेको संख्या १४ लाख ८९ हजार ६१५ रहेको छ। करिब १५ लाख व्यक्ति खोप लगाउन बाँकी रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले बताए। 

प्रदेश १ मा खोप लगाउनेको संख्या ४९ लाख ९५ हजार १६२ रहेको अनुमान गरिएको छ। यसमा १८ वर्षभन्दा माथिको जनसंख्या ३५ लाख ७५ हजार ८६६ रहेको छ। हालसम्म ३५ लाख ९६ हजार २९६ डोज खोप प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रमा आएको साहले बताए। उनका अनुसार पहिलो चरणमा प्रदेश २ का दुई जिल्लामा आएको ८९ हजार डोज पनि यसमा संलग्न छ।

हालसम्म कोभिशिल्ड, भेरोसेल, अष्ट्राजेनेका, जोनसन एण्ड जोनसन र मोर्डना खोप आएको छ। झापा, मोरङ र सुनसरीका बालबालिकालाई यसअघि लगाइएको फाइजर खोप केन्द्र सरकारले प्रदेश आपूर्तिमा नपठाई सिधै अस्पतालमा पठाएकाले यसको तथ्याङ्क प्रदेशमा नभएको साहले बताए। उनका अनुसार झापा, मोरङ र सुनसरी बाहेकका ११ जिल्लामा मोर्डना खोप चलिरहेको छ। 

प्रदेश १ मा दैनिक २० हजारको संख्यामा कोभिड १९ विरुद्धको खोप लगाइने गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। १४ वटै जिल्लामा १५ देखि २० हजार व्यक्तिलाई दैनिक खोप लगाउने गरिएको मन्त्रालयले जनाएको छ। यही रफ्तारले खोप लगाउँदा आगामी वैशाख सम्ममा लक्षित उमेर समूहका सबै व्यक्तिले खोप लगाइसक्ने मन्त्रालयको अनुमान छ।

Metro Mart
worldlink

खोप आयो, सिरिन्ज आएन 

प्रदेश १ मा कोभिड १९ विरुद्धको भेरोसेल खोप आए पनि सिरिन्ज नआउँदा भेरोसेल खोप लगाउने कार्य अहिले स्थगित गरिएको छ। 

० दशमलव ५ एमएलको सिरिन्ज बजारमा पनि नपाउने हुँदा खोप लगाउन नसकिएको साहले बताए। सोमबार सम्म सिरिन्ज विराटनगर आइपुग्ने उनको भनाई छ। भेरोसेल खोपको मात्रा अनुसार सिरिन्ज नआए पनि अहिले मोर्डना खोप सञ्चालन भइरहेको आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख साहको भनाई छ। उनले भने,‘ खोप कार्य प्रभावित छैन, खोप लगाउने जनशक्ति खाली बस्नुपरेको छैन।’ उनका अनुसार पछिल्लो पटक भेरोसेलको ३ लाख ७७ हजार ८५० डोज खोप आएको छ। 

खोपसँग ६० हजार मात्रै सिरिन्ज आएको साहले बताए। खोपको मात्रामा सिरिन्ज आएन उनले भने।

प्रकाशित: Dec 24, 2021| 08:02. 35 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।