मंगलबार, असोज ९, २०८०
  • गृहपृष्ठ
  • प्रदेश
  • मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलाली सर्वोत्कृष्ट

मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलाली सर्वोत्कृष्ट

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सर्वोत्कृष्ट कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलाली सम्मानित भएको छ।
 |  बुधबार, भदौ ३०, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

धनगढी - मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सर्वोत्कृष्ट कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलाली सम्मानित भएको छ।

sagarmatha cement

राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंह र मन्त्रालयका सचिव याम कुमारी खतिवडाले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीलाई सम्मान गरेका हुन्।

 १५ औं मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय दिवसको अवसर पारेर महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा उल्लेखनीय कार्य गरेको भन्दै सर्वोत्कृष्ट जिल्ला घोषणा गर्दै सम्मानित गरेको हो।

 जिल्ला प्रहरी कार्यालय कैलालीले विगत एक वर्षमा मानव बेचबिखन तथा ओसारपसार कसुरमा १६ वटा घटनामा २६ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो। १६ वटा मुद्दामध्ये ९ वटा मुद्दा मानब बेचबिखनका साथै जबरजस्तीकरणीमा मुद्दा चलाइएको थियो।

सो अवधिमा जिल्ला प्रहरी कार्यालय कैलालीले सहयोगी संस्था तथा भारतीय प्रहरीको सहयोग र समन्वयमा १४ वर्षीय बालिकालाई भारतको बैङ्लोरबाट उद्धार गरी पारिवारिक पुनर्मिलन गराइ दोषी उपर मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणीमा मुद्दा चलाएको थियो भने ८६ जना महिला, २ बालक र ३८ बालिका गरी १२६ जनालाई सीमा नाकाबाट उद्धार गरी परिवारमा फर्काएको थियो। 

यस्तै तीन महिला, १७ बालक र १० बालिका गरी ३० जनालाई अलपत्र अवस्थामा फेलापारी उनीहरुको परिवारसँग पुर्नमिलन गराएको थियो।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतना मूलक कार्यक्रम सञ्‍चालन गर्दै आएको कैलाली प्रहरीले शान्ति पुर्नस्थापना गृह, माइती नेपाललगायतका संस्थाहरुसँग समन्वय गरी सीमा निगरानी, उद्धार, राहत, नि:शुल्क कानुनी परामर्श, जाहेरी लेखन, औषधी उपचार, सुरक्षित आवास, मनोविमर्श, पारिवारिक पुनर्मिलनजस्ता सेवाहरु प्रदान गर्दै आइरहेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। 

उनले भने, ‘सम्मान, हौसला र थप उर्जा प्रदान गर्नु भएकोमा कैलाली प्रहरी परिवारको तर्फबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सम्बन्धित संघसंस्था र महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्दछु।’

प्रकाशित: Sep 15, 2021| 19:10 बुधबार, भदौ ३०, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।