शुक्रबार, जेठ १९, २०८०

कर्णाली प्रदेशमा सडकमा बसेर माग्न नपाइने

कर्णाली प्रदेशमा सडकमा बसेर माग्नेहरुलाई हटाइने भएको छ ।
 |  शुक्रबार, माघ ३, २०७६

देव राना

देव राना

शुक्रबार, माघ ३, २०७६

सुर्खेत- कर्णाली प्रदेशमा सडकमा बसेर माग्नेहरुलाई हटाइने भएको छ ।

Everest Bank

कर्णालीलाई ‘सयोगापेक्षी सडक मानवमुक्त’ प्रदेश बनाउन शनिबारदेखि सडकमा माग्न नपाइने भएको हो ।

बेसहाराहरुलाई आश्रममा राखेर प्रदेश सरकारले प्रदेशलाई सडक मानवमुक्त प्रदेश घोषणा गर्न लागेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय, प्रदेश प्रहरी कार्यालय, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय र मानवसेवा आश्रमको अगुवाइमा प्रदेशलाई सडक मानवमुक्त प्रदेशको घोषणा गर्न लागिएको हो ।

जसका लागि प्रदेशका ७९ वटै स्थानीय तहमा सहयोगापेक्षी सडक मानवरिहत बनाउने अभियान सञ्चालन भैरहेको छ ।

National life insurance
Metro Mart

बेसहाराको निगरानीका लागि सरकारले प्रदेश, जिल्ला र पालिकाहरुमा संरचना खडा गर्ने, दीर्घकालीन पुनस्र्थापना केन्द्र र अहिलेको मानव सेवा आश्रमको क्षमता अभिवृद्धि गर्ने योजना अघि सारेको छ ।

कर्णालीलाई सडक मानवमुक्त घोषणा गरेपछि सडकमा मागेर जीवन निर्वाह गर्दै आएका नागरिकलाई प्रदेश सरकारले उद्धार गरी अल्पकालीन र दीर्घकालीन व्यवस्थापन गर्ने सामाजिक विकास मन्त्रालयका सचिव डा.मानबहादुर विकेले बताए ।

यस्तै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबाट बेसहारालाई दिइने सिफारिस वितरणमा समेत खढाई गरिने छ ।

सडकमा भिख माग्न बस्ने उद्देश्यले बेसहाराहरुलाई सिफारिसपत्र नदिने वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालको भनाई छ ।

बेसहाराहरुलाई उद्धार गर्न वीरेन्द्रनगरमा मात्रै १७ जना स्वंमसेवक परिचालन गरिएको छ । कर्णाली प्रदेशका दश जिल्ला मध्ये सुर्खेतबाहेक अन्य बेसहाराहरुको संख्या न्यून रहेको छ ।

प्रदेश सरकारले सडकमा मागेर जीवन निर्वाह गर्दै आएका बेसहारालाई अबदेखि मानव सेवा आश्रममा राख्नेछ ।

परिवारबाट अपहेलित र अन्य कारणबाट सडममा मागेरै जीवन चलाउनेहरुलाई प्रदेशले दीर्घकालिन रुपमा पालन पोषणको जिम्मा लिने छ ।

प्रदेश सडक मानमुक्त घोषणा गरेको खण्डमा खुला आकाशमा जीवन विताउनु पर्ने अवस्थाको अन्त्य हुने, सामाजिक सुरक्षा एवम् विकृति न्यूनिरकण गर्ने र पढ्ने उमेरका बालबालिकाहरुलाई सडकमा अलपत्र राख्ने प्रवृत्तिको अत्य हुने अपेक्षा छ ।

१ सय ५० जनाको उद्धार

कर्णाली प्रदेशलाई सडक मानवमुक्त प्रदेश बनाउने अभियान अन्तरगत १ सय ५० जना बेसहाराहरुको उद्धार गरिएको छ ।

मानवसेवा आश्रम कर्णाली प्रदेशले एक बर्षबाट १ सय ५० जनाको उद्धार गरिएको हो । आश्रमका संयोजक सिर्जना ओलीका अनुसार उद्धार गरिएकामध्ये ४७ जनालाइ घरपरिवारसँग पुनर्मिलन गरिएको छ ।

त्यस्तै तीनजनाको विभिन्न कारणले आश्रममै मृत्यु भएको छ । हाल आश्रममा ५० जना आश्रित छन् ।

आश्रमले जाजरकोट, रुकुमपश्चिम, दैलेख, मुगु र सुर्खेतबाट उनीहरुलाई उद्धार गरेको हो । प्रहरी र जिल्ला प्रशासन कार्यालयको सहयोगमा उनीहरुको उद्धार गरिएको हो ।

मन्त्रालयले मावन सेवा आश्रममा उद्धार गरिएका बेवारिसे, मनोरोगी तथा असहायको पालनपोषण, औषधोपचार तथा परिवारमा पुनर्मिलन गराउँदै आएको छ । यसअघि काठमाडौं महानगरपालिकाले काठमाडौंले सडक मानवमुक्त बनाउने अभियान सुरु गरेको थियो ।

प्रकाशित: Jan 17, 2020| 03:59. 14 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्