बुधबार, जेठ २४, २०८०
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश १ मा मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको विपक्षी गठन्धनको निष्कर्ष

प्रदेश १ मा मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको विपक्षी गठन्धनको निष्कर्ष

प्रदेश १ का विपक्षी गठबन्धनमा रहेका राजनीतिक दलले मुख्यमन्त्री भीमप्रसाद आचार्यको नियुक्त असंवैधानिक भएको ठहर गरेका छन्।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

विराटनगर– प्रदेश १ का विपक्षी गठबन्धनमा रहेका राजनीतिक दलले मुख्यमन्त्री भीमप्रसाद आचार्यको नियुक्त  असंवैधानिक भएको ठहर गरेका छन्। उनीहरुले असंवैधानिक नियुक्ति बदर गर्नसमेत माग गरेका छन्।नेकपा एमाले विभाजन भइसकेको अवस्थामा निर्वाचन आयोगले प्रदेशका जनप्रतिनिधिलाई दल रोज्न समय दिसकेको समयमा बहुमत छ भन्दै त्यसको परीक्षण नै नगरी मुख्यमन्त्री नियुक्ति गरेको भन्दै गठबन्धनले नियुक्ति बदरको माग गरेको हो।

Everest Bank

विपक्षी गठबन्धनको बिहीबार प्रदेशसभा सचिवालयमा बसेको बैठकका निर्णय सार्वजनिक गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले एमाले विभाजनकै समयमा प्रदेशका सांसदहरु समाजवादी दलमा खुलेकै बेला नियुक्ति भएको भन्दै विपक्षी गठबन्धनले मुख्यमन्त्रीको नियुक्ति अवैधानिक भएको बैठकले निष्कर्ष निकालेको बताए । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत नेकपा समाजवादी, जनता समाजवादी पार्टी, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्मिलित बैठकले मुख्यमन्त्रीको नियुक्ति बदर गर्न र अल्पमतमा परेको सरकारले महत्त्वपूर्ण निर्णय नगर्न भनेको छ। 

गठबन्धन दलका नेताहरुका अनुसार समाजवादी दलका सासदले निर्वाचन आयोगबाट प्रमाणपत्र पाएपछि प्रदेश प्रमुखलाई पनि ज्ञापन दिइनेछ।  एमाले नेता भीमप्रसाद आचार्य गत बिहीबार मुख्यमन्त्रीमा नियुक्ति भएका थिए।

प्रकाशित: Sep 02, 2021| 06:15. 11 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।