बुधबार, जेठ २४, २०८०

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन भदौ १ गतेदेखि

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन भदौ १ गतेका लागि आह्वान भएको छ।
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

बुटवल– लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन भदौ १ गतेका लागि आह्वान भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते दिउँसो १ बजे बस्ने गरि नवौं अधिवेशन आह्वान गरेका हुन्। 

Everest Bank

प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले शनिबार एक सूचना जारी गर्दै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेको जनाएका हुन । 

प्रदेशमा संविधानको धारा १६८९२० बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। हिउँदे अधिवेशनको शुरुकै दिनमा केसीले विश्वासको मत लिनसक्ने आकंलन गरिएको छ। संसदीय अंक गणितमा केहि सांसदहरुको संख्याले केसी नेतृत्वको सरकार बनेको छ। 

चार दलीय गठबन्धनले चलाखीपूर्ण रुपमा चाँडै विश्वासको मत लिएर ढुक्क हुन खोजेको एक नेताले बताए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र सूर्य चुनाव चिन्हबाट चुनाव जितेका एक जना सरकारमा सहभागी भएका छन्।

प्रकाशित: Aug 14, 2021| 07:06. 08 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।