आइतबार, जेठ २१, २०८०

‘बीपी युग प्रबर्द्धक हुन्’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
Everest Bank
Metro Mart
worldlink
काठमाडौं – नेपाली राजनीतिका शिखर पुरुष बिश्वेश्वर प्रसाद कोइरालाको राजनीतिक विद्रोहलाई समेटेर पत्रकार जगत नेपालले लेखेको पुस्तक बीपी विद्रोहको लोकार्पण भएको छ। बाह्रखरी प्रकाशनको पहिलो पुस्तक बीपी विद्रोहको शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच पूर्व राष्ट्रपति रामवरण यादवले विमोचन गरेका हुन्। 

बीपि विद्रोहमाथी समिक्षा गर्दैै समिक्षकहरुले बीपीको योग्दान मात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलन बुझ्न पनि बीपी विद्रोह पढ्नु पर्ने बताए।  ‘बीपी विद्रोह जटिल विषयमा लेखिएको सरल पुस्तक हो। ऐतिहासिक पात्र छन्। संवाद शैली पनि मिठो छ। यो पुस्तक पढ्दा बीपीसँगै संवाद गरिरहेको अनुभूति हुन्छ।’ यो टिप्पणी हो, राजनीतिक विश्लेषक हरी शर्माको। ‘प्रत्यक च्याप्टरले पूर्णता पाएका छन्’,  उनले भने, ‘जुन च्याप्टरबाट पढ्यो त्यहीबाट नयाँ विद्रोहको सुरुवात हुन्छ। यसको वहाव उपन्यासको जस्तै छ।’ उनले बीपी सामाजिक रुपमा पनि विद्रोही रहेको बताउँदै अब बीपीको सामाजिक बिद्रोहको पाटोलाई पनि उठाउनु पर्ने बताए।
‘म पुस्तक हातमा पर्ने वित्तिकै घोतलिए। बीपीको आत्मवृतान्त, जेलजर्नललगायत थुप्रै पुस्तक प्रकाशित भइसकेको समयमा अब बीपिको बारेमा लेख्न केनै बाँकी छर?, साहित्यकार एवम् समालोचक डा. ज्ञानु पाण्डेले भनिन्, ‘बीपिको राजनीतिक विद्रोहका बारेमा त थुप्रै कुरा आउन नै बाँकी रहेछ। जुन कुरा मैले यो पुस्तक पढेर थाहा पाए।’ समिक्षक पाण्डेले बीपी विद्रोहको दर्शन दायीत्व बोध भएको बताउँदै हरेक व्यक्ति आफैंमा इमान्दार हुनुपर्ने बताइन्। 

पुस्तकमा नेपालले बीपीको विद्रोहको पाटोलाई गहन, खोजमूलक र तथ्यपरक रुपमा प्रस्तुत गरेका छन्। उनले बीपिका बारे प्रतिपक्षीले गरेको टिप्पणीलाई पनि पुस्तकमा समेटेका छन्। उनले गरेका विद्रोह र उनका बारेमा गरिएका टिप्पणी तिथि मितिसहित पुस्तकमा पस्तुत गरेर कृति प्रतिको विश्वसनियतालाई बलियो बनाएका छन्।

त्रिविका पूर्व उपकुलपती केदारभक्त माथेमाले कृतिमाथी टिप्पणी गर्दै भने, ‘नेपाली कांग्रेसको जन्म कसरी भयो? लोकतन्त्र प्राप्तिका लागि बीपीले कति संघर्ष गर्नुप-यो। यी विषय जान्नकै लागि कांग्रेसीहरुले यो पुस्तक पढ्नै पर्छ। लोकतान्त्रिक नेपाली राजनीतिको इतिहास थाहा पाउन पढ्नै पर्ने यो पुस्तक ठिक समयमा आएको उनको भनाई छ।
‘संस्कृतमा कविता लेख्छन् कवीले, त्यसको अर्थ लगाउँछन् पण्डितहरुले’, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइले भने, ‘नेपाली राजनीतिमा इतिहास लेख्नुभयो बीपिले, अहिले त्यसको अर्थ लगाउँदै छौं हामी। त्यसैको उपज हो पुस्तक बीपीको बिद्रोह।’ उनले आफू पनि विद्रोहमा विश्वास गर्ने मान्छे भएकाले यो पुस्तक आफ्ना लागि अत्यन्त आवश्यक भएको बताए। उनले बीपी कुनै पार्टीको नेता मात्र नभएर त्यो युगको प्रबद्र्धक भएको बताए। भट्टराइले बीपीलाई लोकतन्त्र र समाजवादको बाटो देखाउने चिन्तकको रुपमा बुझेको बताए। उनले बीपीका विचारलाई समर्थन मात्र गर्ने नभई लागू गर्ने बाटोमा नेपाली राजनीति अघि बढ्न्पर्ने बताए। नेपालको लोकतान्त्रिक आन्दोलन बीपीसँगै जोडिएर आउने भट्टराइको भनाई छ।

यस्तै पूर्वराष्ट्रपती यादवले पठनीय यथार्थ परक पुस्तक भएको बताए। उनले यो पुस्तकले बीपीको भारत र चीनसँग रहेको सम्बन्ध पनि प्रस्ट पारेको बताए। 

पुस्तकमा लेखक नेपालले नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि बीपीले गरेको सङ्घर्ष, चालेको कदम, उनको विद्रोही चेत र विद्रोहको आयातनको मिहीन ढंगले विवेचना गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कथा लेख्नुको मजा छुट्टै छ, धेरै पात्रको जीवन बाँच्न  पाइन्छ: मनिषा गौचन [अन्तर्वार्ता]

'फूलहरुको रंग छैन' कविता संग्रहमार्फत साहित्यमा दर्बिलो उपस्थिति जनाएकी मनिषाको उपन्यास ‘वल्लीको डायरी’ २०६३ मा प्रकाशित भएको थियो। यो उपन्यासले उनलाई राम्रोसँग चिनाएको छ।

त्रयम् अनि बुद्ध र भिखारी मञ्चन

एउटा फ्ल्याट लिएर भाडामा बस्ने तीन युवतीको कथा समेटिएको नाटक त्रयम् अनि बुद्ध र आफ्नो झुपडीमा मुसाले दिएको दुःखबाट दिक्क भएर भाग र भाग्यको अर्थ...