शनिबार, असोज १३, २०८०

विदेशमा श्रमिक बिरामी परे टेलिमेडिसिन सेवा

 |  मंगलबार, चैत १४, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

काठमाडौं- विदेशमा रहेका नेपाली श्रमिकले बुधबारदेखि निःशुल्क टेलिमेडिसिन सेवा पाउने भएका छन्।

sagarmatha cement

वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि यो सेवा सुरु गर्न लागेको हो। यो सेवामार्फत विदेशी भूमिमा रहेका श्रमिकले टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपायबारे चिकित्सकहरुमार्फत जानकारी पाउने छन्।

वैदेशिक रोजगारमा रहेकाले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, ह्वाट्सएप र इमेल वा सामाजिक सञ्जालबाट फोन गरी टेलिमेडिसिन सेवा लिन सक्नेछन्। टेलिमेडिसिन सेवा चैत १५ गते बिहान १० बजेदेखि सुरु हुनेछ। सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह गरिने पौडेलले जानकारी दिए।

बिरामी परेका श्रमिकलाई विशेषज्ञ सेवा नै आवश्यक परेमा आइतबार र शुक्रबार विशेषज्ञ सेवा उपलब्ध गराइने बोर्डले जनाएको छ। सेवा प्रवाहका लागि बोर्डले वीर अस्पतालसँग सम्झौता गरेको छ। सेवा लिने श्रमिकका लागि प्रेस्कृप्सन अनलाइनमार्फत उपलब्ध गराइनेछ। यसको सम्पूर्ण खर्च बोर्डले व्यहोर्ने छ।
 

प्रकाशित: Mar 28, 2023| 19:30 मंगलबार, चैत १४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्