शनिबार, असोज १३, २०८०

ब्याजदरको समस्या तत्काल सामधान गर्न चेम्बरको माग

 |  मंगलबार, चैत १४, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्या तत्काल सम्बोधन गर्न माग गरेका छन्।

sagarmatha cement

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग चेम्बर भवनमा भएको भेटका क्रममा अध्यक्ष मल्लले बैंक तथा वित्तीय संस्थाले लिइरहेको चर्को ब्याजदरका कारण समग्र अर्थतन्त्र जोखिममा परेको बताए। 

‘पछिल्लो समय उच्च ब्याजदरले उद्योगी व्यवसायी एवं समग्र ऋणीहरू निकै मर्कामा परेका छन्,’ उनले भने, ‘ऋण लिएर व्यवसायमा लगानी गर्न सक्ने अवस्था छैन।’ यसअघि ऋण लिएकाहरूले समेत साँवा-ब्याज भुक्तानी गर्न सक्ने अवस्था नरहेको उनको भनाइ थियो। यसले समग्र व्यवसायलाई नै जोखिमतर्फ धकेलिरहेको उनले औंल्याए।

ब्याजदर नियन्त्रणसँगै अर्थतन्त्रका अन्य चुनौतीहरूलाई पनि सम्बोधन गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ थियो। सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४२ प्रतिशत हाराहरीमा पुगिसकेको उनले बताए। आन्तरिक उत्पादन ठप्प हुँदा व्यापारघाटा अकासिएको र रोजगारी सिर्जना हुन नसकेको उनको भनाइ थियो।

भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमोना श्रेष्ठले मुलुकको आर्थिक व्यवस्थालाई राजनीतिको छायाबाट मुक्त बनाउनुपर्ने बताइन्। संसदमा आफूहरूले अर्थतन्त्रका विषयमा सरकारको ध्यानाकर्षण गराउने पनि उनले बताइन्।

प्रकाशित: Mar 28, 2023| 16:26 मंगलबार, चैत १४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अर्थ समितिको कार्यविधि स्वीकृत, व्यक्तिगत स्वार्थ जोडिएको विषयमा सदस्य अलग हुनैपर्ने

अर्थ समितिको कार्यविधि स्वीकृत, व्यक्तिगत स्वार्थ जोडिएको विषयमा सदस्य अलग हुनैपर्ने

समितिको कार्यक्षेत्रभित्र अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग र लगानी बोर्डको कार्यालय तथा मातहतका कार्यालय पर्छन्।
नेपालबाट ३० वटा एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान

नेपालबाट ३० वटा एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान

मुलुकमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा उपयोग गर्न नयाँ मुलुकसँग हवाई सम्झौता गरिने उल्लेख छ।
नेपालसँग द्विपक्षीय हवाई सम्झौता गरिएका मुलुकको संख्या ४०, तीन देश थपिँदै

नेपालसँग द्विपक्षीय हवाई सम्झौता गरिएका मुलुकको संख्या ४०, तीन देश थपिँदै

नेपालले स्वीट्जरल्यान्ड, इन्डोनेसिया र रुवान्डासँग हवाई सम्झौताको तयारी गरेको हो।
राष्ट्र बैंकले उठाइदियो सरकारको सवा ४४ अर्ब बढी आन्तरिक ऋण

राष्ट्र बैंकले उठाइदियो सरकारको सवा ४४ अर्ब बढी आन्तरिक ऋण

तथ्यांकअनुसार राष्ट्र बैंकले साउनमा १३ अर्ब ६ करोड र भदौमा ३१ अर्ब २० करोड रुपैयाँ सरकारको आन्तरिक ऋण उठाएको हो।
१३ अर्ब बढीको विकास ऋणपत्र बेच्दै राष्ट्र बैंक

१३ अर्ब बढीको विकास ऋणपत्र बेच्दै राष्ट्र बैंक

८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ ‘ग’ बिक्री गर्न लागिएको राष्ट्र बैंकले बताएको हो।