काठमाडौं- नामिबिया सिरिजतर्फ संकेत गर्दै नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभावकर रोहित पौडेलको कप्तानी राम्रो भएको तर आगामी चुनौतीहरू खेप्नका लागि टिमलाई समय र सुविधा कम भएको टिप्पणी गर्छन्। रोहित भर्खरै कप्तानी सम्हाल्न थालेका खेलाडी हुन्।
प्रभाकरले नेपाली टिमको प्रशिक्षण नेतृत्व कप्तानको भूमिकामा थिए सन्दीप लामिछाने। उनी पनि कप्तानीका लागि लामो अनुभव भएका खेलाडी होइनन्। टिमलाई सिकाउने र कप्तानलाई जिम्मेवार बनाउने काममा नै प्रभावकरले मेहनत गरिरहनु परेको छ। सन्दीप टिमबाटै बाहिरिन पुगेपछि रोहितले नेपाली टिमको कप्तानी पाएका छन्। अनुभव लामो नभएका कप्तान त्यो पनि छोटो समयमा नै फेरिइरहँदा प्रशिक्षक प्रभाकरलाई अहिलेको समय चुनौतीपूर्ण लागिरहेको छ।
नेपाली टिमले केन्या भ्रमण गर्दा खेलाडी र प्रशिक्षकबीच भनाभन भइरहेको विषय बहसमा आएको थियो। के यो सत्य हो? ‘यसलाई प्रशिक्षक र खेलाडीको इस्यू भनेर बयान गर्नु हुँदैन। म धेरै कडा स्वभावको छु। अनि चाँडो रिजल्ट चाहन्छु। मैले जुन कुरा सिकाइरहेको छु। त्यसमा फिट हुने खेलाडी नै टिममा रहन्छन्। मेरो खेलाडीलाई हेर्ने आफ्नै नजर छ,’ प्रभाकरको जवाफ छ, ‘जसले जे भने पनि म विश्वकपमा खेल्ने शैली फलो गरिरहेको हुन्छु।’
प्रभाकर नेपाली क्रिकेटले पाएको उत्कृष्ट प्रशिक्षक हुन्। खेलाडी उमेरमा उनी राम्रा ओपनर पनि बलर पनि थिए। त्यसैले उनी यो युवा टिमलाई क्रिकेटको जग बनाउन चाहन्छन्। यसै सिलसिलामा आयोजना भएको थियो नेपाल–यूएई एकदिवसिय सिरिज।
एसोसिएट देशमा पछिल्लो समय युएई बलियो टिमका रूपमा दरिएको छ। नेपाललाई टी–२० विश्वकपसम्म पुग्न रोक्ने टिम पनि युएई नै थियो। पछिल्ला समय उसले बंगलादेश, स्कटल्यान्ड, नेदरल्यान्ड्स र श्रीलंकाजस्ता बलिया देशसँग खेलिसकेको छ। अष्ट्रेलियामा भर्खरै सकिएको टी-२० विश्वकपमा वेस्ट इन्डिजको सामना पनि गरिसकेको छ। यसकारण पनि युएईका खेलाडीले धेरै अनुभव बटुलेर नेपालविरुद्ध सिरिज खेल्नका लागि काठमाडौं आइपुगेका थिए। त्यो बलियो समूहलाई नेपालले २-१ ले शुक्रबार हराएर सिरिज नेपालले जित्यो।

‘खुसी लागेको छ। सिरिजको सुरुवात सोचेजस्तो भएन। पछि राम्रो भयो। पहिलो खेल बिग्रिएपछि दोस्रोमा फरक निर्णय गरेका थियौँ भने तेस्रोमा रन आउट समस्या देखियो। यो टिमले मिडिल अर्डरमा कसरी खेल्ने भन्ने अनुभव भएको छ,’ रोहिले सिरिजको निष्कर्ष सुनाएका छन्।
पछिल्लो समय नेपाली टिम दुई गुटमा विभाजित थियो। केही खेलाडी सन्दीपलाई कप्तान मान्न तयार देखिएका थिएनन्। रोहितको कुरा मान्ने हो भने उनलाई सबैले सहयोग गरिरहेका छन्। ‘अहिले टिमको अवस्था सन्तुलित छ। मलाई सबै खेलाडी र स्टाफले सपोर्ट गरिरहेका छन्,’ घरेलु मैदानमा भएको सिरिज सकिएपछि रोहितले भने।
यो सिरिजको पहिलो खेलमा अर्जुन साउदले अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरे। डेब्यूमा बाहेक सम्झनलाक प्रदर्शन गरेनन्। पहिलो खेलमा ५१ रन बनाएका उनी दोस्रोमा शून्य र तेस्रोमा ९ रनमा आउट भए। यद्यपी उनी प्रशिक्षक मनोज प्रभाकरको योजनामा लगातार पर्न थालेका छन्।
सुरुका दुई खेलमा खुलेर खेल्न नसकेका आशिफले अन्तिम खेलमा ८८ रन बनाए। यो सिरिजको ओपनिङ आशिफ र अर्जुनले नै गरे। ‘समय दिएर नै खेलाडीहरुमा राम्रो बेस बनाउन खोजिरहेको छु। आशिफ र अर्जुन राम्रो खेलिरहेका छन्। र, उनीहरु पनि सिक्न खोजिरहेका छन्,’ ओपनिङ पार्टनसिपबारेको प्रश्नमा प्रशिक्षक मनोज प्रभाकरको जवाफ छ।
अनि ओपनर आशिफलाई चाहिँ कोसँग खेल्न सजिलो हुन्छ त? आशिफलाई गरिएको प्रश्नमा जवाफ दिन्छन्, ‘दुई जनामा जो खेल्दा मेरो दिमागमा केहि फरक पर्दैन। म आफ्नो प्राकृतिक तरिकाले खेल्छु।’
किनभने यसअघि नेपाली टिममा आशिफको पार्टनर हुन्थे कुशल भुर्तेल। मिडिल अर्डरमा विकेट लिने बलर नभएपछि कुशल बलिङमा पनि तानिन थालेका छन्। त्यसैको नतिजा हुनुपर्छ कुशलले यो सिरिजबाट विकेटको खाता खोलेका छन्, तीन विकेट पनि गिराएका छन्।
के अब कुशललाई चौथो नम्बरमा झारेर गुड फिनिसरको लागि तयार गरिरहेको हो त? प्रशिक्षकले जवाफ दिए, ‘जे पनि हुनसक्छ किनभने यो खेलाडीमा भर पर्ने कुरा हो। एसमा बलिङको पनि कन्फिडेन्स छ। उनी नेचुरल ओपनर भन्दा पनि खेलाडीले कसरी दबाब सहन सक्नछ भन्ने कुरा मुख्य हुन्छ।’
मुख्य कुरा, प्रशिक्षकले नेपाली टिम ठूलो रनका लागि नगइरहेको बताएका छन्। उनले कुनै खेलाडीलाई शतकको दबाब पनि दिएका छैनन्। नेपाली टिम त्यसरी नै अघि बढिरहेको छ।
अनि पछिल्लो समय मोहम्मद आदिल आलमले नेपाली र टिमबाट राम्रो गरिरहेका छन्। त्यस्तै कमल सिंह ऐरी घरेलु मैदानमा उत्कृष्ट खेलाडी हुन्। यी दुवै खेलाडीले अवसर पाएनन्। यसको कारण के होला? ‘मैले देखेको उनको टी-२० को लागि हो। एक दिवसियमा विकेटमा टिकेर खेल्ने खेलाडी चाहिएको छ। साढे तीन घण्टाको खेलमा ट्क्निकलली साउन्ड हुनपर्छ,’ प्रशिक्षक प्रभाकरको जवाफ छ।
केही खेलाडी बाहिर रहे पनि रोहितको कप्तानीमा नेपालले पहिलो सिरिज जित्यो। ‘रिजल्ट देखिएकै छ। समग्रमा टिमप्ले राम्रो रह्यो। उनीहरु गल्ती गरिरहेका छन्। खेलाडी र कप्तानमा अझै पनि अपरिपक्व छ तर चाँडो सिकिरहेका छन्। र, भविष्य निकै सुन्दर छ,’ प्रशिक्षक प्रभाकरले समग्रमा सिरिजको बयान गरे।
यो सिरिज १० दिनपछि नामिबिया सिरिजको तयारीका लागि पनि थियो। त्यहाँ नेपालले लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्नेछ। त्यो सिरिज नामिबिया र स्कटल्यान्डविरुद्ध हुनेछ।
क्यानले नेपाली क्रिकेट टिमलाई जति सुविधा दिइरहेको छ त्यो राष्ट्रिय टिमलाई अभ्यास गर्नका लागि पर्याप्त छैन। ‘राष्ट्रिय टिमले अभ्यास गरिरहेको बेलामा हामीलाई धेरै कुरा चाहिन्छ। नेट अभ्यास गर्ने ठाउँ पनि सानो छ। हामी बाहिर जान खोजिरहेका छौं,’ प्रशिक्षक मनोज प्रभाकरले भने।

अब सिरिजका लागि धेरै समय नभएकाले धेरै पक्षमा सुधार गर्नुपर्ने चुनौती रहेको प्रशिक्षक कप्तान बताउँछन्। मुख्य कुरा अब नेपाली टिमलाई लेगस्पिनर चाहिएको छ। विस्तारै खेलाडी खोज्ने प्रशिक्षक प्रभाकर बताउँछन्, ‘कुशल(भुर्तेल) जस्तै ट्यालेन्ट हिडन भइरहको छ। हामी काठमाडौंबाट बाहिर जानेछौं। र, नयाँ ट्यालेन्ट खोज्नेछौं,’ उनले अन्तिममा भने। तर यो केही समयपछिको कुरा भयो।
तत्कालका लागि थप सुविधा, सहसम्बन्ध बिग्रिँदा हुने रनआउट, ब्याटिङ लाइनअप, मिडिल अर्डरमा विकेट लिने बलिङजस्ता कुराहरुलाई सुधार गरेर अघि बढ्ने नेपाली टिमको योजना छ। किनभने लिग २ मा कमजोर अवथामा रहेको नेपालले एकदिवसीय मान्यता पनि जोगाउनु पर्नेछ।
यूएईसँगको एकदिवसिय सिरिज
तीन खेलको सिरिजमा ८५ रन बनाएर पाँच विकेट लिएका १६ वर्षे आयान खान प्लेयर अफ दि सिरिज भए। आयानले पहिलो खेलमा चार मेडन राख्दै १४ रन मात्र दिएर चार वकेट गिराएका थिए। त्यो सानदार पारी खेलेका उनले भनेका थिए, ‘नेपालको मैदानमा मेरो ड्रिम डेब्यू भएको छ। म अहिलेसम्म टी-२० मा फिट छु र एकदिवसीयमा चाहिँ अट्याकिङ बलरको भूमिका निभाउनु पर्ने थियो, त्यो गर्न सकेँ। दोस्रो पारीमा स्पिन भइरहेको थियो र मैदानले बललाई होल्ड पनि गरिरहेको थियो।’
उनले तेस्रो खेलमा पनि अर्धशतक बनाएका थिए। त्यही दुई प्रदर्शनको सहयोगमा उनी सिरिजकै सबैभन्दा उत्कृष्ट खेलाडी सावित भए। विश्वकप छनोटमा पनि युवा ब्याटर भृत्य अरविन्दले नेपाली बलिङ लाइनअपलाई ध्वस्त पारेका थिए।
अहिले यूएईले उत्पादन गरेका युवा खेलाडी प्रभावशाली देखिँदै आएका छन्। ‘पछिल्लो सिरिजमा भृत्य खतरा थियो। अहिले आयान। युवा खेलाडीले प्रदर्शन गर्नु राम्रो हो। हामीले विश्वकपको अनुभव लिएका छौं। त्यसको प्रभाव होला,’ कप्तान रिजवनले भने।
पहिलो खेलमा नेपालले ८४ रनको ठूलो हार व्यहोरेको थियो। रोहितले आफ्नो कप्तानीको पहिलो खेलमै हार बेहोरेका थिए। ‘आजको खेल,पावर प्लेमा बलिङ राम्रो भएन, जुन योजना बनाएका थियौं, त्यो एक्जिक्युट गर्न सकेनौं,’ रोहितले पहिलो खेलपछि भनेका थिए, ‘ब्याटिङमा हामी कोल्याप्स नै भयौं। दीपेन्द्रसिंह ऐरी र अर्जुनको पार्टनरसिप राम्रो भए पनि खेल गुमाउनु पर्यो।’ अर्जुन साउँद र दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाए पनि नेपालले जित्न सकेन।
अन्तिम खेलमा आयानले हजरत बिलालसँग गरेको साझेदारी त अन्तिम विकेटका लागि गरिएको ठूलो साझेदारीकै चौथो नम्बरमा परेको छ। ‘मलाई थाहा थिएन। यो कीर्तिमानको चौथो नम्बरमा परेको छ। यो खुसीको कुरा हो। यूएई क्रिकेटको लागि रोचक कुरा पनि हो,’ खेलपछि कप्तान रिजवनले भने।

सिरिजको पहिलो खेलमा नेपालले हारिसकेपछि दोस्रो खेलमा जित निकाल्ने चुनौती धेरै थियो। सो खेलमा नेपाली ओपनरबाहेक सबैले उत्कृष्ट प्रदर्शन गरे। नेपालले तीन विकेटको जित निकालेर सिरिज बराबरी गरेको थियो।
अब अन्तिम खेलमा जसले जित निकाल्छ सिरिज उसकैको हुनेवाला थियो। यस्तोमा नेपालले कमजोर सुरुवात गर्यो। ९ रन बनाएर अर्जुन आउट भएपटि ज्ञानेन्द्र मल्ल मैदान छिरेका थिए। पिचमा रहँदै आशिफ र ज्ञानेन्द्रले खेललाई कसरी अघि लैजाने भनेर सल्लाह गर्दै थिए।
के सल्लाह हुँदै थियो नि? आशिफको जवाफ छ, ‘सुरुमा स्लो स्टार्ट थियो। तर विकेट राम्रो थियो। अब समय विताएर खेलौँ थोरै लक्ष्य भएकोले अन्तिममा तान्न सकिन्न भन्ने कुरा भएको थियो।’
खेल हेर्दा सहजै अनुमान गर्न सकिन्थ्यो आशिफले सुरुमा अट्याक गर्न खोजिरहेका थिए। ‘हो, तर बलमा कनेक्ट नै भइरहेको थिएन। अनि अन्तिमसम्म लिएर जाने भनेको हो,’ आशिफले भने। उनले आजको खेलमा ८८ रन बनाएका छन्। अघिल्ला दुई खेलमा ६ र १२ रनमै आउट भएका थिए। ‘आशा अनुसारको सुरुको दुई खेलमा प्रदर्शन भएन। अन्तिममा मात्र भयो,’ खुसी नै हुनुपर्छ। नेपाली टिमले अन्तिममा नहुनु पर्ने रनआउट व्यहोर्यो। ‘रनआउट नभए हामी आठ विकेटले जित्ने थियौँ। यो पाठ हो र, आउँदो शृंखलालाई पनि सहयोग गर्नेछ भन्ने आशा राखेका छौं,’ सिरिज जितेपछि रोहितले भनेका छन्, ‘आत्मविश्वास बढ्न थालेको छ।’
यता युएईका कप्तान सिपी रिजवन अन्तिम दुई खेलका लागि दुखि थिए। ‘लगातार विकेट गयो। हाम्रा ब्याटरले गोल पूरा गर्न सकेनन्। बलिङले पुरा गर्ला भन्ने लागेको थियो तर भएन,’ सिरिज गुमाएपछि रिजवनले भने। उनलाई क्रिकेटलाई माया गर्नेहरू भएको देशमा खेल्न पाइयो भन्नेमा चाहिँ खुशी लागेको छ।
फेरि उनले सम्झिए कि आफू विश्वकपबाट भर्खरै फर्किएको हो। अनुभव राम्रो त थियो नै। ‘यो हारको कल्पना गरेको थिएन।हामी यो गल्तीबाट सिक्नेछौं,’ उनले भने। उनले अन्तिम खेलमा कमब्याक गर्न नसक्नुको कारण आशिफको विकेट लिन नसक्नु रहेको पनि बताए।
‘हामीले बलिङ युनिटमा रिग्रुप गर्नुपर्छ भन्ने लाग्छ,’ उनले भने, ‘विश्वकपमा अष्ट्रेलियामा खेल्दा बाउन्स भइरहेको थियो। यो पिच हाम्रो लागि च्यालेन्जिन थियो। तर प्रोफेसनलमा सबै पिचको ज्ञान हुनुपर्छ।’
अब यूएईको पनि महत्वपूर्ण खेल आउँदै गरेको कारण अहिलेको खेलको गल्ती नदोहोर्याउने बताएका छन्।