मंगलबार, माघ ११, २०७८
  • गृहपृष्ठ
  • क्रिकेट
  • बलर चम्किएको खेलमा बागमतीले कर्णालीमाथि निकाल्यो संघर्षपूर्ण जित

बलर चम्किएको खेलमा बागमतीले कर्णालीमाथि निकाल्यो संघर्षपूर्ण जित

नेपाल समय  |  काठमाडौं, मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– यू १९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न खेलमा बागमतीले कर्णाली प्रदेशलाई हराएको छ। मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले १८१ बल बाँकी रहँदा ७९ रनको लक्ष्य ८२ रन बनाएर पूरा गरेको हो।

त्यसक्रममा बागमतीले ९ विकेट गुमायो। खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २७ ओभर एक बल खेल्दै सम्पूर्ण विकेट गुमाएर ७८ रन बनाएको थियो। जवाफमा बागमतीले १९ ओभर पाँच बल खेल्दै लक्ष्य पूरा गर्यो।

बागमतीको जितका लागि विवेक मगरले सर्वाधिक १८ रन बनाए। त्यस्तै कृष कार्कीले १२ र उत्तम मगरले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। ११ रन अतिरिक्त प्रदान गरेको कर्णालीका अनुज चुनराले ५ विकेट गिराए भने प्रकाश जैसी, युनिस सिंह र सुवास अयरले समान १–१ विकेट लिए।

त्यसअघि कर्णालीका निश्चल रावलले १५ र सन्दीप साहीले १४ रन बनाएका थिए। पहिलो पारीमा गौतम केसी, विशाल यादव, कृष कार्की र विपुल खनालले क्रमशः ४, ३, २ र १ विकेट गिराए।


प्रकाशित: November 30, 2021 | 14:31:33 काठमाडौं, मंगलबार, मंसिर १४, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, मंगलबार, मंसिर १४, २०७८

थप समाचार

यी आक्रामक खेलाडी जसले फेर्दैछन् नेपाली क्रिकेटको मुहार

यो वर्ष टी २० क्रिकेट शैलीमा पहिलो पटक पीएम कप सम्पन्न भयो। यो प्रतियोगितामा सम्झनलायक धेरै कुरा रहे।

पुलिसलाई हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बुधबार सम्पन्न खेलमा विभागीय टिम एपीएफले अर्को विभागीय टिम पुलिसलाई २१ रनले हराएर उपाधि जितेको हो।

पुलिसको पेचिलो बलिङसामु अन्तिममा सम्हालिँदै एपीएफले दियो प्रतिस्पर्धात्मक लक्ष्य

जारी प्रधानमन्त्री कप क्रिकेटको फाइनल खेलमा विभागीय टिम एपीएफ र नेपाल पुलिस क्लब भिडिरहेका छन्।

पीएम कप क्रिकेट फाइनल : टस जितेर बलिङ गर्दै पुलिस

जारी प्रधामन्त्री कप क्रिकेटको फाइनलमा विभागीय टिम पुलिस र एपीएफको खेल सुरु भएको छ।

पीएम कपको उपाधिका लागि पुलिस र एपीएफ भिड्दै

सेमिफाइनल खेलमा प्रदेशिक टिममध्येको बलियो बाग्मतिलाई हराएर पुलिस सेमिफाइनलमा पुगेको थियो। त्यस्तै, अर्को विभागीय टिम आर्मीविरुद्ध सहज जित निकाल्दै एपीएफ फाइनलमा प्रवेश गरेको छ।

पीएम कप : एपीएफले छक्का र चौकाको वर्षा गरेपछि आर्मीलाई विशाल लक्ष्य

जारी प्रधामन्त्री कप पुरुष राष्ट्रिय टी२० क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले अर्को विभागीय क्लब एपीएफको सामना गरिरहेको छ।

ट्रेंडिंग

नेपाल समय
राजनीति

सभापतिमा देउवाको एक महिना, देखिएन सुध्रिने संकेत

‘पार्टीमा पुस्तान्तरणको एजेन्डा सेट भएको छ। रुपान्तरणको सन्देश महाधिवेशनले दिएको छ। पदाधिकारीमा युवाहरुको प्रवेश भइसकेको छ। अब सभापतिजी विधि र पद्धती अनुसार नै चल्नुहुन्छ भन्‍ने लागेको थियो। तर, उहाँको कार्यशैलीमा सुधारको छाँट देखिएन,’ ती पदाधिकारी भन्छन्, ‘प्रश्न उठाउँदा झपार्नुहुन्छ। बोल्न दिनुहुन्‍न, अनि कसरी सुधारको अपेक्षा राख्‍ने?’
नेपाल समय
समाज

काठमाडौंका गेस्ट हाउस : महिलाका लागि असुरक्षित बन्न थालेका हुन्?

'घटना बढ्दै गएपछि हामीले गेस्ट हाउसमाथि निगरानी बढाएका छौं। गेस्ट हाउस छिर्दा र बाहिरिने ठाउँमा सीसी क्यामेरा अनिवार्य रुपमा लगाउन निर्देशन दिएका छौं।'
नेपाल समय
समाज

काठमाडौंको सुन्धाराबाट 'दंगाली छोटे डन' पक्राउ, यस्ता छन् कसुरका शृंखला

'दङ्गाली छोटे डन' उपनामले परिचित विकास पुन काठमाडौंबाट पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई काठमाडौंको सुन्धारास्थित होटल भ्यू ग्लोबलमा लुकीछिपी बस्दै आएको अवस्थामा सोमबार पक्राउ गरेको हो।
नेपाल समय
समाज

इतिहासमा आज : अमेरिकी राज्यमा राजतन्त्रको अन्त्य, जापानमा शक्तिशाली भूकम्प

आज सन् २०२२ जनवरी १७। विश्‍वभर आजका दिनमा भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेटेका छौं।
नेपाल समय
राजनीति

चुच्चे नक्सामा बढ्यो भारतको हैकम, कूटनीतिक पहलमा यसरी पन्छियो सरकार

'सरकारको प्रवक्ताले बोल्ने त एउटा कुरा भयो, अर्को परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाउनुपर्थ्यो। अर्को कुरा भारतीय दूतावासले विज्ञप्ति निकालेपछि दिल्लीस्थित नेपालको दूतावासले विज्ञप्ति निकाल्नुपर्थ्यो।'

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C