मंगलबार, कार्तिक ९, २०७८

२३ वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट धानेको त्रिवि मैदान

नेपाल समय  |  काठमाडौं, शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८, काठमाडौं

नेपाल समय
तस्बिर : दिनेश श्रेष्ठ

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान नेपालमा भएको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट म्याच हुने एकमात्र मैदान हो। यो मैदानमा अन्तर्राष्ट्रिय स्तरको पहिलो क्रिकेट म्याच एसीसी ट्रफी अन्तर्गत जापान र हङकङबीच ५ अक्टोबर सन् १९९८ मा भएको थियो।

त्यसअघि ३ अक्टोबर सन् १९९८ मा नेपाल र थाइल्याण्डबीच र २ अक्टोबरमा बंगलादेश र पपुवा न्युगिनीबीच खेल हुनुपर्नेमा खराब मौसमका कारण खेल हुन सकेको थिएन। जसकारण जापान र हङकङबीचको खेल नै त्रिवि क्रिकेट मैदानमा भएको पहिलो अन्तर्राष्ट्रिय खेल हुन पुग्यो। 

त्यसयता यो मैदान अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय खेल खेल्ने एकमात्र मैदान बनेको छ। नेपालले क्रिकेटको क्षेत्रमा उल्लेख्य प्रगति गरिरहेको छ। तर अन्तर्राष्ट्रिय स्तरको खेल मैदान हुन नसक्दा खेलाडीले चाहेजति अभ्यास गर्न सकेका छैनन्। एउटा मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशालाका कारण नेपाली खेलाडीहरुलाई विदेशमा गएर म्याच खेल्न पनि सकस परिरहेको स्वयं खेलाडीहरुले नै बेलाबेला बताउने गरेका छन्।

नेपाली खेलाडीहरुलाई सिकाउन आएका प्रशिक्षकहरु पनि नेपालले अन्तर्राष्ट्रिय स्तरको खेल मैदान तयार पार्न सके नेपालको क्रिकेट स्तरमा उल्लेखनीय परिवर्तन हुने दाबी गरिरहेका छन्। तर पनि सरकार यसबारेमा लाचार देखिन्छ। नेपालले सन् १९८८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एसोसिएट सदस्यता पाएको थियो। अहिलेसम्म आइपुग्दा नेपाल टी–२० वरियतामा विश्वमा १३ औँ स्थानमा छ भने एकदिवसीयमा १६ औँ स्थानमा छ। नेपालमा त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान बाहेकका अन्य ३ वटा मैदान भए म्याच खेलाउन, खेलाडीहरुलाई अनुभव बटुल्न र अभ्यास गर्ने कुरामा धेरै सहयोग हुने टियू क्रिकेट मैदानका क्युरेटर मधु तामाङले बताए।

उनले एउटै क्रिकेट पिचमा खेल्दा एक, दुई वटा खेलपछि नराम्रो असर पर्ने समस्या रहेको भन्दै अन्य अन्तर्राष्ट्रिय स्तरका क्रिकेट मैदान बनाउनुपर्ने जोड दिए। एउटा म्याच खेलिसकेपछि एउटा मैदानमा एक महिना म्याच खेलाउन उचित नहुने बताउँदै उनले नेपालमा अन्य क्रिकेट मैदान नबन्दा खेलका लागि मैदान तयार गर्न पनि समस्या रहेको बताए। उनले एकपछि अर्को लगातार म्याच खेलाइरहँदा त्रिवि क्रिकेट मैदानलाई खेलको भार भएको बताए।

उनले भने, ‘नेपालको अन्तर्राष्ट्रिय ग्राउण्ड यही एउटा मात्रै भयो, यसको विकल्पमा अरु ग्राउण्ड छैनन्। यस्तै तीन वटा जति ग्राउण्ड भइदिएको भए टुर्नामेण्ट गर्न सजिलो हुन्थ्यो, मैदानलाई भार पनि पर्दैनथ्यो। टी–२० को लागि घाँसे मैदान फाइदाजनक हुन्छ, हामीसँग अहिले ठिक्क मिल्ने पिच छ, ब्याटिङको लागि राम्रो हुने पिच छ। एउटै विकेट (पिच) मा सबै म्याच खेलाउन पनि सकिँदैन, खेलाए पिचलाई धेरै भार पर्छ। नेपालमा एउटा मात्रै अन्तर्राष्ट्रिय क्रिकेट मैदान छ, जसकारण मैदानले आराम नै पाउँदैन।’

त्रिवि क्रिकेट मैदानमा म्याच गराउनका लागि अहिले तीन वटा पिच छन्, जसमा हरेक म्याचमा पालैपालो म्याच गराइन्छ। शनिबारदेखि सुरु हुने ईपीएलको लागि मैदान तयार भइसकेको छ। पिच २२ गजको हुनेगर्छ, यसको दुवैतर्फ स्टम्प हुन्छन्। यसमा घाँस कम हुन्छ भने पिचले म्याचमा टिमको रणनीतिलाई प्रभावित बनाउँछ।

नेपालले सन् १९९८ मा एसीसी ट्रफीको आयोजना गर्ने अवसर पाएको थियो। त्यसका लागि अन्तर्राष्ट्रिय स्तरको मैदान आवश्यक पर्ने भएपछि सन् १९९६ मा भारतको जी स्पोर्टस कम्पनीसँग मैदान बनाउन सम्झौता गरेको थियो। सम्झौता अनुसार सानो फुटबल मैदानलाई जी स्पोर्ट्सले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइदिएको थियो। 


प्रकाशित: September 24, 2021 | 14:08:03 काठमाडौं, शुक्रबार, असोज ८, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, शुक्रबार, असोज ८, २०७८

थप समाचार

भारतविरुद्ध पाकिस्तानको २९ वर्षे पराजयको यात्रा समाप्त

आईसीसी विश्वकपमा पाकिस्तानले भारतसँगको २९ वर्षे हारको यात्रा टुंग्याएको छ। आइतबार राति दुवईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टी २० विश्वकपमा पाकिस्तानले भारतविरुद्ध १० विकेटको जित निकालेको हो।

भारतले पाकिस्तानलाई दियो १५२ रनको लक्ष्य

जारी आईसीसी टी २० विश्वकपमा भारतले पाकिस्तानलाई १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टी२० विश्‍वकप : भारतविरुद्ध टस जितेर फिल्डिङ गर्दै पाकिस्तान

टी२० विश्‍वकमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेको छ।

टी२० विश्वकप : भानुका र चरिथाको जोडीले दिलायो श्रीलंकालाई जित

नौ ओभर चार बलमा चार विकेट गुमाएर ७९ रन बनाएको अवस्थाबाट ८६ रनको साझेदारी गर्दै चरिथा असलंका र भानुका राजापक्षले श्रीलंकालाई जित दिलाएका छन्।

त्यो खेल जसका लागि टेलिभिजन सेट फुट्न सक्छन्

अहिले पुनः एकपटक भारत र पाकिस्तान आपसमा भिड्दैछन्। जितका लागि भोका खेलाडी निकट प्रतिद्वन्दीविरुद्ध जितको लक्ष्यका साथ मैदान उत्रँदैछन्। त्यसले यी दुई टिमबीचको पुराना सबै यादहरुलाई एकैठाउँमा ल्याइदिएको छ। जबकी यी दुवै टिम आईसीसीको मात्र प्रतियोगिता खेल्दैछन्।

टी–२० विश्वकपमा इंग्ल्यान्डका बलर हाबी भएपछि वेस्ट इन्डिजमाथि सानदार जित

यूएई र ओमनमा जार टी–२० विश्वकपमा उपाधि दाबेदार इंग्ल्यान्डले सुखद् सुरुआत गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार राति सम्पन्न खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्ध ६ विकेटको सहज जित निकालेको हो।

ट्रेंडिंग

नेपाल समय
विचार

न्यायालयको यो संकटमा जिम्मेवार को?

असार-साउनमा प्रतिनिधिसभा पुनःस्थापना र प्रधानमन्त्रीको नियुक्ति गराउन सर्वोच्च अदालतको संवैधानिक इजलास पूरै समर्पित रह्यो। अगाडि परेका निवेदनको सुनवाइ नगरी पछि परेका निवेदनलाई प्राथमिकता राखी निर्णय दिने तरिका न्यायिक गुणवत्ता होइन त्यो राजनीति हो ।
नेपाल समय
शिक्षा

विद्यालय र बालविकास केन्द्रको संख्या नपठाए अनुदान रोक्का

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय र बालविकास केन्द्रको संख्या सुनिश्चित गरेर पठाउन स्थानीय तहलाई आग्रह गरेको छ।
नेपाल समय
प्रदेश न. २

निर्वाचन भएको चार वर्षपछि भएको पुनः मतगणनामा पराजित उम्मेदवार विजयी

महोत्तरीको एक स्थानीय तहको वडामा निर्वाचन भएको चार वर्षपछि भएको पुनः मतगणनामा निकटतम प्रतिद्वन्द्वी रहँदै पराजित भएका उम्मेदवार विजयी भएका छन्।
नेपाल समय
शिक्षा

अन्योलमा २० हजार ६१३ शिक्षकको विज्ञापन, आयोग नियमावली मन्त्रिपरिषद्‍मै अड्कियो

प्राथमिक तहमा १३ हजार ८५, निमावि तहमा २ हजार ५ सय ९४ र मावि तहमा १ हजार ५ सय ४४ शिक्षक दरबन्दी रिक्त छ।
नेपाल समय
राजनीति

मुख्यमन्त्री आचार्य, जसले संविधान मिचेर १६ दिन सत्ता लम्ब्याए

एमाले सचिव भीम आचार्य तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईपटकसम्म संसद् विघटन गर्दा प्रतिगमन भयो भन्दै आन्दोलनको अग्रपंक्तिमा थिए। ओलीले सत्ता लम्ब्याउन संविधान मिचेको आरोप लगाउँदै प्रदेश १ मा आन्दोलनको नेतृत्व पनि गरे।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C