मंगलबार, कार्तिक ९, २०७८

रोमाञ्चक उपाधि दौडका साथ १४० दिनपछि फर्किंदै आईपीएल

नेपाल समय  |  काठमाडौं, आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– कोभिड–१९ को महामारी र खेलाडीमा कोरोनाभाइरसको पुष्टि भएपछि रोकिएको इन्डियन प्रिमियर लिग (आईपीएल) आजबाट यूएईमा सुरु हुँदैछ।

१४औं संस्कणको आईपीएलको बाँकी खेलहरू आजबाट सुरु हुन लागेको हो। यसअघि इन्डियामै आयोजित प्रतियोगिता अप्रिल ९ मा सुरु भएको थियो। जहाँ साविक विजेता मुम्बई इन्डियन्सलाई विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्सर्ज बेंगलोर (आरसीबी)ले पछि पारेर लिग लिड गरिरहेको थियो।

तर, आठौं चरणको खेलमा जित निकालेसँगै दिल्ली शीर्षस्थानमा छ र पछिल्लो हारको कारण बेंग्लोर तेस्रो स्थानमा झरेको छ। अहिले तीन पटक उपाधि जितेको चेन्नई सुपर किंग्स दोस्रो स्थानमा छ।

तालिकामा सनराइजर्स हैदाराबाद पुछारमा छ भने कोलकत्ता र पञ्जाब पुछारबाट दोस्रो र तेस्रो स्थानमा छन्। आठ टिम सम्मिलिन प्रतियोगितामा मुम्बई चौथो स्थानमा छ भने राजस्थान रोयल्स पाँचौं स्थानमा छ।

इन्डियाको चेन्नईमा चलिरहेको प्रतियोगिता ३ मेसम्म कोभिड–१० को प्रभावमा परेको थिएन। तर्, कलकत्ताका वरुण चक्रवर्ती र सान्दिप वारियरलाई कोभिड पोजेटिभ देखिएपछि अन्य क्लबका कोही अपिसियललाई पनि कोभिड देखिएको थियो।

यससँगै आरसीबीको खेल स्थगित भएको थियो। खेल स्थगित भएको भोलिपल्ट सनराइजर्स हैदराबादको खेलाडीलाई पनि कोभिड देखिएपछि लगातार दुई खेल स्थगित भएको थियो।

समूह चरणका २९ खेल खेलेपछि आईपीएल नै अनिश्चितकालका लागि स्थगित भएको आयोजक बीसीसीआईले जानकारी दिएको थियो।

प्रतियोगितामा अब ३१ खेल बाँकी छन्। त्यसमध्ये २७ समूह चरणका खेल हुन् भने बाँकी प्लेअफका।

आजबाट सुरु भएको समूह चरणको खेल सकिएपछि अक्टोबर १० देखि १५ सम्म नकआउट चरण हुनेछ। भने फाइनल खेल १५ अक्टोबरमा हुनेछ। यस दौरान प्रतियोगिता इन्डियाबाट यूएईमा सरेको छ।

अब, आईपीएलका बाँकी खेल दुवै, सारजाह र अबुधाबी रंगशालामा हुनेछ। यिनै रंगशालाले आईपीएलपछि टी २० विश्वकप पनि आयोजना गर्दैछ।

टी–२० विश्वकप १२ अक्टोबरदेखि १४ नोभेम्बरसम्म सोही रंगशालामा हुनेछ।

पछिल्लो पटक प्रतियोगिता स्थगित भएपछि खेलाडीहरूले स्वदेश फर्कन निकै कष्ट गर्नुपरेको थियो। अस्ट्रेलियामा निकै कडा नियम राखिएपछि धेरै खेलाडीले श्रीलंकामा क्वारेन्टिन बसेर स्वदेश फर्किएका थिए।

तर अहिले अष्ट्रेलियन बोर्ड आफ्ना खेलाडीलाई आईपीएल खेल्न पठाउन पाउँदा खुसी छ। त्यस्तै, न्युजिल्यान्डका पनि सबै खेलाडीले आईपीएल खेल्दैछन्। तर, अष्ट्रेलियाका सात खेलाडीले आईपीएलबाट आफ्नो नाम फिर्ता लिएका छन्।

यसकारण किवी बलर टिम साउथी, दक्षिण अफ्रिकाका ताबिइज साम्सीलगायतले खेल्न पाएका छन्। त्यस्तै, वेस्ट इन्डिजका खेलाडी क्रिस गेल, आन्द्रे रसेलले पनि प्रतियोगितामा भाग लिने भएका छन्।

अहिले इन्डियन ओपन शिखर धवन ३८० रनका साथ अरेन्ज क्यापको दौडमा अघि छन् भने अफ्रिकी खेलाडी फाफ डु प्लेसिस ३२० रनका साथ धवनलाई पछ्याइरहेका सहभागी छन्।

यता इन्डियाका लागि नखेलेका हर्षल पटेल अहिले शीर्ष विकेट टेकर छन्। उनले १७ विकेट गिराएर पर्पल क्यापको दौडमा छन्। अभेष खान दोस्रो स्थानमा छ भने राशिद खान पाँचौ स्थानमा छन्। आजको खेलमा चेन्नई र मुम्बई भिड्दैछन्।


प्रकाशित: September 19, 2021 | 09:24:11 काठमाडौं, आइतबार, असोज ३, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, आइतबार, असोज ३, २०७८

थप समाचार

भारतविरुद्ध पाकिस्तानको २९ वर्षे पराजयको यात्रा समाप्त

आईसीसी विश्वकपमा पाकिस्तानले भारतसँगको २९ वर्षे हारको यात्रा टुंग्याएको छ। आइतबार राति दुवईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टी २० विश्वकपमा पाकिस्तानले भारतविरुद्ध १० विकेटको जित निकालेको हो।

भारतले पाकिस्तानलाई दियो १५२ रनको लक्ष्य

जारी आईसीसी टी २० विश्वकपमा भारतले पाकिस्तानलाई १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टी२० विश्‍वकप : भारतविरुद्ध टस जितेर फिल्डिङ गर्दै पाकिस्तान

टी२० विश्‍वकमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेको छ।

टी२० विश्वकप : भानुका र चरिथाको जोडीले दिलायो श्रीलंकालाई जित

नौ ओभर चार बलमा चार विकेट गुमाएर ७९ रन बनाएको अवस्थाबाट ८६ रनको साझेदारी गर्दै चरिथा असलंका र भानुका राजापक्षले श्रीलंकालाई जित दिलाएका छन्।

त्यो खेल जसका लागि टेलिभिजन सेट फुट्न सक्छन्

अहिले पुनः एकपटक भारत र पाकिस्तान आपसमा भिड्दैछन्। जितका लागि भोका खेलाडी निकट प्रतिद्वन्दीविरुद्ध जितको लक्ष्यका साथ मैदान उत्रँदैछन्। त्यसले यी दुई टिमबीचको पुराना सबै यादहरुलाई एकैठाउँमा ल्याइदिएको छ। जबकी यी दुवै टिम आईसीसीको मात्र प्रतियोगिता खेल्दैछन्।

टी–२० विश्वकपमा इंग्ल्यान्डका बलर हाबी भएपछि वेस्ट इन्डिजमाथि सानदार जित

यूएई र ओमनमा जार टी–२० विश्वकपमा उपाधि दाबेदार इंग्ल्यान्डले सुखद् सुरुआत गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार राति सम्पन्न खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्ध ६ विकेटको सहज जित निकालेको हो।

ट्रेंडिंग

नेपाल समय
समाज

प्रहरीमा अब कसैलाई पनि 'तँ' नभन्‍न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले तीन वटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर कसैलाई पनि 'तँ' नभन्‍न निर्देश दिएका छन्।
नेपाल समय
प्रदेश न. २

यसरी कानुनी राज्यको उपहास गर्दैछ सीके राउतको जनमत पार्टी

‘स्वतन्त्र मधेस गठबन्धन’ नारा त्यागेर २०७५ फागुन २४ मा सरकारसँग शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरी गठन भएको जनमत पार्टी अराजक गतिविधिमा उत्रिएको छ।
नेपाल समय
कला/साहित्य

'विभेद गर्ने काठमाडौं अब फर्कन्न'

कुनै बेला बागमती करिडोरमा माछा तार्दै गर्दा मैले कामेश्वरलाई सोधेको थिएँ, ‘के रहेछ त जिन्दगी?’
नेपाल समय
प्रदेश न. २

अराजक बन्दै सीके राउतको दल, खानेपानीका हाकिमलाई अर्धनग्न पारेर नगर घुमाइयो

अविरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुखलाई कुटपिट गर्दै नगर घुमाएका छन्।
नेपाल समय
शिक्षा

शिक्षक महासंघले २८ कात्तिकदेखि सडक आन्दोलन गर्ने

नेपाल शिक्षक महासंघले कार्तिक २८ गतेबाट देश भरिकै शिक्षक कर्मचारीलाई काठमाडौंमा उपस्थित गराई दबाबमूलक सडक आन्दोलन गर्ने जनाएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C