सोमबार, मंसिर २०, २०७८

अचाक्ली बढ्यो महँगी, नियमनकारी निकाय नेतृत्वविहीन

प्रेम चन्द  |  काठमाडौं, सोमबार, कार्तिक ८, २०७८

प्रेम चन्द

प्रेम चन्द

सोमबार, कार्तिक ८, २०७८, काठमाडौं

नेपाल समय

दैनिक उपभोग्य सामग्री मात्र होइन निर्माण सामग्रीको मूल्य र सार्वजनिक सवारीसाधनको भाडा पनि अचाक्ली बढेको छ। नियमनकारी निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नेतृत्वविहीन रहँदाको फाइदा उठाउँदै व्यवसायीले ‘मनपरी’ गरिरहेका छन्।

काठमाडौं- बजारमा पछिल्लो समय अण्डाको खुद्रा मूल्य १८ रुपैयाँ प्रतिगोटा पुगेको छ। अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी अण्डाको फार्म मूल्यमा पछिल्लो समय कुनै वृद्धि नभए पनि उपभोक्ता मूल्य अस्वाभाविक बढेको बताउँछन्। उनका अनुसार फार्मदेखि होलसेल र होलसेलदेखि खुद्रा व्यवसायी हुँदै उपभोक्तासम्म आइपुग्ने अण्डाको मूल्य बढ्नुमा खासै केही कारण छैन। व्यवसायीले ३५ रुपैयाँमा दुई वटाका दरले मनपरी बिक्री गर्न थालेका छन्।

त्यस्तै ग्रिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालका अनुसार पछिल्लो समय फलामे छडको मूल्य अस्वाभाविक बढेको छ। चालू आव २०७८/७९ को बजेट कार्यान्वयन सुरु भएपछि अन्तर शुल्कका कारण ४ रुपैयाँ प्रतिकेजीका दरले फलामे छडको मूल्य बढेको थियो। 

पछिल्लो समय बिना कारण १० रुपैयाँ देखि १५ रुपैयाँ प्रतिकेजीसम्म छडको मूल्य बढेको कटुवाल बताउँछन्।  ‘अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य बढ्यो भन्छन्। कच्चा पदार्थको मूल्य बढ्यो भनेर उद्योगीले नै मूल्य बढाएका छन्,’ कटुवाल भन्छन्, ‘उद्योगीले दिनदिनै मूल्य बढाउँदा अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको असर हो जस्तो लाग्दैन। तर, हाम्रोमा अनुगमन गर्ने संयन्त्रले काम गरेको देखिँदैन।’

सिमेन्ट उत्पादक संघका अनुसार पछिल्लो समय सिमेन्टको मूल्य ५० रुपैयाँदेखि ७५ रुपैयाँ प्रतिबोरासम्म बढेको छ।

सरकार आफैंले पेट्रोलको मूल्य बढाएर १३० रुपैयाँ प्रतिलिटर पुर्‍याएको छ। डिजेलको मूल्य बढाएर ११३ रुपैयाँ प्रतिलिटर कायम गरेको सरकारले खाना पकाउने ग्यासको मूल्यसमेत बढाएर प्रतिसिलिन्डर १४५० रुपैयाँ पुर्‍याएको छ। पछिल्लो समय फेरि मूल्य बढाउने चलखेल भइरहेको छ।

पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवसायीले दिएको दबाबअनुसार तत्कालीन केपी ओली नेतृत्वको सरकारले गत असार अन्तिम साता लामो दूरीका यातायातको भाडा बढाएको थियो। असार अन्तिम साता नै नयाँ सरकारका रूपमा आएको शेरबहादुर देउवा नेतृत्वको सरकारले बढाएको भाडा फिर्ताका लागि कुनै पहल गरेन। 

दसैंका बेला सबैले गाउँ फर्किनुपर्ने भएकाले व्यवसायीले बढेकै भाडा लागू गरे। त्यसपछि सरकारले नै छोटो दूरीको यातायातको भाडासमेत बढाइदिएको छ। 

‘चामल, दाल, तरकारी खाने तेलदेखि सबै क्षेत्रमा मूल्यवृद्धि अनियन्त्रित छ। मूल्यवृद्धि नियन्त्रण गर्नमा सरकार चुकिरहेको छ। व्यवसायीले मनपरी गरिरहेका छन्। व्यवसायीसँग मिलेर मूल्य वृद्धि गर्नमा सरकारकै मिलेमतो देखिन्छ।’
कात्तिक १ गतेदेखि कार्यान्वयनमा आएको भनिएको भाडाअनुसार सार्वजनिक सवारीमा तोकिएअनुसार भाडा लिने गरिएको छैन। कुनै रुटमा १८ रुपैयाँका दरले भाडा तोकिएको छ भने सम्बन्धित चालक वा सहचालकले २० रुपैयाँ लिने गरेका छन्।

‘चामल, दाल, तरकारी खाने तेलदेखि सबै क्षेत्रमा मूल्यवृद्धि अनियन्त्रित छ,’ उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन भन्छन्, ‘मूल्य वृद्धि नियन्त्रण गर्नमा सरकार चुकिरहेको छ। व्यवसायीले मनपरी गरिरहेका छन्। व्यवसायीसँग मिलेर मूल्य वृद्धि गर्नमा सरकारकै मिलेमतो देखिन्छ।’

उनका अनुसार तरकारी तथा दुग्धजन्य वस्तुको मूल्यमा समेत बजारमा एकरूपता छैन। व्यवसायीले मनपरी मूल्य लिइरहेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले गत साउन २४ गते आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै आपूर्ति व्यवस्थामा सुधार गर्ने र महँगी नियन्त्रण गर्ने प्रतिबद्धता गरेको थियो। तर, सरकार गठन भएको चार महिना पुग्नै लाग्दा पुग्नै लाग्दासम्म बजारमा मूल्य अनियन्त्रित बनेको छ।

असार अन्तिम साता गठित देउवा नेतृत्वको सरकार मूल्यवृद्धि नियन्त्रण चुक्दै गएको आरोप उपभोक्ता अधिकारकर्मीहरूको छ। बजारमा दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामाग्रीको मूल्य अनियन्त्रित भए पनि नियामक निकाय भने नेतृत्व विहीन छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री छैनन् भने सो मातहतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा महानिर्देशक छैनन्।

विभागले यसअघिका वर्षहरूमा दसैं तथा तिहारका बीचमा अनुगमन गर्दै आए पनि पछिल्लो समय महानिर्देशकविहीन बन्दा अनुगमन प्रभावित भएको विभागका कर्मचारी बताउँछन्। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीसमेत स्वयं आफैं लिएका देउवाले केही समयअघि गजेन्द्र हमाललाई मन्त्रालयको जिम्मेवारी दिएका थिए। तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा मन्त्री भएको भन्दै हमालको चौतर्फी आलोचना भएपछि उनले राजीनामा दिए। 

पछिल्लो समय मन्त्रालयमा मन्त्री नियुक्त हुन नसक्दा मन्त्रालयका काममा समेत अवरोध भइरहेको मन्त्रालयका सचिव दिनेश भट्टराईले आफ्ना निकटस्थहरुलाई बताउने गरेका छन्। यसअघि विभागका महानिर्देशक रहेका प्रकाश पौडेललाई राजस्व अनुसन्धान विभागमा सरुवा गरेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणमा महानिर्देशकमा कोही पनि नियुक्त हुन सकेका छैनन्। 

विभागलाई बजारमा मूल्यवृद्धि कृत्रिम अभाव लगायतका विषयमा अनुगमन गर्ने र कारबाही गर्ने अधिकार छ। विभागले यसअघिका वर्षहरूमा दसैं तथा तिहारका बीचमा अनुगमन गर्दै आए पनि पछिल्लो समय महानिर्देशकविहीन बन्दा अनुगमन प्रभावित भएको विभागका कर्मचारी बताउँछन्। 



प्रकाशित: October 25, 2021 | 13:57:50 काठमाडौं, सोमबार, कार्तिक ८, २०७८
प्रेम चन्द

प्रेम चन्द

काठमाडौं, सोमबार, कार्तिक ८, २०७८

थप समाचार

भारतमा पेट्रोलियम सस्तो बनाउन कर हटाएको एक सातामै नेपालमा मूल्यवृद्धि

भारतमा पेट्रोलियम सस्तो बनाउन कर हटाएको एक सातामै नेपालमा मूल्यवृद्धि गरिएको छ।

ग्रामीण विद्युतीकरणको कुरै छैन, निर्यातका चर्का भाषणबाजी

सरकारका मन्त्री र नेपाल विद्युत् प्राधिकरणका उच्च अधिकारीले आवश्यकताभन्दा बढी भएको विद्युत् निर्यात गर्न थालिएको दाबी गरिरहँदा पहाडी क्षेत्रमा अधिकांश स्थानका नागरिक अँध्यारोमा बस्न बाध्य छन्।

२४ घण्टा पनि टिकेन राष्ट्र बैंकको निर्णय, केराउ, मरिच र सुपारीको आयातमा फेरि प्रतिबन्ध

नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २४ घण्टा नबित्दै खारेज भएको छ। केन्द्रीय बैंकले शुक्रबार मात्रै एकीकृत निर्देशन जारी गर्दै केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको थियो।

केराउ, मरिच र सुपारीको आयात प्रतिबन्ध हट्यो, ५० हजार टन छोकडा ल्याउन पाइने

नेपाल राष्ट्र बैंकले मरिच, केराउ र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ। केन्द्रीय बैंकले सूचना जारी गरी ती वस्तु आयातमा लाग्दै आएको प्रतिबन्ध हटेको जनाएको छ।

बेमौसमी वर्षाले क्षति व्यहोरेका धान किसानलाई कसरी दिइँदैछ राहत?

कात्तिक पहिलो साताको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्‍याएका किसानलाई सरकारले राहत उपलब्ध गराउने भएको छ।

घट्यो विद्युत महसुल, इन्डक्सन चुलो र विद्युतीय सवारीलाई प्रोत्साहन

बुधबार पत्रकार सम्मेलन गर्दै आयोग अध्यक्ष डिल्लीबहादुर सिंहले महसुल दर औसतमा २.८४ प्रतिशत घटाइएको जानकारी दिए। विद्युतको उचित मूल्य सुनिश्चित गर्न महसुल घटाइएको उनको भनाइ छ।

ट्रेंडिंग

नेपाल समय
राजनीति

विचार शून्य भएपछि हिन्दुवादी बन्‍ने दलहरुको होड

'राजनीतिक दलहरु वैचारिक बहस रुचाउँदैनन्। त्यो दृश्य विभिन्‍न राजनीतिक दलहरुका कार्यक्रममा स्पष्ट देखिन्छ।'
नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C