शनिबार, मंसिर १८, २०७८

संस्मरण

स्किटी अन्य गर्लफ्रेन्ड भन्दा ठिक थिई

विमल अधिकारी  |  काठमाडौं, आइतबार, मंसिर ५, २०७८

विमल अधिकारी

विमल अधिकारी

आइतबार, मंसिर ५, २०७८, काठमाडौं

नेपाल समय
अमेरिकाको कोलोराडो राज्यस्थित बेलिभ्यु रेल स्टेसन। तस्बिर : गेट्टी इमेजेज

समयले मलाई कोलोराडोमा पुर्‍याएको छ। सन् २०१७ फेब्रुअरी १० मा सात समुद्रपारि पुग्दा मलाई अनौठो लाग्यो। जेठीसासूको घरमा बसी/आरक्षण पाउँदा म लाटो न बाठो बनें पहिला त। नेपालमा मैले गरेको उच्चशिक्षा पनि कतै काम लाग्ने देखिएन। गाडी नै जीवन हो, काम नै जीवन हो, आत्मनिर्भर भएर जीवन चलाउनुपर्छ भन्ने यथार्थ धेरैले सुनाए। अनि मेरा लागि परदेशको जीवन बाँच या मरको अवस्थामा पुग्यो। सुरुका दिनमा बेरोजगारी भएर बस्नुपर्दा बेकार आइएछ जस्तो पनि लागेको थियो। 

अमेरिका प्रवेश गरिसकेपछि सोसियल सेक्युरिटी नम्बर प्राप्त गर्नुपर्ने रहेछ। उक्त नम्बर भएन भने न जागिर पाइन्छ न कानुनी मान्यता। मलाई उक्त कागज प्राप्त गर्न करिब दुई महिना लाग्यो। मेरो र छोरोको चाहिँ ढिलो आयो नम्बर। 

बेलिभ्युस्थित एक ग्यास स्टेसनमा क्यासियरको काम मिल्यो। अप्रिल एक महिना जति दिदी अर्थात् जेठीसासू र साढुदाइले गाडीमा पुर्‍याउने/ल्याउने गर्नुभयो। अमेरिकाजस्तो व्यस्त ठाउँमा सधैँ त्यो सम्भव थिएन। ग्यास स्टेसन रेल स्टेसन नजिकै थियो। अत: बस/रेलको सहाराले काममा जाने आउने गर्न थालें। बेलिभ्युमा दिउँसो २ देखि राति १० बजेसम्मको काम थियो भने कोलोराडोको ई.एभान्स भन्ने ठाउँमा सातामा २ दिन राति १० देखि बिहान ६ बजेसम्म काम गर्थें। मूल जागिरमा पाँच दिन र पार्ट टाइम जागिरमा दुई दिन गरी सातै दिन काममा व्यस्त हुन्थें। 

बेलिभ्युमा एक वृद्धा मेनेजर र एक युवती मेनेजर फेरिए तीनचार महिना अवधिमा। तेस्रो मेनेजरको रुपमा आयो एलेक्स भन्ने युवक। अमेरिकामा ग्यास स्टेसनमा कामदारको खाँचो भइरहने रहेछ। 

गर्मीको बेला थियो। स्किटी भन्ने अधबैंसे महिला काममा नियुक्त भई। उसले एकदुई दिनमा काम सिकी। निकै खुसी भएर काम गर्थी ऊ। इमानदार थिई। भलादमी पनि त्यस्तै। मसँगको कुराकानीका क्रममा १३/१४ वर्षकी छोरी छ भन्थी। एक दिन आफ्नो ब्वाइफ्रेन्ड हो भनेर एक अधबैंसे पुरुषसँग परिचय गराएकी थिई मलाई। प्राय: काममा हुँदा स्किटीको साथमा बिरालोसहितको खोर पनि हुन्थ्यो। काउन्टरको पर (अफिस रुम जानेतिर) खोर राख्थी र रजिस्ट्रर हान्थी। मतलब घण्टा हान्थी। 

स्किटी क्वाँक्वाँ रोइरहेकी थिई। स्टोरमा ग्राहकलाई अरुले हेरिरहेका थिए सायद। जीवनको सपना चकनाचुर भएको, ठूलो घात भएको पुन: धोका पाएको हाउभाउ प्रकट गरिरहेकी थिई ऊ।

कोलोराडो आउँदा एक पुरुषसँग घरजमको सपना बोकेर आएकी रहिछ ऊ। पहिलाको लोग्ने र छोरीलाई टेक्सासमै छोडेर आएकी थिई ऊ। स्किटी आफ्नो ब्वाइफ्रेन्डलाई औधी श्रद्धा गर्थी। जिन्दगीको भविष्य ठान्थी। ऊ खुसी नै देखिन्थी। उसको ब्वाइफ्रेन्ड सडक मर्मतसम्भार गर्ने काम गर्थ्यो। राम्रो तलब हुन्थ्यो रे सडक मर्मतको काममा। ब्वाइफ्रेन्ड साँझ पाँच बजेतिर स्किटी नभेटी जाँदैनथ्यो। ऊ बेलिभ्युको ग्यास स्टेसन एक्लै ह्यान्डिल गर्न सक्ने भइसके पनि धेरै व्यस्त हुने भएकाले म क्यासियरका रुपमा त्यहाँ घण्टा हान्थें। म पनि बिस्तारै काममा अभ्यस्त हुन थालें। अंग्रेजीको उच्चारणगत समस्याले हैरान हुन्थें।

ग्यास स्टेसन।

त्यो क्रम चलेको १३/१४ दिनमा स्किटीले पिज्जा मगाई। एक्लै खाने बानी रहेनछ उसको। अत: मेरा लागि पनि मगाइछ। मैले पनि नाइँ भन्न नसकी थोरै भेज पिज्जा खाएँ। 

एक दिन अफिसले मलाई अलि चाँडो काममा बोलायो। सोहीअनुसार दिनको १ बजेतिर काममा पुगें। 

स्किटी क्वाँक्वाँ रोइरहेकी थिई। स्टोरमा ग्राहकलाई अरुले हेरिरहेका थिए सायद। जीवनको सपना चकनाचुर भएको, ठूलो घात भएको पुन: धोका पाएको हाउभाउ प्रकट गरिरहेकी थिई ऊ। उसको बलिन्द्रधारा आँसु एवम् हाउभाउ देख्नेबित्तिकै मैले अनुमान लगाएँ -  टेक्सासवाला ब्वाइफ्रेन्डले छोडिदियो कि? तर मैले उसको यथार्थ जान्न आवश्यक ठानिनँ।

बेलिभ्यु रेल स्टेसननजिक स्टे अमेरिका भन्ने एक मोटेल थियो। स्किटी त्यहाँ बस्दिरहिछ ब्वाइफ्रेन्डले छोडेपछि। ग्यास स्टेसनको जागिर खाएर हप्ताको सात सय डलर बढी तिरी बस्न सक्ने अवस्था नभए पनि ऊ संघर्ष गर्ने प्रयासमा थिई। तर घण्टाको १०/११ डलरमा काम गर्ने स्किटीले एक हप्तामा नै मोटेल छाडी। सडकमै पुगेपछि केही दिन ग्यास स्टेसनमा काम गर्दै बाँच्नका लागि संघर्ष गरी। ऊ कहिले ग्यास स्टेसनमा कुट बिछ्याएर सुत्थी। सुरुवाती भेटमा ऊसँग रहेको खोर पनि उसको साथमा थिएन। तर उसलाई उक्त ग्यास स्टेसनको जागिर छोड्न नचाहेको र फर्किएर टेक्सस जान पनि मन नरहेको अनुमान लगाउन सकिन्थ्यो। एक साता कठिन जीवनयापन गरेपछि टेक्सास फर्कने निर्णय गरी स्किटीले। आमाको घर जान्छु भन्थी। तर टेक्सासमा गएर कहाँ बस्ने र के काम गर्ने भन्ने अन्योल रहेको बारम्बार सुनाउँथी। आमाको घर त उसले बासका लागि मात्र भनेकी रहिछ। नभन्दै एक दिन ऊ टेक्सास गई।

म स्टोरमा घण्टा हानिरहेको थिएँ। एक्कासि एउटा फोन आयो।

स्किटी : म स्किटी बोलिरहेको छु टेक्सासबाट।

म : म विमल।

स्किटी : एलेक्स म्यानेजर पाऊँ न। 

म : एलेक्स २ बजेतिर घर गइसक्यो। म्यानेजरलाई बिहानदेखि २/३ बजेसम्म भेटिनेछ।

स्किटी : म्यानेजरको मोबाइल नम्बर पाऊँ न। 

म : (आनाकानी गर्दै) दिन त मिल्दैन तर पनि तपाईं स्टाफ भएकाले नम्बर हेरेर दिन्छु लिनु .... 

स्किटी : थ्याङ्क यु विमल।

म : थ्याङ्क यु स्किटी।

एक दिन स्किटीले फोन गरेर टेक्सास सरुवा गरिदिन अनुरोध गरेको कुरा म्यानेजरमार्फत थाहा पाएँ। आफू नयाँ भएकाले टेक्सास सरुवा गर्न नसक्ने बताएको रहेछ म्यानेजरले। टेक्सासमा जागिरको कमी नभए पनि स्किटीलाई हाम्रो कम्पनीको जागिर मन परेर होला पहल गरिरहेको। आमाको घर बसेर जीवनयापन गर्न सजिलो हुन सक्ने भएकाले पनि हुन सक्छ।

स्किटी टेक्सास गएको १५ दिनपछिको एक साँझ स्टोरमा उसको ब्वाइफ्रेन्ड आइपुग्यो। पूर्वपरिचित भएकाले पनि हेल्लो...हाईको औपचारिकता हुन्छ। पार्किङमा उसको ट्रक थियो। ऊ सामान्य पोसाकमा उपस्थित थियो। भर्खरै कामबाट आएझैँ लाग्थ्यो। ३५/३६ वर्षीया स्किटीको ब्वाइफ्रेन्ड मलिन अनुहार लगाएर मसँग प्रश्न गर्छ। 

मेरी स्किटी खै?

म : टेक्सास गइसकी। २०/२५ दिन भयो। 

ब्वाइफ्रेन्ड : (अँध्यारो मुख लगाएर निराश हुँदै) ए गई पो सकी कोलोराडो छाडेर? स्किटी अन्य गर्लफ्रेन्ड भन्दा ठिक थिई। (उसमा निराशासँगै पश्चात्ताप देखिन्थ्यो।)  

स्किटीको ब्वाइफ्रेन्डले भनेको वाक्यले मलाई गम्भीर बनाइरहन्छ - स्किटी कहाँ गई?  स्किटी अन्य गर्लफ्रेन्ड भन्दा ठिक थिई...!

उसको भनाइपछि अमेरिकी जीवनशैलीबारे मलाई अनौठो लाग्यो। मलाई एक महिना त काम सिक्नै लागेको थियो। भाषा उच्चारणको समस्याले धेरै पटक हीनताबोध भयो। गाडी सिक्न र लाइसेन्सको लिखित परीक्षा पास गर्न पहाड चढ्न भन्दा कठिन भएको थियो मलाई। कम्युटरमा फिर्ता गर्न नजानेर झन्डै पिटाइ खाएको, एक मेक्सिकन पुरुष ग्राहकले सानो नानी कोक्रामा बोकेर ल्याएको, मैले आमा खोइ भनी सोध्दा ब्वाइफ्रेन्डसँग गएको भनेको,  रेल स्टेसनमा मेसिनमा टिकट काट्न नजानेर झन्डै समातिएको आदि घटना मेरा स्मृतिमा ताजै छन्। 

म करिब ९/१० महिनापछि बेलिभ्युबाट सरुवा भई अपार्टमेन्ट नजिकको गन क्लबस्थित सोही कम्पनीमा कार्यरत छु। पाँच वर्ष हुन लागेछ अमेरिका छिरेको। दिन बितेको पत्तो छैन। पेइङ गेस्ट, अपार्टमेन्ट हुँदै घरको बास भएको छ अहिले। घर थेग्न पनि कठिन छ। तर पनि सकिन्छ भन्ने हिम्मतले घर लिएको छु। काम गर्न जाँदा र तरकारी किन्न जाँदा गाडी पनि हाँक्छु। हिम्मत बढ्दै गएको छ ममा। स्मृतिमा पटकपटक त्यो सहकर्मी स्किटी सम्झन्छु। ऊ टेक्सास पुगेर के गरी होली, कहाँ बसी होली? 

बिहे गरी कि गरिन होली? थप सन्तान लाभ गरी कि? भन्ने जिज्ञासा मनमा आइरहन्छ। स्किटीको बिछोडको जीवन र उसको रोदन सिनेमाको रिलजसरी स्मृतिमा आइरहन्छ। तर स्किटीको ब्वाइफ्रेन्डले भनेको वाक्यले मलाई गम्भीर बनाइरहन्छ - स्किटी कहाँ गई?  स्किटी अन्य गर्लफ्रेन्ड भन्दा ठिक थिई...!

यो पनि


प्रकाशित: November 21, 2021 | 11:25:00 काठमाडौं, आइतबार, मंसिर ५, २०७८
विमल अधिकारी

विमल अधिकारी

नेपाली समालोचना र नियात्रा लेखनमा रुचि राख्ने अधिकारी संयुक्त राज्य अमेरिकाको कोलोराडोमा बस्छन्।
काठमाडौं, आइतबार, मंसिर ५, २०७८

थप समाचार

पठाओ राइडर (कथा)

चिकित्सकले बिरामीको व्यक्तिगत कुरामा चासो दिनु वाञ्छनिय त होइन। तर बिरामीको नाम देखेपछि मलाई उसको बारेमा जान्न मन लाग्यो।

'फातसुङ'को अंग्रेजी अनुवाद नेपाल, भारत र बेलायतबाट एकसाथ सार्वजनिक

पहिचानका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनबारे भारतीय मूलका नेपाली लेखक छुदेन काविमोले लेखेको उपन्यास फातसुङको अंग्रेजी अनुवाद सङ अफ द सोयल बजारमा आएको छ।

मदन पुरस्कार प्राप्त लेखक इङ्नामको अनुभूति– अनुसन्धानकर्ताले सम्बन्धको पनि हेक्का राख्नुपर्ने रहेछ

एकाध निजी प्रकाशन गृहले महिनौं पाण्डुलिपी राखिदिएका थिए। कतिपयको दश प्रतिशत रोयल्टी र पचास प्रति पुस्तक मात्रै दिने प्रस्तावले उनी निराश भए। उनी भन्छन्, ‘दोस्रो भाषाको इतिहासमाथि पुस्तक छाप्न प्रकाशन गृहहरु साह्रै्र हिचकिचाउने रहेछन्।’

मदन पुरस्कार २०७७ इतिहासकार भगिराज इङ्नामलाई

२०७७ सालको मदन पुरस्कार भगिराज इङ्नामको पुस्तक लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९–२०२० पुस्तकले जितेको छ।

रेड रक्स रंगशालाको रोमाञ्चक यात्रा

राताम्मे चट्टानले भरिएको अग्लो पहाडमा म्युजियम रहेछ. जीवनमा कहिल्यै त्यस्तो पहाड नदेखेको मेरा लागि आश्चर्य लाग्छ। चट्टानी पहाडलाई कुँदेर बनाइएको कला पर्यटक आकर्षणको केन्द्र थियो पहाड। म्युजिक कन्सर्ट हुने ठाउँ रहेछ रेड रक्स। पहाडको करालो भागमा काठको बेन्च लगाएर रंगशालाजस्तो पराकिलो र सुन्दर बनाइएको रहेछ।

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C