आइतबार, असार १९, २०७९

पठाओ राइडर (कथा)

रमेश ज्ञवाली  |  काठमाडौं, शनिबार, मंसिर ४, २०७८

रमेश ज्ञवाली

रमेश ज्ञवाली

शनिबार, मंसिर ४, २०७८, काठमाडौं

नेपाल समय

पाल्पाको प्रभासस्थित लुम्विनी मेडिकल कलेजबाट एमडी सकेपछि मैले बुटवलको प्रादेशिक अस्पतालमा करारमा मेडिकल अफिसरका रुपम काम सुरु गरें। श्रीमान् पनि बुटवलकै गौतम बुद्ध मुटु अस्पतालमा काम गर्ने हुँदा बुटवललाई नै कर्मक्षेत्र बनाउने निर्णय गरेकी  थिएँ।

सरकारी अस्पताल त्यो पनि प्रदेशकै रिफरल अस्पताल भएकाले बाह्रै महिना माछाबजारको भीडजस्तो बिरामी चाप हुन्थ्यो। त्यस्तो अवस्थामा उपचारबाहेक के नै सोच्न फुर्सद हुन्छ र यहाँ? खाजा, खानाको त कुरै छोडिदिउँ दिसापिसाबकै लागि पनि समय मिलाउन हम्मे !

बुटवलको गर्मी अनि हिउँदको महिना, दशैंको नवरात्र लागेको त्यसमाथि शुक्रबारको साँझ। हामीले घरमा सानोतिनो जमघट राखेका थियौं। दुई/तीन जनाको परिवार सँगै बसेर खाने योजना थियो। खानाका परिकारहरु तयार थिए भने साथीहरु पनि आइसकेका थिए।

श्रीमानले फ्रिजबाट वियर निकाल्दै गर्दा मोबाइलको घण्टी वज्यो। चिकित्सक भएका कारण जहाँ जस्तो अवस्थामा भए पनि मोबाइल अफ गरेर बस्दैनौं।

स्क्रिनमा प्रादेशिक अस्पतालको नम्बर देखियो। पहिलो कल त जानाजान छुटाएँ। ड्युटीमा रहेका कुनै डाक्टर मित्रले फुर्सद पाएर दिमाग चाट्न चाहे होलान् भन्ने अनुमान गरेँ। सो कल मिस्ड भएलगत्तै नर्सिङ इन्चार्ज संगीताले फोन गरिन्। उठाएँ।

‘डक्टर, बाइक एक्सिडेन्टको केस आएको छ। सिचुएसन क्रिटिकल छ। छिट्टै आउनुपर्‍यो,’ उनले एकैसासमा आत्तिँदै भनिन्। उनले मेरो कुरै नसुनी फोन राखिन्।

एउटा मान्छेको जीवनका लागि साथीभाइ, परिवार र एक ग्लास बियर के हो र? भेटघाट, रमाइलो फेरि पनि त हुन सक्छ।

सधैं यस्तै सोच्दै कुद्नुपर्छ हामीले। स्कुटर कुदाएर जानकीनगरबाट अस्पतालतिर हुइँकिएँ।

कुखुराको मासु मोलेको हातभरी मसाला थिए। हातमा बेसारको पहेंलो टड्कारै थियो। अस्पताल पुगेर हात धोएँ।

इमरजेन्सीमा एक आँखाले बिरामी र अर्को आँखाले रिपोर्ट हेरेँ। लेखिएको थियो– सिभियर हेड इन्जुरी, स्टिल ब्लिडिङ, पेसेन्ट अन्कन्सस।

सहकर्मीहरु बिरामीको रगत रोक्ने प्रयासमा थिए। अपरेसनको तयारी गर्ने निर्देशन दिएर सर्जनलाई लिन पठाएँ। आफूल भने बिरामीको पहिलो उपचार पद्धति अनुसरण गर्न लागें।

राति २ बजेसम्मको लगातारको कोसिसले हामीले बिरामीको आफन्तलाई अवस्था खतरामुक्त रहेको सुखद समाचार दिन सक्यौं।

होस आउन लामो समय लागे पनि समयमा अस्पताल ल्याउन सकेकाले बचाउन सकिएको बताउँदै गर्दा बिहानको ४ बजेको थियो।

चिकित्सकले बिरामीको व्यक्तिगत कुरामा चासो दिनु वाञ्छनिय त होइन। तर बिरामीको नाम देखेपछि मलाई उसको बारेमा जान्न मन लाग्यो।
त्यसपछि पो याद आयो म त घरको जमघटबाट फुत्केर आएकी थिएँ। थाकाइ लोगेको थियो। पाँच बजेतिर घर गएर सुतें।

बिहान आफ्नो दैनिकीअनुसार अस्पताल गएँ। पहिला बिरामी हेरें। अवस्ठा सुधारोन्मुख रहेछ। त्यसपछि उसको फाइल मगाएर रिपोर्ट लेख्न लागें। हिजो त कागजी काम गर्ने समय नै थिएन।

नाम– आनन्द शर्मा। उमेर– ३२। ठेगाना– इश्मा, गुल्मी।

घाइतेको नामले मलाई झस्कायो। बिरामी कुरुवालाई बोलाउन लगाएँ। बिरामीको बहिनी रहिछिन् कुरुवा।

चिकित्सकले बिरामीको व्यक्तिगत कुरामा चासो दिनु वाञ्छनिय त होइन। तर बिरामीको नाम देखेपछि मलाई उसको बारेमा जान्न मन लाग्यो।

घटना पुलिस केस पनि भएकाले परिवारले शंका नगर्लान् कि भन्ने ठानेर बिरामीकी बहिनीसँग बिरामीको विवरण लिएँ।

बहिनी र अरुलाई पनि शंका नहोस् भनेर पानामा केही लेखेझैं गरी एक आज्ञाकारी विद्यार्थी जसरी उसका कुरा सुन्दै टाउको हल्लाईरहेँ।

०००

बुवा बितेपछि हामी चार बहिनी र आमाको एक मात्र सहारा दाइ नै हुनुभयो। दाइ पढाइमा निकै राम्रो हुनुहुन्थ्यो तर के गर्नु घरको जिम्मेवारीले सधैं पिल्सिरह्यो। तै पनि गुल्मीदेखि काठमाडौको यात्रा तय गरी एमविएस पढ्दै हुनुहुन्थ्यो।

बाइकमा मान्छे ओसार्ने जागिर छ भन्नुहुन्थ्यो। खै कता केमा मन बिग्रियो काम, पढाइ सबै छाड्नुभयो। बिहे गरेर भाउजूलाई सबैको हेरचाह गर्न लगाएर विदेशतिर कता जानुभएको थियो। त्यहीबेला आमा बितेपछि फर्किनुभयो।

त्यसपछि विदेश जान्न भनेर घरनजिकैको श्री रामराज्य उच्च माविमा पढाउन थाल्नुभएको थियो। एकछिन पनि खाली नबस्ने र समयको सदुपयोगमा जोड दिने उहाँले गाउँमा पनि काठमान्डुमा जस्तै बाइकमा मान्छे ओसारपसार गर्न थाल्नुभयो।

गाउँंमा दुई चार जनाले कार किनेर त्यसमा मान्छे ओसार्थे पहिले। तर दाइले बाइकमा कम पैसामा त्यो सुविधा दिएपछि उनीहरु रिसाए।

उनीहरु तथा इश्माबाट सदरमुकाम चल्ने जिपका साहु तथा स्टाफहरु मिलेर उहाँको बाइकको काम बन्द गर्न धेरै पटक धम्की दिएका थिए। तर उहाँले टेर्नु भएन।

शायद त्यही रिसले हुनसक्छ राती बाटो ढुकेर आक्रमण गरे, हुन त कसले गरेको भन्ने थाहा लागेको छैन तर उनीहरुले नै हुनुपर्छ।

०००

यी सबै कुरा भनिरहँदा बिरामी आनन्दकी बहिनी भक्कानिएर बोल्न नसक्ने भैसकेकी थिइन्। मानौं उनका आँखामा अब झार्नलाई आँसु नै बाँकी छैनन्।

उनको कुरा सुन्दै गर्दा मेरो आँखा पनि रसाइरहे। केही समयसम्म त मैले आफूलाई लुकाएर राखेकी थिएँ तर अब त म पनि विस्फोट भैससकेकी थिएँ।

वास्तवमा चिकित्सकहरुका लागि बिरामीको बिजोग अवस्था, घाइते वा मृत्यु पनि एक किसिमको सामान्य घटना हो। कारण हामी दैनिक आफ्नै हातले धेरै मृत्युको घोषणा गर्छौ।

दैनिक अकल्पनीय घटनाहरुको साक्षी भइन्छ। हामी  पनि आखिर मान्छे नै त हौं। हामीमा संवेदना नहुने भन्ने त होइन नि। तर कामको प्रकृतिले हामीलाई वाध्य बनाएको हुन्छ। हरेक बिरामीका आफन्तसँग रुँदै बस्यौं भने हामीले अरुको जीवन कसरी बचाउन सकौंला र?

ती बहिनीसँगै मेरो रुवाइको धारा पनि बगिरह्यो। सोचें, उसको पीडामा ऊभन्दा बढी म किन प्रताडित भएँ?

०००

एमडी गर्न पाल्पा जानुअघि म काठमाडौंमा थिएँ।  एक दिन मलाई लोकन्थलीबाट पुल्चोक जानुपर्ने भयो। मैले पठाओलाई अनुरोध गरेँ।

आनन्द शर्मा नामको राइडर आउने भए। आनन्द नाम नै कति राम्रो ! मैले कतै पढेकी थिएँ, बुद्धको एउटा प्रिय शिष्यको नाम थियो आनन्द। मलाई लाग्थ्यो, मैले बिहे गरेछु र छोरो जन्मिएछ भने त्यसको नाम हुनेछ– आनन्द।

केहीबेरमै राइडरको फोन आयो। राइडर आनन्दको आवाज मात्र मिठो लागेन कि उसको पहिलो शब्द नै मलाई फिदा बनाउने लाग्यो। ‘म्याम, हजुर लोकेशनमै हो नि?’

पढेलेखेकी, राम्रो ठाउँमा जागिर खाने डाक्टर र आफ्नो सुन्दरतामा सधैं घमण्ड गर्ने म अरुले चिन्नु न जान्नुसँग ‘बहिनी’ भनिदिँदा कम्ती रिस उठ्दैन मलाई। धेरै पटक त मैले मलाई बहिनी भन्नेलाई झपारेकी छु– के को बहिनी, कसरी बहिनी? 

अझ ताइ न तुइसँग आफूभन्दा निकै पाकाले पनि दिदी भन्दा त सहनै गार्हो रिस उठ्ने मलाई। त्यसैले यो आनन्द राइडरको पहिलो शब्द ‘म्याम’ मलाई निकै मिठो लाग्यो।

पछिल्लो समय म अनगिन्ती पटक पठाओको सुविधा प्रयोग गरें तर आजको राइडरलाईझैं कतिखेर आउला र उसलाई देख्न र गफ गर्न पाइएला भन्ने कहिल्यै पनि लागेको थिएन। मलाई लागेको थियो– मानौं म वर्षौं नदेखेको आफन्त वा प्रेमीलाई भेट्दैछु। कस्तो कस्तो कौतूहतला अझ मुख फोरेर भनौं भने कुतकुति लागिरहेको थियो।

राइडरले मेरो अघिल्तिर आएर बाइको ब्रेक लगायो।

‘ए साइन पो ’ मेरो मुखबाट फुत्कियो।

‘किन म्याम हजुरलाई साइन मन पर्दैन?’ राइडरले प्रश्न तेर्स्याए।

उसलाई हाँसेर टारिदिएँ। तर, उसलाई के थाहा मलाई सबभन्दा मनपर्ने बाइक नै साइन हो। मलाई उसको नाम र बोली मन परेको थियो। बाइक पनि मनपर्यो।

जडिबुटीनिर आइपुग्दा ऊ बोल्यो, ‘म्याम बाटो अलि हिलो भएकाले बाइक चिप्लिन सक्छ। माइन्ड गर्नु हुन्न भने अलि अगाडि सरेर बस्नु न प्लिज।’

उसले त्यसो भन्नुअघि पनि ब्रेक लगाएका बेला थाहा नपाउने गरी म उसको स्पर्श अनुभूति गर्न अघि सरेकी थिएँ। बरु उसले, ‘सरी म्याम, बाटो नै यस्तै छ’ सम्म भन्न भ्याएको थियो।

उसको पछिल्लो अनुरोध त मैले खोजेजस्तै भयो। बाइकमा केटाकेटी टाँसिएर यात्रा गरेको देख्दा मनमनै गाली गर्ने म, आज भने मेरा स्तन अलि ठूला भएको भए राइडर आनन्दसँग कसरी यात्रा गर्थें होला भन्ने कामुक सोच समेत आइसकेको थियो।

मलाई पुल्चोकस्थित कार्यालय पुग्न हतार भइसकेको थियो तर आज मलाई लागिरहेको थियो यो यात्रा निरन्तर जारी होस् र गन्तव्यमा कहिल्यै नपुगोस्।

त्यसैले मैले यात्रा लम्ब्याउन कोटेश्वरबाट ग्वार्को हुँदै जाने प्रस्ताव गरें किनभने मलाई थाहा थियो ग्वार्को, सातदोबाटोमा ठूलोजाम हुन्छ र उसँग लामो समय बिताउन पाइन्छ।

बालकुमारीसम्म आइपुग्दा उसलाई सोध्नुपर्ने प्रश्नहरुको सूची लामो भइसकेको थियो, कहाँ बस्छ, घरमा को को छन्। विवाह गरेको छ छैन, गर्लफ्रेण्ड छ छैन आदि।

तर ती सबै प्रश्न कसरी सोध्नु? के सोच्ला उसले? त्यसैले ‘तपाईं फुल टाइम राइडर हो?’ यत्ति मात्र सोधें।

शंकरदेवमा एमविएस पढ्ने र पकेट खर्चका लागि पठाओ चलाउने जवाफ उसले दियो। म्यानेजमेन्ट मलाई मनपर्ने विषय अनि काम गरी खाने सोच झन् मन पर्ने। 

उसका बारेमा जे जति थाहा पाउँदैछु, सबै मलाई नै मनपर्ने मात्र फेला पर्छन्, थाहा छैन के हुँदैछ यस्तो।

गन्तव्य नजिक आउँदै गर्दा म धेरै नै अधीर भैसकेकी थिएँ। फेरि भेटौं है भनौं कि, तपाईं मलाई मनपर्यो भनौं कि? चुपचाप छुटौं कि? छोटो समयमा के गर्ने के भन्ने अनिर्णित भएँ म।

अरु त त्यस्तै हो भाइ, दाइ, सर, आनन्दजी के भनेर बिदा मागौं? यसको पनि उपयुक्त जवाफ भेटिनँ मैले।

उसलाई सम्झेर त्यो रात म एक झिमिक्क पनि निदाउन सकिनँ।

अर्को दिनदेखि म नियमित पठाओमै अफिस आउने जाने गरें उसलाई भेट्ने आसले, तर उ फेला परेन। कैयौं पटक राइडरमा उसको नाम नआएपछि राइड क्यान्सिल गरेर फेरि खोजें तर राइडर आनन्द फेला परेन। केही फेला परिहाल्छ कि भनेर मध्य बानेश्वरस्थित पठोओको कार्यालय आसपास टहलिएर समय बिताएँ तर त्यसबाट पनि केही हात परेन।

त्यो मान्छे टुटलतिर भेटिने पो हो कि भनेर टुटलको एप डाउनलोड गरेर त्यसको सेवा पनि लिन सुरु गरें तर यो कोशिस पनि खेर गयो।

मास्क, हेल्मेटमा देखेको उसलाई न त अनुहार देखेकी छु न त उसको आनीबानी वा उसको बारेमा अरु नै जानकारी छ, यस्तो मान्छेलाई खोज्न म किन यसरी भौतारिंदै छु? म जस्ता अस्मिताहरुलाई दिनमै कति पटक ओसार्यो उसले? कतिलाई सम्झे होला उसले?

मरेको मान्छेलाई त बिस्तारै बिर्सन थाल्छौं हामी। जीवन यात्रा अगाडि बढाउनैपर्छ। जिन्दगीको रीत यही त हो, मेरो त के नै थियो र भनेर बिस्तारै राइडर आनन्दलाई भुल्दै गएँ म।

फेरि भेट नै भयो रे तर उसलाई के भन्नु मैले? त्यो पनि थाहा छैन, तर म उसलाई भेट्न चाहान्छु, वस् यत्ती मात्र थाहा छ।

यो कस्तो आकर्षण हो, समस्या हो, प्रेम हो वा रोग हो? मैले थाहा पाइनँ।

केही महिनासम्मको उसलाई भेटाउने कोसिस निरर्थक भएपछि अन्तिम अस्त्रको रुपमा उसलाई इसेवाबाट तिरेको रकमको आधारमा राइडर आनन्दको नम्बर पत्ता लगाएर ठूलो साहस निकालेर सीधै फोन गर्ने निर्णय गरें।

फोनमा के भन्ने थाहा थिएन तर फोन लगाएँ जसोतसो। जवाफमा टेलिकमको कर्कस स्वर मात्र हात लाग्यो–तपाईंले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ।

समय बित्दै जाँदा साना ठूला घाउ चोटहरु पुरिँदै जान्छन्। शारीरिक होस् वा मानसिक। मरेको मान्छेलाई त बिस्तारै बिर्सन थाल्छौं हामी। जीवन यात्रा अगाडि बढाउनैपर्छ। जिन्दगीको रीत यही त हो, मेरो त के नै थियो र भनेर बिस्तारै राइडर आनन्दलाई भुल्दै गएँ म।

एमडीमा नाम किस्केकोले म उपत्यकाबाहिर जानुपर्ने भयो अनि छिटै विवाह पनि गर्ने कुरा भएकाले जीवनका प्राथमिकताहरु फेरिँदै पनि गए। @gyawaliramesh


प्रकाशित: November 20, 2021 | 10:49:52 काठमाडौं, शनिबार, मंसिर ४, २०७८

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

उपचार खर्च नहुँदा द्वन्द्वकालका घाइते पूर्वजनमुक्ति सेनाका कमाण्डर सेवकको निधन

द्वन्द्वकालमा घाइते भएका पूर्वजनमुक्ति सेनाका कमाण्डर नमराज न्यौपानेको निधन भएको छ। द्वन्द्वकालमा तत्कालीन सत्तापक्षसँगको लडाइँका क्रममा घाइते भएका कालिकोटको तिलागुफा ५ का नमराज न्यौपाने सेवकको काठमाडौंका सडक पेटीमै निधन भएको हो।

रवि लामिछानेको दलले सार्वजनिक गर्‍यो १९ केन्द्रीय सदस्यको नाम [सूचीसहित]

राष्ट्रिय स्वतन्त्र पार्टीले १९ केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ। रवि लामिछाने सभापति रहेको पार्टीका प्रवक्ता डा. मुकुल ढकालले १९ केन्द्रीय सदस्यहरूको नाम सार्वजनिक गरेका हुन्।

अर्थतन्त्रको संगति कहाँनेर खुस्क्यो सरकार?

नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा पुगिसकेको वा उक्त बाटोमा जाँदै जाँदैन भन्‍ने दुबै थरीको तर्क गलत हुन्

बिमला वलीको राजीनामाको भित्री रहस्य

एकातर्फ सरकारलाई आर्थिक वर्ष ०७९-८० को बजेट संसद्‌बाट पारित गर्नुपर्ने बाध्यता थियो भने अर्कोतर्फ सरकारी प्रतिवेदनमै राज्यमन्त्रीको कमजोरी औंल्याउनुपर्ने भएपछि सरकारमाथि थप नैतिक संकट आउन नदिन मुख्यमन्त्री केसीकै सल्लाहमा राज्यमन्त्री वलीले राजीनामा दिएको सूचना प्रवाह गरिएको हो। वलीलाई राज्यमन्त्रीबाट बर्खास्त गर्नुको सट्टा आफैँ राजीनामा दिएको सन्देश दिन मुख्यमन्त्री केसीले वलीलाई सुझाएका हुन्।

चलचित्र विकास बोर्डको अध्यक्षका लागि ७ जनाको आवेदन

सूचना तथा सञ्चार मन्त्रालय श्रोतका अनुसार अहिलेसम्म अभिनेता भूवन केसी, निर्देशक सम्झना उप्रेती रौनियार, बक्सअफिस कन्सल्टेन्ट मनिष पण्डित, निर्देशक अरुणकुमार प्रधान, निर्माता सुशिलकुमार पोखरेल, निर्देशक नरेशकुमार पौड्याल र कलाकार सुष्मा कार्कीले आवेदन दिएका हुन्।

राजदूत बन्न चाहन्छन् राजेश हमाल?

प्रचण्ड र हमालबीचको भेटमा नेपाली चलचित्रका समस्या, समसामयिक राजनीतिदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय घटना–परिघटनाबारे अन्तरंग संवाद भएको बताइएको छ।

निर्वाचन आयोगले दर्ता गर्‍यो रवि लामिछानेको दल, चुनाव चिह्न घण्टी नै

आयोगले उनको दललाई घण्टी चुनाव चिह्न दिएको छ। यो चुनाव चिन्ह अरु पार्टीले नपाएकाले स्वतन्त्रलाई नै दिने निर्णय गरेको हो।

घर फर्किएकी यान्छी

एमसीसीको विवाद बढ्नुमा चिनियाँ दूतावासको भूमिका रहेको भन्‍ने आरोप लागे पनि चीनसँग सन् २०१७ मा नै सम्झौता भएको बीआरआईका विषयमा भने कुनै पहल हुन सकेन।

...त्यसपछि न मान्छे आयो, न खबर

खाटमा बसेर कापीमा अक्षरहरु कोर्दै गरेको नाबालक छोरा हेरेर टोलाउँछिन् वीरमा। ‘छरछिमेकका केटाकटीले बाउ भनेको सुन्दा यसले मलाई हेर्छ, हाम्रो बाबा कहिले आउनुहुन्छ भनेर सोध्छ,’ वीरमाको मन निचोरिएर आउँछ, त्यो पीडा उनको अनुहारमा कालोनिलो भएर मडारिन्छ, मुख छोपेर घुँक्कघुँक्क रुन्छिन्।

आफ्नै काकाबाट बलात्कृत भएको भन्दै अर्की युवती रुँदै टिकटकमा, न्यायका लागि लडिदिन आग्रह

‘मैले धेरै प्रयास गरेँ तर यो घटनाबाट भाग्न सकिनँ। यहीकारण परिवारबाट पनि टाढा छु। मलाई कसैको सहयोग छैन। समाजले थाहा पायो भने बिहे कसले गर्छ भनेर परिवारले पनि सहयोग गरेनन्। मेरो पीडा सुनाउने पनि जीवनमा कोही छैनन्,’ टिकटकमा उनले रुँदैरुँदै पीडा पोखेकी छिन् ।

थप समाचार

नेपाल समय
रचना

जो कवितामा बाँचे, फिल्मले हँसाए र नाटकले रूवाए

‘प्रेम नुहुनजस्तो कुरूपता केही हुन सक्दैन,’ कवि रिजालले वाशु शशीले भनेको सम्झिए’ ‘देश सीमानाहरूबाट बन्दैन, मानिसहरूबाट बनेको हुन्छ।’
नेपाल समय
रचना

अधुरो सपना

भगवानको कृपा ममाथि बन्यो। चालिस घन्टापछि मेरो छोराले आँखा खोल्यो। ऊ थोरै चलमलायो। विस्तारै उसको होस आयो। उसको एउटा हात पनि भाँचिएको रहेछ। भाँचिएको हातको उपचार हुन तीन महिना लाग्यो।
नेपाल समय
रचना

नीलो शून्यता

परपर फैलिँदै गएको एउटा भूमिगत साम्राज्य, जहाँ फराकिलो सहर बसेको अनुभव हुन्छ। त्यो अनुभूति नै वायुयान भित्रबाट देखिने एउटा मीठो सौन्दर्य हो। नीलो संसारको आफ्नै परिधि छ। र मेरो सोचाइका पनि आफ्नै सीमानाहरू छन्। ती सीमानाहरूबाट भागेर यसो यानभित्र दृष्टि डुलाउँछु।
नेपाल समय
रचना

फुटाउँदा त यसपटक...

साँच्चै भनेको, त्यसरी बानेश्वर चोकमा उभिएर प्रहरीलाई ढुङ्गा हान्न कदापि मन थिएन।
नेपाल समय
रचना

स्किटी अन्य गर्लफ्रेन्ड भन्दा ठिक थिई

अधबैंसे स्किटीले एकदुई दिनमा काम सिकी। निकै खुसी भएर काम गर्थी ऊ। इमानदार थिई। भलादमी पनि त्यस्तै।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना